logo

राजधानी माग गर्दै बीरगंजमा आन्दोलनको उद्धघोष

      12/20/2017 गते 00 00 मा प्रकाशित     1850   पटक पढिएको

वीरगंज ५ पुस 
प्रदेश नं. २ को राजधानी वीरगंजलाई बनाउन मंगलवार दवाव र्याली निकालिएको छ । वीरगंजको घण्टाघरबाट निस्केको र्याली नगर परिक्रमा गरी घण्टाघरमा कोण सभामा परिणत भएको थियो ।

वीरगंज संर्घष समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले प्रदेश नं.२ राजधानीको लागि वीरगंज हरेक दृष्टिकोणले उपयुक्त रहेको बताएका थिए । भौतिक पूर्वाधार बिकासका दृष्टिकोणले बीरगंज राजधानी हुन उपर्युक्त रहेकोले बीरगंजको बिकल्पको खेजीनु गलत हुने उनीहरुको भनाई थियो ।

नेपाली राजनिती ईतिहासमा वीरगंज आन्दोलनका लागि मात्र प्रयोग हुदै आएको बताउदै अब त्यस्तो गल्ती हुन नदिने नेताहरुको दृढता थियो ।  वीरगंजको जनताको भावना संग खेलवाड गर्ने तथा राजधानी बनाउने काममा अवरोध गर्ने नेताहरुलाई यस क्षेत्रका जनताले तिरष्कार गर्ने अवस्था आउने चेतावनी दिए । वीरगंजलाई राजधानी नबनाउनेजेल संर्घषका कार्यक्रम जारी रहेने नेताहरुले उदघोष गरेका थिए ।

दवाव र्यालीमा एमालेका पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी,संघीय समाजवादी फोरम नेपालका फिरोज मन्सुर ,नेपाली काँग्रेसका पूर्व सभापति सुरेन्द्र चौधरी,  युवा नेता मनोज चौधरी, वृजलाल पासवान, युवा संघका अरुण यादव, श्याम गुप्ता, संजिव मिश्रा,महम्द निजाम, नेपाली काँग्रेसका युवा नेता अरबिन्द गुप्ता, श्याम पटेल, बिजय सर्राफ, सुधिर पटेल, माओवादी केन्द्रका युवा नेता प्रभाकर गुप्ता,तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, युवा नेताहरु महमुद अंसारी, फिरोज मंसुर, अकलेश साह,सगिर अंसारी लगायतको अगुवाइृमा र्याली निकालिएको थियो ।

संर्घष समितीले भोली पनि दिउँसो ४ बजे देखि कार्यक्रम हुने जनाएको छ ।यसैबिच आन्दोलन प्रति पूर्व सांसद एवं एमाले नेता राजकुमार गुप्ताले एक्यवद्धता जनाएका छन  । नेता गुप्ताले आज एक प्रेस बिज्ञप्ती जारी गरी प्रदेश नं . २ को राजधानी वीरगंज बनाउन हुने सम्पुर्ण आन्दोलन र कार्यक्रममा सर्मथन र एक्यवद्धता रहने जानकारी दिएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.