logo

वीरगन्जको वैभव रुंगटाले फर्काउने

      12/1/2017 गते 00 00 मा प्रकाशित     1342   पटक पढिएको


वीरगन्ज– नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटाको पक्षमा चुनावी माहौल बन्दै गएको छ । पछिल्लो समय उनको चुनावी अभियानमा कांग्रेसजन मात्र नभई तटस्थ र अन्य दलका मतदाता समेत जुट्न थालेका छन् । आर्थिक र व्यापारिक नगरीको रुपमा स्थापित भएपनि कुसल र प्रभावशाली नेताको अभावमा विकास र भौतिक पूर्वाधारमा पछाडि परेको वीरगन्जको पुरानो वैभव फर्काउन उद्योग र राजनीतिमा सफल व्यक्तित्व अनिल रुंगटाले मात्र सक्छन् भन्ने यहाँका मतदाताले बुझेका छन् । पहाडी र मधेसी समुदायलाई जोडेर राख्ने तथा केन्द्रबाट विकासका योजना ल्याउने क्षमता रुंगटामा छ । पछिल्लो ६ महिनाको मधेस बन्द र नाकाबन्दीले पिल्सिएको वीरगन्जवासीले रुंगटामा एउटा आशाको किरण देखेका छन् । उद्योग व्यापारमा सफल रुंगटा समाजिक कार्यमा समेत अग्रणी भूमिका खेल्दै आएका छन् । उनका पिता ओमप्रकाश रुंगटा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । राजनीति र व्यापारलाई संग/संगै अगाडि बढाएका अनिल रुंगटा जगदम्बा इन्टरप्राइजेजका सञ्चालक समेत हुन् । 
पर्सा क्षेत्र नम्बर १ का सांसद उम्मेदवार नेपाली काग्रेसका नेता अनिल रुंगटा र प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफले शुक्रबार वीरगन्जमा घरदैलो तथा चुनावी सभा गरेका छन । उम्मेदवार रुंगटाले वीरगन्ज ८ गहवामा घरदैलो र सुखचैनामा चुनावी सभा मार्फत मतदातालाई नेपाली कांग्रेसमा भोट दिई आफनो भविष्यलाई सुनिश्चित गर्न आग्रह गरेका हुन ।
    समाजलाई रुपान्तरित गर्नको लागि निस्वार्थ रुपमा राजनितिकमा लागेको बताउदै रुंगटाले समाजको आर्थिक उन्नतिलाई बढाउदै विकास निर्माणको योजना ल्याउनको लागि अघि बढेको बताए । ‘हाम्रो समाज धेरै पिछिडिएको छ, विगत २० बर्ष देखि समाजको विकास हुन सकेको छैन, जो नेता आउछ आश्वासन दिएर जान्छन नेता रुंगटाले भने आफू आश्वासन दिन होईन काम गर्न तपाई माझ आएको हो एकपल्ट सेवा गर्न मौका दिनुस् म काम गर्न तयार छु ।’ 
    नेता रुंगटाले भने वीरगन्ज अहिले नामको लागि मात्र आर्थिक राजधानी हो तर काम छैन, विगतको लगातार बन्द हडताल र लामो समय सम्म नाका बन्दीले गर्दा उद्योग उद्योगिहरु अन्यन्त्र सरेका कारण यहा आर्थिक रुपमा सम्पन्न छैन । उनले भने सुरक्षाको अनुभुति सहित बन्द हडताललाई पूर्ण रुपमा बन्द गरी यहा बाट पलायन भएका उद्योग उद्योगिलाई पुर्नस्थापना गरी वीरगन्जलाई सबल रुपमा आर्थिक राजधानी बनाउने विश्वास दिलाउनु भयो । 
    अहिले मधेश आन्दोलनको कुरा गर्ने ०६३ को प्रथम मधेश आन्दोलनमा कहा थिए ? प्रथम मधेश आन्दोलन ताका पूर्वराजाको मन्डले पार्टीको झोला उठाउदै हिडने अहिले आएर आफूलाई मधेशको मसिहा भन्ने । उम्मेदवार रुंगटाले भने फोरम नेपालका उम्मेदवार संग कुनै एजेन्डा छैन, यदि एजेन्डा नै छ भने कक्षा ८ फेल भएका नेता संग कस्तो एजेन्डा होला तपाई हामी सहज अनुमान गर्न सक्छौ । मधेशी नेताहरुले मधेशी जनतालाई भ्रमित पारी भोट बटुल्ने काम गरी रहेका छन उनले भने मधेश र मधेशीको हकअधिकार सुनिश्चित सहित समग्र मधेशकै विकास गर्ने जिम्मेवारी नेपाली कांग्रेसको कांधमा आएको हुनाले कसैको भ्रममा नपर्न आग्रह गर्दै नेपाली काग्रेसका उम्मेदवारलाई भारी बहुमतले विजय गराउन सम्पूर्ण नगरवासी संग आग्रह गर्नुभयो । 
    बुथ सभापती रितेश साह कानुको अगुवाईमा निकालिएको घरदैलो कार्यक्रममा पार्टीका सभापती अजय दुवेदी, नेता राजकृष्ण अमात्य, ईश्वरभक्त श्रेष्ठ, प्रकाश उपाध्याय, पूर्व राज्य मन्त्री दुर्गा देवी महतो, नगर अध्यक्ष भोला साह कलवार, नेता राजु गुप्ता, रविन्द्र ठाकुर, राजेन्द्र श्रेष्ठ, नेविसंघका राकेश यादव, दिलिपराज कार्की, राहुल कर्ण लगायत स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.