logo

नौ घण्टापछि सुपर ग्यास उधोगमा लागेको आगो नियन्त्रणमा आयो

      12/20/2017 गते 00 00 मा प्रकाशित     2094   पटक पढिएको

बीरगंज ५ पौष । 
बीरगंजको सुपर ग्यासमा बिहान साढे ६ बजे देखी लागेको आगो दिउसो साढे ३ बजे नियन्त्रणमा आएको छ । अपराह्न ३ बजेतिर पूर्णरुपमा नियन्त्रणमा आएको आगो निभाउन सुरक्षाकर्मी र स्थानीय एस्टिङ्गुइसर र भिजेको बोरा लिएर दिउँसो एक बजेमात्र उद्योगमा प्रवेश गर्न सफल भएका थिए ।

स्थानीय केनालाल राउतकाअनुसार आगो बल्न कम भएपछि ग्यास लिक भएको पाइपसम्म पुगेका सुरक्षाकर्मी र स्थानीयले एस्टिङ्गुइसर स्प्रे गरेर आगो निभाएका थिए । लगत्तै भिजेको बोराले लिक भएको पाइप छोपेर लिक भएको ग्यास बन्द गरेको उधोगका प्रवन्धक दिवाकर खड्काले बताउनु भयो ।

     वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ गण्डक नहर नजिक रहेको सुपर ग्यास उद्योगमा बिहान आगो लागेको हो । बिहान उधोगका बुलेटबाट ग्यास लिक भएपछि उधोगका कर्मचारीहरु भागेको प्रवन्धक खड्काले बताए । ग्यास लिक भएपछि स्थानीय प्रहरी प्रशासनलाई खवर गरेको उनले बताए । स्थानीय प्रशासनले बीरगंज महानगरको बारुणयन्त्र उधोग स्थलमा पठाउन लगाएको हो । उधोगमा पुगेको बरुणयन्त्रले उधोग परिसरमा पसेर पानीको पाइप मिलाएर चेक गर्नकालागि बारुण यन्त्र स्टार्ट गर्दा आगलागी भएको घटनास्थलमा रहनु भएको प्रहरी नायव निरिक्षक यज्ञ चौलागाईले बताए  ।

     गाडी स्टार्ट गर्दा आगोको झिल्को फाल्यो (स्पार्क ग¥यो ) अनी आगो लाग्यो चौलागाईले भने  । ग्यास लिक भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक कुरा बुझ्न गण्डक चौकीका प्रमुख चौलागाई उधोग मा पठाएको हो । ग्यास बगेको देखिन्थ्यो उहाँले भन्नु भयो स्टयाण्डबाई राख्नु पर्ने दमकल स्टार्ट भएपछि आगोलाग्यो अनी ज्यान जोगाउन भागियो । चौलाईगाईको खुट्टा खालि थिए भने प्रहरी हवलदार ब्रहमनारायणको जीउ हिलाम्मे भएको थियो ।

उधोगमा लागेको आगोको लप्काले बरुणयन्त्रका कर्मचारीहरुलाई लपेट्यो । बरुणयन्त्रका यादव अधिकारी मदुसुदन मिश्रको ज्यान गयो । संजीव नेपाल र अरुण महतो गम्भिर घाइते भएका छन । घाइते दुबैलाई थप उपचारकोलागि बिहान पौने ११ बजे हेलीकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।
 ग्यास लिक किन भयो भन्ने बिषयमा उधोगले केही खुलाएको छैन । तर ग्यास लिक भएपछि उधोगका कर्मचारीहरु उधोग छाडेर भागेको घाइते भएका उधोगका कर्मचारी अमिका राउत कुर्मीले बताए । उनको बीरगंजको हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ । उधोगमा रहेको ग्यास बुलेटमा जर्वजस्ती क्षमता भन्दा बढी ग्यास भर्न खोज्दा ग्यास लिक भएको स्रोतले बताएको छ । 

 उद्योगमा जडान गरिएका तीनवटा बुलेटमा आगो लाग्ने र त्यो पड्किने आशंकामा स्थानीय प्रशासनले उधोग नजिकका बस्तीकाबासिन्दालाई सुरक्षीत स्थानमा जान अपिल ग¥यो ।

 आगो निभाउन उधोगमा पस्ने सक्ने अवस्था नभएपछि स्थानीयलाई सुरक्षीत स्थानमा सार्ने काममा स्थानीय प्रशासनले प्रथामिकता दिएको थियो ।

जनधनको क्षति हुन नदिनका लागि प्रहरीले माइकिङ गरेर वरिपरीको बस्तीलाई खाली गराइरहेको छ । आगो नियन्त्रणमा जान सक्ने अवस्था थिएन  । ग्याँसबुलेट विस्फोट हुँदा लामो ठाउँसम्म प्रभाव पार्ने भएकोले चिन्तित रहेका स्थानीय बासिन्दा आगो नियन्त्रणमा आएपछि भने ढुक्क छन । उनीहरु आगो नियन्त्रणमा आएपछि  घर फर्किएका छन ।

   
आगलागी नियन्त्रण गर्नका लागि रक्सौलबाट बारुणयन्त्र आएको थियो । त्यस्तै कलैया उपमहानगरपालिका सिमरा लगायतका स्थानबाट बारुणयन्त्र झिकाइएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले डिजेल पेट्रोलबाट भएको आगलागीलाई नियन्त्रण गर्न सक्ने प्रविधि उपलब्ध हुने सक्ने बताए  । तर उनले ग्यासबाट लागेको आगो निभाउने कुनै यन्त्र आफूहरुसंग नरहेको स्पष्ट पारे ।

 ग्यास उधोगमा लागेको आगो नियन्त्रण नआएपछि स्थानीय प्रशासनले भने अनुसार नै स्थानीय बासिन्दाहरु बस्ती छाडेर बाहिरिए । मनियारी,भवानीपुर, इटियाही,जगरनाथपुर पटेलनगर लगायतका बस्तीका बासिन्दा सुख्खा बन्दरगाहबाट निस्कने ६ लेनको सडकमा निस्किएका थिए ।

सुरक्षाका कारण कसैले पनि घरमा आगो बालेनन । चुलो नवलेपछि भोकै सडकमा गएका जनतालाई चिउरा,भूजा,मिठा ,चाउचाउ पानी जस्ता खाद्य सामाग्री बितरण गरिएको थियो । बीरगंज महानगरपालिका, क्षेत्र नं २ सासद बिमल श्रीवास्तव तवरेज अहमद मुकेश द्विवेदी शशीकपुर मिया अजय साह,नेपाली कांग्रेसका नेताहरु अनिल रुङटा,अजय कुमार चौरसिया रामनारायण कुर्मी ओमप्रकाश शर्मा लगायतको टोलीले राहत सामाग्री बितरण गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.