logo

शितलहरी प्रभावित नागरिकलाई राहत बितरण गरिने

      12/18/2017 गते 00 00 मा प्रकाशित     1744   पटक पढिएको

बीरगंज ३ पौष । 
बिगत केहि देखि हुस्सु र शितलहरका कारण पर्साको जनजीवन  प्रभावित भएको छ ।तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो । चिसो बढेसँगै पर्सा सदरमुकाम वीरगंजमा चहलपहल कम भएको छ ।

ग्रामिण भेगबाट वीरगंज मजदुरी गर्न आउनेको संख्यामा कमी  आएको छ ।मानिसहरु चोकचोकमा भेला भएर आगो तापेर बसिरहेका छन् । कुहिरो र शीतसँगै चल्ने पश्चिमी चिसोहावाका कारण स्थानीयको दैनिकी पनि सुस्त हुँदै गएको छ । बजार तथा कार्यालयहरूमा सर्वसाधारणको उपस्थिति दिउँसोतिर मात्रै हुन थालेको छ  ।

     निरन्तर चिसो बढेसँगै अस्पतालमा विरामीको चाप समेत बढ्न थालेको छ ।चिसोका कारण दम, रुघाखोकी, ज्वरो, टाउको दुख्ने तथा कोल्ड डायरियाका बिरामीहरूको सख्या बढ्न थालेको नारायणी अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर इनामूलहकले बताए । 


कुहिरोका कारण यातायातका साधनहरू दुर्घटना हुने सम्भावना बढेकाले आवश्यक सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ । 
    बाक्लो कुहिरो र हुस्सुका कारण सिमराबाट सञ्चालित विमानसेवा समेत प्रभावित हुन थालेका छन् । विहान उडान गर्ने विमानहरू समय तालिकाअनुसार उडान हुन नसकेपछि यात्रुहरूलाई समेत समस्या हुन थालेको छ ।


    यसैवीच तराईमा परेको शितलहर र हुस्सुका कारण प्रभावित परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको छ । सोमवार जिल्ला दैवि प्रकोप उद्वार समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारि बिनोद प्रकाश सिंहको अध्यक्षतामा भएको बैठकले बैठकले प्रभाबित परिवारलाई कम्बल बितरण,आगो ताप्नको निम्ति दाउराको व्यवस्थापन लगायत आवश्यक सामग्री उपल्बध गराउने निर्णय गरेको छ ।


बंठकमा सहायक प्रमुख जिल्ला अधिकारि ,जिल्ला शिक्षा अधिकारी,जिल्ला प्रहरी कार्यलयका प्रमुख,पत्रकार महासंघ पर्साका अध्यक्ष,सश्स्त्र प्रहरी उपरिक्षक, नेपालि सेना,बिभिन्न सामाजिक संघ संस्था, स्थानीय निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.