logo

बीरगंजलाई राजधानी बनाउने आन्दोलनको आकार फैलिदै

      1/4/2018 गते 00 00 मा प्रकाशित     1241   पटक पढिएको

बीरगंज २० पुष ।
बीरगंजमा बिहिवारबाट राजधानी बनाउने आन्दोलनले फराकिलो आकार ग्रहण गरेको छ । 
मधेश केन्द्रीत दलमा रहेका सहित एमाले कांग्रेस र माओवादीका राजनीतिक अगुवाहरु दलीय झण्डाभन्दा बाहिर रहेर आन्दोलनमा सहभागि भएका छन । 
बिहिवार वीरगञ्जको घण्टाघरबाट शुरु भएको  र्‍याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा सहित सम्पनन भयो । कोणसभालाई सम्बोधन गर्दै नेताहरुले कुनै पनि हालतमा बीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाएरै छाड्ने दृढता व्यक्त गरे ।

कोणसभामा बोल्दै कांग्रेस नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीले प्रदेश नं २ बाट बारा पर्सा हटाउने हो भने प्रदेशको आर्थिक हैसियत थाहा लाग्ने बताए ।

उनले मधेश आन्दोलनको नाममा राजनीतिक शक्ति र सत्तामा पुगेकाहरुले बीरगंजलाई बिर्सनु दुःखद भएको बताए । उनले दुरगामी असर पार्ने राजधानीको बिाष्यमा निर्वाचित भएकाहरले जनमताको प्रतिनिधित्व गर्न नसक्ने ठोकुवा गरे । उनले भने “अरुले के गर्छन थाहा छैन तर हामीहरु mबीरगंजलाई राजधानी बनाउने अभियानमा निस्क्यौ ” ।

नेकपा एमालेका नेता एवं पूर्व सभासद राजकुमार गुप्ताले बरु एमाले पार्टी छोड्न तयार रहेको तर वीरगञ्ज प्रदेशको राजधानी बनाएरै छाडने बताए ।

आन्दोलनको बेला उधोगधन्धा बीरगंजको बन्दहुने नाका बीरगंजको बन्दहुने नोक्सानी बीरगंजले ब्यहोर्नु पर्ने तर राजधानी बीरगंज नहुने भन्ने कुरा सोच्न पनि नसक्ने उनको भनाई छ ।  नेता गुप्ताले भने ‘एमाले पार्टी वीरगञ्जलाई राजधानी बनाउनुहुँदैन भनेर भन्छ भने पार्टी छोड्न तयार छु तर वीरगञ्ज राजधानी हुनुपर्छ भन्ने अडानबाट पछि हट्दिन ।’

वीरगञ्ज प्रदेश नं २ को मात्रै नभएर देशकै राजधानी हुन सक्ने हैसियत राख्ने ठाउँ भएको उनको तर्क छ । कोणसभामा बोल्दै एमाले नेता शम्भु गुप्ता, नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, युवा नेता ओम प्रकाश सर्राफ लगायतले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

यसअघि विहीबार नै नेकपा एमाले पर्साले पत्रकार सम्मेलन गरी वीरगन्जलाई २ नम्बर प्रदेशको राजधानी नबनाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । वीरगञ्जको ऐतिहासिक महिमा र भौतिक पूर्वाधारको तुलना अन्य ठाउँसँग गर्न नमिल्ने भन्दै एमालेले प्रदेश नं २ को राजधानी वीरगञ्ज नै हुनुपर्ने दावी गरेको हो ।

प्रेस चौतारी नेपाल पर्साले एमाले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका जिल्ला संयोजक प्रभु हजराले प्रदेशका अन्य शहर भन्दा बीरगन्ज हरेक कुरामा अब्बल रहेको बताए । ‘रैतीलाई प्र्रजा र प्रजालाई नागरिक बनाउने आन्दोलनको शंखनाद तथा मधेश आन्दोलनको अन्तर्राष्ट्रियकरण पनि बीरगञ्जबाटै भएको हो, मध्य तराईको विकासको लागि पनि वीरगञ्ज राजधानी हुनुपर्छ ।’ संयोजक हजराले भने

वीरगञ्जलाई राजधानी बनाउने आन्दोलनको पक्षमा एमालेको सिंगो पार्टी पंक्तिकोसमर्थन रहने संयोजक हजराको भनाई छ । बर्तमान काम चलाउ सरकारले आफनो अन्तिम बेलामा गरेका नियुक्ति प्रति एमाले पर्सा असन्तोष जनाएको छ । एमालेद्वारा जारी बिज्ञप्तिमा सरकार नियुक्तिहरु बदरभागी रहेको समेत उल्लेख गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.