logo

पैसाका कारण आरोपी मुक्त, निर्दोष थुनामा ,अनुसन्धान थाल्ने डिआइजी राईको प्रतिवद्धता

      12/27/2017 गते 00 00 मा प्रकाशित     1434   पटक पढिएको

बीरगंज १२ पुष ।
पर्सा प्रहरीले गएको सोमबार लागूऔषधसहित पक्राउ गरेका तीन जना कारोबारीमध्ये एक जनालाई छाँडेको छ । बहुदरामाई नगरपालिकाको वडा नम्बर ९ बिश्रामपुरको जंगबहादुर कलवारको घरमा छापामारी लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो ।

 

पक्राउ परेका तीनजना मध्ये एकजना मुख्य कारोबारीलाई अनुसन्धान बिना नै छाँडेको प्रहरीले छाडेको छ । प्रहरीले शर्मा प्रसाद कलवार, प्रेम प्रसाद कलवार र गम्भिरा साह कलवारलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमध्ये मुख्य कारोबारी प्रेम प्रसाद कलवारलाई गएराती अनुसन्धान बिना प्रहरीले छाडेको हो । प्रहरीले भने उनलाई निर्दोष भएको दावी गरेको  ।


 प्रहरी निरिक्षक सन्तु प्रसाद जैसवाल मार्फत आर्थिक चलखेल गरी प्रेम कलवार छाँडिएको प्रहरी श्रोतको भनाई छ । डिएसपी राजन लिम्बुलाई पैसा बुझाउनु छ भनेर करीब ७ लाख रुपैयाको लेनदेन पछि प्रेम कलवारलाई अनुसन्धान बिना नै छाँडिएको प्रहरी श्रोतले जनायो  ।

तर जयसवालले आफूले यस्तो नगरेको आफ्नो बदनाम गर्न खोज्नेहरुले आरोप लगाएको हुन सक्ने प्रतिक्रिया दिए । प्रहरी निरिक्षक जैसवाल पर्सा जिल्लाबाट सरुवा भएपनि जिल्ला प्रहरीमा कार्यालय पर्सामै कार्यरत छन् ।

प्रहरी श्रोतका अनुसार उनलाई त्यही वडाको वडा अध्यक्ष रवीन्द्र गुप्ताको जिम्मा जमानी मार्फत छाडिएको हो । उनीहरुको साथबाट प्रहरीले ४८ किलोग्राम गाँजा बरामद गरेको पर्सा प्रहरीका प्रबक्ता प्रहरी नायब उपरिक्षक राजन लिम्बुले बताए । 


प्रवक्ता लिम्बुले प्रेम कलवारलाई छाड्ने काममा पैसाको चलखेल नभएको यदी त्यस्तो भएको हो भने कारवाही गरिने बताए ।
उनले प्रहरीले छाडेको कलवार दोषी नदेखिएको बताएपनि उनी नै गाँजाको मुख्य कारोवारी भएको स्रोतको दावी छ ।

स्रोतका अनुसार प्रेम कलवार बाटै गाँजा बरामद भएको भएपनि गाँजाको कारोवारमा संलग्न नरहेका शर्मा प्रसाद कलवार उपरपनि अनुसन्धान शुरु गरेको छ । शर्मा बाहेकका अन्य दुई जना गाँजाको कारोवारमा संलग्न रहेको स्रोतको भनाई छ ।


 निमित्त कार्यलय प्रमुख रहेका डिएसपी लिम्बुका अनुसार–‘प्रहरीले बिशेष सुचनाको आधारमा तीनैजनाको घरमा छापामारी उनीहरुलाई गाँजासहित पक्राउ गरेको थियोे ।’ पक्राउ परेकामध्ये प्रेम कलवार बाहेक माथि हिजो नै प्रहरी म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको थियो ।

यता नेपाल प्रहरीको मुख्यलयमा रहेको लागू औषध नियन्त्रण माहाशाखा प्रमुख  डिआइजी ठुले राईले घटनाको सम्बन्धमा चासो राखेका छन । उनले समग्र घटनाको छानविन गर्ने र दोषीलाई कारवाही गरि छाड्ने प्रतिवद्धता जनाए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.