logo

शेयर सदस्य बिनै हिमालयन डिष्ट्रलरीको साधारण सभा

      12/15/2017 गते 00 00 मा प्रकाशित     1081   पटक पढिएको

वीरगञ्ज, २९ मंसिर : वीरगञ्ज महानगरपालिका २१ पर्सामा रहेको हिमालयन डिष्ट्रिलरीले सञ्चालक र शेयर सदस्य विनै १७ औं साधारण सभा गरेको छ । विभिन्न ७ वटा विषयमा छलफल गर्ने भनी २९ मंसिरमा डाकिएको साधरणसभामा शेयर सदस्य मात्रै नभएर सञ्चालक पनि अनुपस्थित रहे । पछिल्लो समयमा डिष्ट्रिलरीको गतिविधि शंकास्पद हुने गरेको छ ।

त्यसमा पनि साधरण सभा सञ्चालक र शेयर सदस्य विना नै सम्पन्न भएको बताईएपछि यसले थप चर्चा पाईरहेको छ । 
गत कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७३÷७४ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह सहितको लेखा परिक्षण प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालक समितिले सिफारिस गरे अनुसार कम्पन्ीको शेयर सदस्यहरुलाई नगद लाभांसमा लाग्ने कर समते प्रति शेयर एक्काईस रुपैयाँ पाँच पैसाका दरले नगद लाभांस वितरण गर्न स्वीकृत गर्ने, आर्थिक वर्ष ०७४÷७५ का लागि लेखा परीक्षक नियुक्ती, सञ्चालक समितिले एक वर्षमा गरेका कार्यहरुको कार्यकाललाई समर्थन तथा अनुमोदन गर्ने, कम्पनी र जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्राली र फुड एण्ड वेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्राली र जेजिआई डिष्ट्रिव्युसन प्राली बीच भएको तीन सम्झौताहरु स्वीकृत गर्ने, सञ्चालक समितिमा रहने संस्थापक समूहबाट तीन जना र सर्वसाधरण समूहबाट २ जना सञ्चालक सदस्यहरुको निर्वाचनद्वारा चयन गर्ने भनिएपनि त्यस्तो केहि पनि नभई साधरण सभा सकिएको छ । 

 


दुई वर्ष अघिसम्म सार्वजनिक रुपमा साधरणसभा खुल्ला चौरमा गर्ने गरिएकोमा पछिल्ला वर्षहरुमा गुपचुप रुपमै साधरण सभा गर्ने गरिएको मजदुरहरुले बताएका छन् । ‘तीन वटा युनियनका अगुवाहरु जान्छन्, सञ्चालक समितिका मानिसहरु आउँछन्, एउटा कोठामा बस्छन्, कुरा मिलाएर जान्छन् ।

मजदुरहरुलाई साधरण सभाको बारेमा केहि पनि जानकारी दिईदैन । ’ एक जना मजदुरले नाम नबताउने शर्तमा भने ‘ पहिले त यस्तो हुँदैनथ्यो । खुल्ला चौरमा साधरण सभा हुन्थ्यो, हामीले आफ्नो दुःख सुखको कुरा सञ्चालकहरुलाई भन्थ्यौं ।’  मजदुर नेताहरुले पैसा खाएर सञ्चालकहरुसँग मिलेर बदमासी गरेको आरोप मजदुरहरुको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ।  अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.