logo

वीरगन्जलाई विहारीकरण हुनबाट जोगाऔँ

      12/2/2017 गते 00 00 मा प्रकाशित     6900   पटक पढिएको


वीरगन्ज - संघीय समाजवादी फोरम नेपालबाट वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएका विजय कुमार सरावगीले आफू चढ्ने गाडीमा मेयर वीरगन्जको नेम प्लेट लगाएका छन् । सामाजिक सञ्जालदेखि लिएर वीरगन्जको प्रवुद्ध वर्गमा उक्त नेम प्लेटलाई लिएर अझैपनि अनेक टिका टिप्पणी हुने गरेको छ ।

भारतको विहार र उत्तरप्रदेश राज्यमा आफू चढ्ने गाडीमा यस्तो ‘नेम प्लेट’ झुन्डयाउने प्रवृत्ति बढी छ । यता, नेपालमा वीरगन्जका मेयरले पहिलो पटक विहारी शैली अप्नाएका हुन् । उनी मात्र नभएर फोरमबाटै आसन्न प्रतिनिधी सभा चुनावमा पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादवले आफ्नो चुनावी अभियानमा विहारका सांसद अजय निसाद र राजदका नेता साविर अंसारीलाई सहभागि गराई भाषण गर्न लगाए । 

विदेशी सांसद र नेता नेपालको चुनावमा मतदातालाई प्रभाव पार्न प्रयोग गरिएपछि यस क्षेत्रका युवा तथा भद्रभलादमी वर्गले व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली जनताले आफ्नो भविष्य निर्माण गर्ने सांसद चयन गर्दा विदेशीको हस्तक्षेप भएको भन्दै विरोध गरेका हुन् । गत साता रिपोर्टस क्लबको आयोजनामा वीरगन्जको माइस्थान स्थित गहवा माई मन्दिर अगाडि भएको चुनावी अन्तरक्रियामा फोरमका कार्यकर्ताले आफ्ना उम्मेदवार प्रदीप यादव बाहेक अन्य पार्टीका उम्मेदवारलाई बोल्नै दिएनन् ।
 
कांग्रेस र एमालेका उम्मेदवारले बोल्न लाग्दा सिटबाट उठेर हुलहुज्जतमा उत्रेका थिए । चुनावी अन्तरक्रियामा सहभागि हुन आएका अधिकांश जनता फोरम कार्यकर्ताको उच्छश्रृंखल गतिविधीबाट निराश बन्दै फर्किएका थिए । नजित्दै यस्तो गुन्डागर्दी प्रदर्शन गरेका फोरमका कार्यकर्ताले उसको नेता जितेपछि भविष्यमा के–के गर्ने होलान् भन्दै फर्किएका थिए । 
आर्थिक नगरी वीरगन्ज नेपालकै मूख्य व्यापारिक केन्द्र हो ।

यहाँको जनता मुलुकको हरेक राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाएका छन् । तर, यहाको नेताको केन्द्रमा पहुच नहुदा वीरगन्जको विकास हुन सकेन् । २००७ सालमा पर्सामै पहिलो पटक नेपाली कांग्रेसको मुक्ति सेनाले वीरगन्जमा राणाहरुको ब्यारेक कब्जामा लिएका थिए । त्यसपछि भएको ०४६ सालको आन्दोलन होस् वा ०६२/०६३ जनआन्दोलन वीरगन्जवासीको व्यापाक सहभागिता रहेको थियो ।

०६४ को पहिलो मधेस आन्दोलनपनि वीरगन्जमा चर्किएपछि मात्र सफल भएको थियो । पछिल्लो पटक भएको तेस्रो मधेस आन्दोलन मधेसका अन्य सहरहरुमा फितलो बनेपछि वीरगन्ज एक्लैले आन्दोलनको बिँडो थामेको थियो । सम्पूर्ण जनताले आन्दोलन र नाकाधर्नामा साथ दिए तर फोरमका नेताले तेल तस्करी र सुक्खा बन्दरगाहबाट गाडी पठाएर अकुत सम्पक्ति कमाए । त्यही नेता अहिले मधेसको ‘मसिहा’ भएको दाबी गर्दै जनतासंग भोट मागिरहेका छन् ।

ऐतिहासिक व्यापारिक नगरीका मतदाता अहिले जटिल मोडमा उभिएका छन् । ५ वर्षका लागि सांसद प्रतिनिधी चयन गर्ने बेला गलत व्यक्ति जितेर गएमा यो क्षेत्र थप १० वर्ष पछाडि पर्ने पक्का छ ।  कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटा एक सफल उद्योगी र व्यापारी पनि हुन् ।

वीरगन्जको समस्या समाधान गर्न चौतर्फी योजना बनाएका रुंगटाको राज्यको माथिल्लो निकायमा राम्रो सम्बन्ध छ । सांसदमा निर्वाचित भएपछि रुंगटाले सजिलै योजना ल्याउन सक्छन् । युवालाई रोजगारी र वीरगन्जको वैभव फर्काउने मूख्य लक्ष्य लिएर चुनावी अभियानमा होमिएका रुंगटाले संविधान संशोधन गरी मधेसको असन्तुष्टि समेत पुरा गर्ने बताउँदै आएका छन् ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.