logo

गुणस्तरीय शिक्षा प्रदान गर्न प्रधानाध्यापकहरुलाई मेयर डा. पौडेलको निर्देशन

      1/2/2018 गते 00 00 मा प्रकाशित     1146   पटक पढिएको

सिमरा, १८ पौष  . जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले सामुदायिक बिद्यालयको गुणस्तरमा सुधार ल्याउन उपमहानगरभित्र रहेका विद्यालयका प्रध्यानाध्यापकलाई निर्देशन दिएका छन् ।
उपमहानगरभित्रका ६३ वटा सामुदायिक बिद्यालयका प्रध्यानाध्यापकसंग आयोजित अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख डा. पौडेलले सामुदायिक बिद्यालयले अब निजि बिद्यालयको शैक्षिक स्तरसंग भिन्नता नहुने गरी सुधार ल्याउनुपर्ने बताए । 


सामुदायिक बिद्यालयको शैक्षिक स्तर कमजोर रहेको भन्दै आउने गरेको टिकाटिप्पणीप्रति गम्भिर रहेको भन्दै नगर प्रमुख डा. पौडेलले अबका दिनमा त्यस्ता टिकाटिप्पणी आउन नदिनका लागि आफ्नो जिम्मेवारी गम्भिरताका साथ बहन गर्न प्रध्यानाध्यापकलाई निर्देशन दिए । प्रमुख डा. पौडेलले शैक्षिक क्षेत्रको ब्यवस्थापनको जिम्मेवारी स्थानिय तहमा आएपछि शिक्षामा आमुल परिवर्तन ल्याउन र शैक्षिक क्षेत्रको समस्या समाधानका निम्ति उपमहानगर गम्भिर भएर अघि बढिरहेको बताए । 


सामुदायिक बिद्यालयको शैक्षिक स्तर सुधार नगरेसम्म हामीले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सक्दैनौ’ नगर प्रमुख डा. पौडेलले भने “ अव पनि सुधार नल्याए कहिले ल्याउने ? त्यसैले प्रधानाध्यापकले आफ्नो बिद्यालयको सुधारका लागि गम्भिर हुनुप¥यो ।’


उपमहानगरले सबै बिद्यालयको शैक्षिक स्तर सुधार गर्नका निम्ति पहल सुरु गरिसकेकाले नियमित अनुगमन र निरिक्षण समेत गर्ने डा. पौडेलले बताए । उपमहानगरको कुल बजेटको ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा खर्च भईरहेकाले शैक्षिक क्षेत्रको ब्यवस्थापन र सुधारका निम्ति उपमहानगरले गम्भिरताका साथ पहल गर्ने डा. पौडेलको भनाई थियो । 


उपमहानगरमा प्राविधिक शिक्षालय, स्वरोजगारमुलक शिक्षालय र बालबिकास कक्षालाई प्रविधिमैत्री बनाउदै अघि बढ्नका निम्ति उपमहानगरले पहल गरिरहेको प्रमुख डा. पौडेलले बताए । उपमहानगरलाई समृद्ध बनाउने अभियान शैक्षिक क्षेत्रको सुधार र बिकास बिना सम्भव नहुने भन्दै उपमहानगरको अभियानमा साथ दिन आग्रह गरे । 
कार्यक्रममा नगर उपप्रमुख सरस्वती चौधरीले सामुदायिक बिद्यालयको शैक्षिक स्तर सुधारका निम्ति उपमहानगरले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताईन् । उपप्रमुख चौधरीले शैक्षिक स्तर सुधारका अभियानमा बिद्यालयका शिक्षक र अभिभावकले समेत साथ दिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीले शिक्षा क्षेत्रको बहुआयामिक बिकासका निम्ति बिद्यालयका प्रध्यानाध्यापककै भूमिका अहम हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । 


कार्यक्रममा प्रध्यानाध्यापकको तर्फबाट अनिल मैनालीले मन्तब्य राख्दै शैक्षिक क्षेत्रले भोग्नुपरेको समस्याका बारेमा उपमहानगरलाई जानकारी गराएका थिए । पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयका  ब्यवस्थापन समितिका अध्यक्ष रामदास धौजुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन श्यामसुन्दर सापकोटाले गरेका थिए । कार्यक्रममा तिलक खड्का स्वागत मन्तब्य राखेका थिए ।  
  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.