logo

प्रदेशसभामा अन्सारी बिजयी, प्रतिनिधि सभाकालागि रोचक भिडन्त

      12/9/2017 गते 00 00 मा प्रकाशित     1213   पटक पढिएको

वीरगंज, मंसिर २३ ।  पर्सा क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपालका जन्नत अन्सारी विजयी भएका छन् । जन्नतको जीतसँगै पर्सामा मधेसकेन्द्रीत दलको गठबन्धनले  खाता खोलेको छ ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयुक्त उम्मेदवार अन्सारी ८ हजार ५ सय ९३ मत प्राप्त गरि बिजयी भएका हुन । उनले आफना निकटतम प्रतिद्वण्द्वीलाई १ हजार ३ सय २२ मत अन्तरले पराजीत गरेका हुन । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीले ७ हजार १ सय ७१ मत ल्याएका छन् भने बाम गठबन्धनका रह्बर अन्सारीले ६ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् । 

मधेश आन्दोलनको “इपिसेन्टर” रहेको बीरगंजमा मुलधारका राजनीतिक दलका नेता कार्यकर्तालाई अच्चमीत पार्दै मधेश केन्द्रीत दलले जनमत प्राप्त गरेका छन । जसले मधशेकेन्द्रीत दल र नेपाली कांग्रेसका उम्मेदवारवीचको प्रतिस्पर्धालाई रोचक बनाएको छ ।  पर्साका चार ओटै निर्वाचन क्षेत्रको मतगणना वीरगंजको श्रीपुर विद्यापिठ उच्चमावि परिसरमा भइरहेको छ । 

शनिबार साँझसम्मको मतपरिणामअनुसार पर्सा क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरम नेपालका प्रदीप यादवको ८ हजार ६ सय २५ मत प्राप्त गरेका छन । नेपाली काङ्ग्रेसका अनिलकुमार रुङ्गटा ६ हजार ६ सय २ मतसहित यादवलाई पछ्याइरहेका छन् । २ नम्बर क्षेत्रमा नेपाली काङ्ग्रेसका अजयकुमार चौरसिया फोरम नेपालका विमल श्रीवास्तवभन्दा  अगाडि छन् । 

क्षेत्र नम्बर ३ मा मधेसी गठबन्धनका उम्मेदवार हरिनारायण रौनियारले अग्रता लिएका छन् । उनी ४ हजार ३ सय २७ मतसहित पहिलो स्थानमा छन् भने नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले ३ हजार ६ सय २२ मतसहित रौनियारलाई पछ्याइरहेका छन् । 

क्षेत्र नम्बर ४ मा मधेसी गठबन्धनका लक्ष्मणलाल कर्ण ५ हजार २ सय ५६ मतसहित  अगाडि छन् । काङ्ग्रेसका रमेश रिजालले २ हजार ९ सय ८६ मत प्राप्त गरेका छन । वाम गठबन्धनका साझा उम्मेदवार उर्मिला अर्याल भने मतका हिसावले निके पछाडी परेकी छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.