logo

पर्सा कांग्रेसमा पार्टी सभापति र पूर्व सासदलाई कारवाहीको मांग

      12/18/2017 गते 00 00 मा प्रकाशित     1395   पटक पढिएको


बीरगंज ३ पौष ।
नेपाली कांग्रस पर्साका सभापति अजय कुमार द्विवेदी लगायतका नेताहरुलाई कारवाही गर्नु माग उठेको छ । हालै सम्पन्न निर्वाचनमा पर्साका सबै निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभामा हार भएपछि नेपाली कांग्रेस भित्र अन्तरघातीहरुको खोजी शुरु भएको छ । 


    सोमवार पर्साको निर्वाचन क्षेत्र नं २ को समिक्षा बैठक सम्पन्न भएको छ । बैठकमा अन्तरघातीहरुका कारण हार ब्यहोर्नु परेको निष्कर्ष निकाल्दै उनीहरुलाई कारवाही हुनु पर्ने माग उठेको  छ । क्षेत्रीय भेलामा कार्यकर्ताको तहबाट पर्साका कांग्रेसका सभापति अजय द्विवेदी निर्वतमान सासद राजेन्द्र बहादुर अमात्य जिल्ला सचिव श्याम पटेल लगायतका नेतालाई कारवाही गर्नु माग उठेको छ । 


    हालै सम्पन्न निर्वाचनमा पार्टीका नेताहरुको घातका कारण पार्टीले पराजय भोग्नु परेको भन्दै उनीहरु बिरुद्ध कारवाहीको माग गरिएको हो । अन्तरघातको आरोप लागेकाहरुलाई कारवाही गर्ने अधिकार भने भेलाले सासदका प्रत्यासी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियालाई दिएको स्रोतले जनायो ।


    आरोप लागेका नेताहरु मध्य जिल्ला सचिव पटेल बाहेक अन्यले आफनो  धारणा राख्न भने पाएका छैनन । पटेलले आफूमाथि लागेको आरोपको प्रतिवाद गरेका थिए ।


    हालैको निर्वाचनमा नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा महत्वपूर्ण हैसियत भएका दुई नेता रमेश रिजाल र अजय चौरसियाको हारका कारण कांग्रेस भित्र पर्साको निर्वाचन निकै नै चासोको बिषय बनेको छ । ६ महिनाको नाकाकन्दी ताका मितेरी पुलमा गएर नाकाबन्दी प्रति एक्यवद्धता जनाएका र मधेशीदलका मागको बिषयमा चर्को लविङ गरेका चौरसिायको हार कतिपय शक्तिकेन्द्रकालागि समेत पाच्य नभएको स्रोतको दावी छ ।

 

रमेश रिजाल समेत बिदेशी शक्ति केन्द्रद्वारा रुचाइएका उम्मेदवारको रुपमा केही छापाहरुमा समाचार आएको थियो । जित्ने अति बिश्वास गरिएका नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने हैसियत भएका दुई नेताको पराजयले नेपाली कांग्रेस पर्सालाई अझै अन्तरद्वण्द्वमा लाने त होइन भन्ने प्रश्न पेचिलो बनेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ।  अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.