logo

पर्सा ३ का सांसद तथा ठेकेदार  रौनियारको कम्पनीलाई काम तत्काल थाल्न सिक्टा सिँचाइको सार्वजनिक सूचना 

      12/12/2017 गते 00 00 मा प्रकाशित     1197   पटक पढिएको

नेपालगञ्ज– राष्ट्रिय गौरवको आयोजनामध्येको बाँकेको सिक्टा सिँचाइ आयोजना अन्तर्गत डुडुवा नहर प्रणाली निर्माणको काम निर्माण कार्य सुरु भएको डेढ वर्षमा करिब २ प्रतिशत मात्रै अघि बढेको छ।

नहर निर्माणको काम लक्ष्य अनुसार नगरेको भन्दै आयोजनाले पर्सा क्षेत्र नम्बर ३ का नवनिर्वाचित सांसद एवं निर्माण व्यवसायी हरिनारायण रौनियारको फर्मलाई तत्काल काम अघि बढाउन भनेको छ।

आयोजनाले अंग्रेजी दैनिक रिपब्लिकामा १५ दिने सार्वजनिक सूचना जारी गर्दै तत्काल काम सुरु गर्न आग्रह गरेको आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश कार्कीले बताए।

पप्पु कन्स्ट्रक्सन प्रालिका मालिक रौनियार संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हुन्। रौनियार हालैको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट १५ हजार १ सय ५८ मत पाएर विजयी भएका हुन्।

रौनियारले कोस्टल÷पप्पु जेभी मार्फत सिक्टा सिंचाइ आयोजना अन्र्तगत डुडुवा नहर प्रणाली निर्माणको कामको ठेक्का लिएका थिए। 

कोस्टलरपप्पु जेभीले ३२.२ किलोमिटर नहर निर्माण तथा सिक्टाको मूल नहरलाई डुडुवा शाखा नहरसँग जोड्ने संरचना निर्माण लगायत काम गर्नेगरी ९८ करोड ८१ लाखमा १९ डिसेम्बर २०१८ सम्म काम पूरा गर्न ठेक्का लिएको थियो। सो संरचना निर्माण भएपछि त्यस क्षेत्रको १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने आयोजनका इञ्जिनियर कार्कीले बताए।

तर, निर्माण पूरा गर्ने अवधिको करिब ६० प्रतिशत समय सकिए पनि निर्माण कम्पनीले करिब २ प्रतिशत मात्रै काम गरेकाले आयोजनाको काम अपलत्र परेको छ।

निर्माण कम्पनीले नहर निर्माणका लागि ढुंगा–गिट्टीको अभाव भएको, नहर क्षेत्रमा पर्ने रुखहरु नकाटिएको, नहर क्षेत्रको जग्गाको मुआब्जा वितरण समयमा नभएको जस्ता कारण देखाएर नहर निर्माणको काम नगरी उल्टै आयोजनासँग क्षतिपूर्ति दाबी गर्दै आएको छ। 

निर्माण कम्पनीले समयमै काम नगर्दा मूल नहर निर्माण भए पनि त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित भएका छन्। निर्माण कम्पनीले लक्ष्य अनुसारको काम गरेको भए हालसम्म डुडुवा नहरबाट त्यस क्षेत्रको करिब ५ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्थ्यो।

सो क्षेत्र बाँकेको क्षेत्र नम्बजयी भएका हुन्।

विकास र समृद्धिको नाराका साथ चुनावमा विजयी भएका राईलाई आफ्नै पार्टीका नेता, सांसद एवं निर्माण व्यवसायी रौनियारले लक्ष्य अनुसारको काम नगर्दा त्यहाँका जनताले खेप्नुपरेको समस्या समाधान गर्नुपर्ने चुनौती पनि थपिएको छ।

आफ्ना मई र प्रदेशबाट पनि फोरमकै विजय यादव विजयी भएका हुन्।

विकास र समृद्धिको नाराका साथ चुनावमा विजयी भएका राईलाई आफ्नै पार्टीका नेता, सांसद एवं निर्माण व्यवसायी रौनियारले लक्ष्य अनुसारको काम नगर्दा त्यहाँका जनताले खेप्नुपरेको समस्या समाधान गर्नुपर्ने चुनौती पनि थपिएको छ।

आफ्ना मतदातालाई धन्यवाद दिन डुडुवा पुगेका सांसद राईले निर्माण व्यवसायी, सांसद एवं पार्टीका नेता रौनियार तथा सिक्टा सिंचाइ आयोजनासँग समन्वय गरेर तत्कालै रोकिएको निर्माणको काम अघि बढाउने बताए।

बाढीको बेला नहरको संरचना भत्किनेदेखि निर्माण व्यवसायीले समयमै काम नगरिने समस्याका कारण निर्माण सुरु भएको ११ वर्ष बितिसक्दा पनि सिक्टा सिँचाइबाट बाँकेका जनताले सिँचाइ सुविधा पाउन सकेका छैनन्।

बाँकेको कुल खेतीयोग्य जमिनमध्ये करिब ७२ प्रतिशत क्षेत्रमा सिँचाइको भरपर्दो सुविधा छैन। सिँचाइ सुविधा नहुँदा बाँकेका किसान बर्सेनि खडेरीको समस्या खेप्दै आएका छन्। आयोजना बनेर किसानको आर्थिक समृद्धिको ढोका खोल्ने अपेक्षा गरिए पनि निर्माण कार्य लम्बिने र नहरहरु सञ्चालन नै नहुँदै पटकपटक भत्किएकाले किसान निराश हुन थालेको सिक्टा सिँचाइ जल उपभोक्ता समिति बाँकेका अध्यक्ष शालिकराम डाँगीले बताए। 

बाँकेको करिब ३४ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ नेपाल सरकारले आफ्नै लगानीमा ०६३ माघबाट सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु गरेको हो। तर, राजनीतिक अस्थितरता, आयोजनामा हुने राजनीतिक हस्तक्षेप तथा निर्माण कम्पनीहरुको लापरबाहीका कारण निर्माण थालिएको एक दशक बितिसक्दा पनि किसानले अझैसम्म आसैआसमा बस्नुपरेको छ। 

निर्माण सुरु गर्दा करिब १२ अर्ब ८० करोड रुपैयाँको लागतमा ०७० सालको माघसम्म नहरको मुख्य निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको थियो। तर, ०७४ सालको असारसम्म १३ अर्ब १३ करोड ५४ लाख खर्च भइसक्दा पनि नहर निर्माणको काम करिब ५३ प्रतिशत मात्रै पूरा भएको छ।साभार नेपाललाइभ डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.