logo

राजधानी माग गर्दै बीरगंजमा आन्दोलनको उद्धघोष

      12/20/2017 गते 00 00 मा प्रकाशित     1692   पटक पढिएको

वीरगंज ५ पुस 
प्रदेश नं. २ को राजधानी वीरगंजलाई बनाउन मंगलवार दवाव र्याली निकालिएको छ । वीरगंजको घण्टाघरबाट निस्केको र्याली नगर परिक्रमा गरी घण्टाघरमा कोण सभामा परिणत भएको थियो ।

वीरगंज संर्घष समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले प्रदेश नं.२ राजधानीको लागि वीरगंज हरेक दृष्टिकोणले उपयुक्त रहेको बताएका थिए । भौतिक पूर्वाधार बिकासका दृष्टिकोणले बीरगंज राजधानी हुन उपर्युक्त रहेकोले बीरगंजको बिकल्पको खेजीनु गलत हुने उनीहरुको भनाई थियो ।

नेपाली राजनिती ईतिहासमा वीरगंज आन्दोलनका लागि मात्र प्रयोग हुदै आएको बताउदै अब त्यस्तो गल्ती हुन नदिने नेताहरुको दृढता थियो ।  वीरगंजको जनताको भावना संग खेलवाड गर्ने तथा राजधानी बनाउने काममा अवरोध गर्ने नेताहरुलाई यस क्षेत्रका जनताले तिरष्कार गर्ने अवस्था आउने चेतावनी दिए । वीरगंजलाई राजधानी नबनाउनेजेल संर्घषका कार्यक्रम जारी रहेने नेताहरुले उदघोष गरेका थिए ।

दवाव र्यालीमा एमालेका पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी,संघीय समाजवादी फोरम नेपालका फिरोज मन्सुर ,नेपाली काँग्रेसका पूर्व सभापति सुरेन्द्र चौधरी,  युवा नेता मनोज चौधरी, वृजलाल पासवान, युवा संघका अरुण यादव, श्याम गुप्ता, संजिव मिश्रा,महम्द निजाम, नेपाली काँग्रेसका युवा नेता अरबिन्द गुप्ता, श्याम पटेल, बिजय सर्राफ, सुधिर पटेल, माओवादी केन्द्रका युवा नेता प्रभाकर गुप्ता,तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, युवा नेताहरु महमुद अंसारी, फिरोज मंसुर, अकलेश साह,सगिर अंसारी लगायतको अगुवाइृमा र्याली निकालिएको थियो ।

संर्घष समितीले भोली पनि दिउँसो ४ बजे देखि कार्यक्रम हुने जनाएको छ ।यसैबिच आन्दोलन प्रति पूर्व सांसद एवं एमाले नेता राजकुमार गुप्ताले एक्यवद्धता जनाएका छन  । नेता गुप्ताले आज एक प्रेस बिज्ञप्ती जारी गरी प्रदेश नं . २ को राजधानी वीरगंज बनाउन हुने सम्पुर्ण आन्दोलन र कार्यक्रममा सर्मथन र एक्यवद्धता रहने जानकारी दिएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.