logo

पर्सा कांग्रेसमा १४ अन्तरघातीलाई कारवाही सिफारिश

      12/29/2017 गते 00 00 मा प्रकाशित     1431   पटक पढिएको

बीरगंज १४ पुष ।
नेपाली कांग्रेसका नेता पूर्वमन्त्री सुरेन्द्र चौधरीले कालोधनको प्रयोगका कारण लोकतन्त्र समस्यामा परेको बताएका छन । पार्टीले बीरगंजमा आयोजना गरेको पत्रकरा सम्मेलनमा बोल्दै नेता चौधरीले प्रतिनिधि सभाको भर्खरै सम्पन्न निर्वाचनमा पैसाको चलखेल भएको सन्दर्भप्रति संकेत गर्दै यस्तो बताएका हुन । 


    उनले पैसाको चलखेलका कारण मत प्रभावित भएकोले आफूले झिनो मतान्तरमा चुनाव हार्नु परेको खुलाए । उनले आचारसहित पालना नभएको सन्दर्भमा समेत जिम्मेवार निकायले ध्यान नदिएको बताए ।

 

मासु बाढने,भोज भत्तेर गर्ने सार्वजनीक स्थानमा पोष्टर टास्ने,चर्को अवाज भएका बाजा बजाउने सबै गर्न हुदैन भन्ने काम भयो उनले भने यही प्रवृतिले गर्दा लोकतन्त्रमा खतरा बढयो । पार्टीको तर्फबाट सासदको उम्मेदवार समेत रहेका चौधरीले अवस्था यस्तै रह्यो भने आम नेपालीका सन्तानले सांसद हुने सपना नदेखे हुने बताए । उनले निर्धनत्म आम नेपालीको छोराले सासद हुने सपना देख्न पायो भने मात्रै त्यो सहि लोकतन्त्र हुने बताए ।

ब्यल्याक मनी ,धनीमनी र ठेकेदारहरुकालागि मात्र प्रजातन्त्र आएको हो र ? भन्ने प्रतिप्रश्न गर्दै उनले भने प्रजातन्त्रले आदर्श समाज निर्माण गर्न सक्नु पर्छ ।
    हालै सम्पन्न निर्वाचनमा १३ सय मतले पछाडि परेका नेता चौधरीले आफनो पार्टीका नेताहरुको अन्तरघातका कारण आफूले हार्नु परेको बताए । उनले अन्तरघात गर्ने पार्टीका नेताहरुलाई पर्साको क्षेत्र नं ३को समिक्षा बैठकले कारवाही गर्न सफिारिश गरेको समेत बताए । 


    पुष ३ गते सम्पन्न ४ सय ५० क्रियाशिल सदस्यहरुको समिक्षा बैठकले  पार्टीका निर्वतमान सासद राजेन्द्र बहादुर अमात्य सहित अन्य १३ जनालाई करावाही गर्न सिफारिश गरेको छ । त्यसरी कारवाहीको सिफारिशमा पर्नेहरुमा पूर्व सभासद रामेश्वर रौनीयार ,शम्भू चौहान,असर्फि साह,मनोज यादव ,मृतुन्जय श्रीवास्तव ,रामनरेश प्रसाद यादव ,राजदेव यादव,भगवती प्रसाद चौधरी ,दिनानाथ साह तेली,बिद्याकान्त पाण्डे,बाबुलाल मेहता,साविर अन्सारी र फजिल मिया रहेका छन । उनीहरुलाई पार्टीको साधारण सदस्य बाट समेत १० वर्षकालागि निलम्बन गर्न समिक्षा बैठकले सिफारिश ग¥यो ।


चन्द्रकिशोर चौरसियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन भने अलिअसगर देवानले गरेका थिए । कार्यक्रममा श्रीकिसुन चौहान,शैलेन्द्र यादव,प्रभू पटेल,फकरुदिन देवान,मुक्ति पटेल,रिजवान अन्सारी हजारी साह लालबाबु ओझा लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.