logo

‘निर्दोषलाई फसाउने प्रयासमा प्रहरी’

      12/31/2017 गते 00 00 मा प्रकाशित     1510   पटक पढिएको

 
 

वीरगंज, १६ पुस । पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले घटनामा संलग्न नै नरहेकालाई फसाउन खोज्ने र पीडामा परेकालाई उल्टै धम्की दिएर पन्छाउने काम गरेको आरोप लगाएका थिए । 

गत पुस ७ गते विहान वीरगंजको ठाकुरराम क्याम्पसमा भएको चक्कु प्रहारको घटनामा वीरगंजमै नभएका आफ्नो छोरालाई प्रहरीले फसाउन खोजेको छपकैयाका कुतबुदिन मंसुरीले आरोप लगाए । ‘मेरो छोरो पुस ७ गते वीरगंज बाहिर थियो घटनामा उसको पनि नाम आउँदा म चकित छु,’ मंसुरी भन्छन् ‘यसले पर्सा प्रहरी कसैको इसारामा चलेको छ कि भन्ने शंका उब्जाएको छ ।”

क्याम्पसमा भएको घटनामा वीरगंज १३ राधेमाई निवासी बीबीएस प्रथम बर्षमा अध्ययनरत रोशन यादव घाइते भएका थिए । उनको अहिले उपचार पछि अवस्था सामान्य रहेको छ । रोशन स्वयंमले समेत घटनामा वीरगंज महानगरपालिका ३ का २० बर्षिय अजरुद्धिन मंसुरीको संलग्नता नरहेको बताइ सकेका छन् । तर प्रहरीले भने मंसुरीको समेत नाम राखेर ५ जना विरुद्ध कारवाहि चलाएको छ । घटनामा संलग्न रहेकाहरु कसैलाई पनि अझै सम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । क्याम्पस भित्र भएको चक्कु प्रहार प्रकरणका दोषी ९ दिन बितिसक्दापनि नियन्त्रणमा नआउँदा शैक्षिक वातावरण बिथोलिएको छ । छात्र/छात्रामा त्रास फैलिएको छ । 

घटना भएको आज सम्म एक हप्ता बढी हुन पुग्यो तर प्रहरीले गहिरीएर अनुसन्धान गर्नुको सट्टा घटनालाई तोडमोड गरेर उक्त दिन वीरगंजमै नभएका व्यक्ति समेत घटनामा संलग्न भएको भन्दै मुद्दा दर्ता गर्नुले पर्सा प्रहरी निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन खोजेको हो कि भन्ने महशुस भएको पत्रकार सम्मेलनमा पीडितका परिवारले आरोप लगाए । पर्साका एसपी डा.गणेश रग्मीले चक्कु प्रहार गर्ने मूख्य अभियुक्तको पहिचान भइसकेको र निकट भविष्यमा नियन्त्रणमा आउने बताएका छन् । 

यस्तै गत मंसिर १९ गते प्रहरीकै अगाडी भएको कुटपिटको घटनामा संलग्नमाथि भने प्रहरीले मुद्दा दर्ता गरेर दोषिलाई कारवाहि गर्न आलटाल गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । वीरगंज विर्ताका शुशिल कुमार कण्ठ (बमबम) माथी प्रहरीकै अगाडी सांघातिक आक्रमण भएको थियो । आक्रमणबाट कण्ठको अनुहार, टाउको, हातमा गम्भिर चोट लाग्नुका साथै शरीरका अन्य भागमा समेत चोट लागेको उनि स्वयंमले बताए ।

तस्करीमा संलग्न मनोज राउत कुर्मी, विवादित छविका महमद साहबुद्दिन र साकिर हुसेनले आफुमाथी वडा प्रहरी कार्यालय विर्ताको हाताभित्रै सांघातिक आक्रमण गरेको उनको भनाइ छ । घटनामा संलग्नलाई कारवाहि गर्न माग गर्दै जाहेरी दिन लाग्दा प्रहरीले अझै सम्म जाहेरी समेत दर्ता नगर्नुले पीडितलाई झनै पीडा दिने काम प्रहरी बाटै भएको बमबमको आरोप छ ।

दुवै जनाले संयुक्त पत्रकार सम्मेलन गर्दै शान्ति सुरक्षा स्थापीत गर्न बसेको प्रहरी नै कसैको इसारामा चलेर पीडित माथि झन पीडा थोपर्ने काम गरेको भन्दै दुखेसो व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय पर्साको क्रामइ ब्रान्चका प्रहरी निरीक्षक रहेका सन्तु जयसवालले तस्करहरुबाट रकम लिएर आफु विरुद्ध कुटपिट गर्न लगाएको र मुद्दा दर्ता गर्न अवरोध गरेको पीडित बमबमले आरोप लगाए । यसैवीच इन्सपेक्टर सन्तु जैसवालको एक पछि अर्को प्रहरी आचरण विपरितका गतिविधी एसपी रेग्मीले थाहा पाउन थालेपछि उनलाई रमाना थमाएका छन् । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.