logo

संकल्प पत्र मार्फत जनता ढाँट्दै ठेकेदार रौनीयार

      11/29/2017 गते 00 00 मा प्रकाशित     1805   पटक पढिएको


०७३ चैत ८ गते सम्म ठेकेदार हरिनारायण रौनीयार नेपाली कांग्रेसमा आवद्ध थिए । जतिवेला उपेन्द्र यादवको हातबाट उनले टिका लगाईरहेका थिए । उद्धघोषकले कांग्रेस परित्याग गरि हरि नारायण रौनीयार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको घोषणा गरिरहेका थिए । नेपाली कांग्रेसको नजिक रहेर सत्ता र शक्तिको प्रयोगले सरकारलाई सताउदै आएका रौनीयार यतिवेला मेधशीको सच्चा हिमायती भएको देखाउने असफल प्रयास गर्दै छन ।

मधेश आन्दोलनमा जतिवेला सडकमा युवाहरुको टाउको र छातीमा गोली लाग्दै थियो । रौनीयार गोली चलाउन सत्तामा आसीन नेपाली कांग्रेसको बफादार सदस्य थिए । तर उनले पर्साको क्षेत्र नं ३का जनतालाई झूक्याउन निकालेको संकल्पपत्रमा आफू कांग्रेसमा संगठीत रहेको कुरा कतै उल्लेख गरेका छैनन । नेपालकै “क” श्रेणीको ठेकेदार भएका रौनीयारले जारी गरेको संकल्प पत्र ठोस छैन हावादारी छ ।

ढाँटेको कुरा काटे मिल्दैन भने जस्तै आफनो ब्यवसायीक कार्य सम्पादनमा कहिल्यै गुणस्तरीय काम नगरेका रौनीयारले गुणस्तरलाई प्रथामिकता दिन्छु भन्ने कुरा संकल्प पत्रमा लेखेका छन जुन पढ्दा त राम्रो लाग्छ तर ब्यवहारमा उनले त्यस्तो गरेको तथ्य कमै छ । नयाँ सडकका योजनाहरुलाई प्रथामिकता भनेका छन । भएकै सडकको राम्रो गति छैन । नयाँ सडकका कुरा धरातलीय यर्थाथतासंग मेल खाने देखिदैन । पर्सा जिल्लामा सडक संजालले सबै गाउँ र बस्तीलाई छोएकै छ ।

नयाँ सडक संजालको तिब्र बिस्तार गर्नै पर्दैन । त्यती मात्र होइन रौनीयारकै पप्पु कन्ट्रक्शनले पर्साको सडक स्तरोन्नतीकोलागि काम गर्दा पर्साका सडकहरु झन बिगारेका छन । रौनीयारको यस्तो कामको बिरुद्ध पर्साको जनता सडक खण्डको टेढामा जनता सडकमा उत्रिएका थिए । प्रहरीले जनताको अवरोध हटाउनु परेको थियो । पोखरिया र बहुदरामाईलाई नमुना शहरका रुपमा बिकास गर्ने भनिए पनि त्यो कसरी गर्ने भन्ने कुरा संकल्प पत्रमा छैन ।

आधारहिन रुपमा शहर नमुना बन्ने पनि होइन । नमुना शहर बनाउन यसो गर्छौ भनेर लेख्न नसक्नेले काम गर्छ भन्ने कुरा पत्याउन सक्ने आधार हुदैन । लोडसेडिङ अन्त्यको कुृरा संकल्प पत्रमा उल्लेख छ । के रौनीयारले आफनो क्षेत्रमा थर्मल प्लान्ट जडान गर्नेछन ? वा बिधुत उत्पादनको स्टेशन बनाउने छन ।

यो दुबै सम्भावना देखिदैन यस्तोमा लोडसेडिङ मुक्त गर्छु भन्नु हावा बाहेक के हुन सक्छ ? राष्ट्रीय उत्पादनमै उर्जाको आपूर्ती बढेपछि रौनीयारले भन्नै पर्दै आफै लोडसेडिङको अन्त्य हुन्छ । शहर गाउँवीच सडक यातायातको सहज सम्र्पकको स्थापना गर्ने संकल्प पत्रमा लेखेका छन ।

जनतारोड खण्डको टेढामा गुणस्तरहीन काम गरेपछि रौनीयार बिरुद्ध टायर बालेर बिरोध गरेका थिए । प्रहरीले टायर निभाएपछिको तस्विरः तस्विर इसीमान
जनतारोड खण्डको टेढामा गुणस्तरहीन काम गरेपछि रौनीयार बिरुद्ध टायर बालेर बिरोध गरेका थिए । प्रहरीले टायर निभाएपछिको तस्विरः तस्विर इसीमान

रौनीयारलाई पर्साको सडक संजालको बारेमा ज्ञान छैन भन्ने कुरा उनको यही हावादारी योजनाले पुष्टी गर्छ । यातायातमा जेष्ठ नागरिक र बिद्यार्थीहरुलाई अहिले नै सहुलीयतको ब्यवस्था छ । रौनीयारले अहिले भएको भन्दा कस्तो ब्यवस्था गर्न खोजेका हुन त्यो उल्लेख छैन । वा संकल्प पत्र बनाउनेहरुलाई यो सहुलीयतको बारेमा ज्ञान छैन ।

यातयातका साधनको पर्याप्त ब्यवस्था गर्ने संकल्प पत्रमा उल्लेख छ । के रौनीयारले साधनहरु किनेर दिने हो र ? भोली कुनै नागरिक एउटा यातायातको साधन चाहियो भनेर गयो भने रौनीयारको जवाफ के हुनेछ ? जग्गा धितो राख ऋण लेल अनी सवारी साधन किन भन्ने हुन्छ की अरु केही स्वभाविक जिज्ञासा उठन थालेको छ ? ।

नेपाल सरकारले सामुदायीक बिद्यालयको शिक्षा नै निशुल्क बनाएको छ । रौनीयारलाई यो पनि थाहा छैन । देशकै अव्वल दर्जाको निर्माण ब्यवसायी भएका रौनीयार राज्यले बिभेद ग¥यो भन्दै कुर्लन्छन । तर राज्यले के दियो भन्ने बारेमा जानकारी राख्ने जाँगर समेत चलाउदैनन । अनि जनतालाई झूक्याउन सकिन्छ की भनेर सरकारले निशुल्क बनाई सकेको शिक्षालाई निशुल्क गर्छु भन्छन ।

ठेकेदारी गर्दा राज्यको अर्वौ रुपैया होल्ड गरेर बसेका रौनीयार पटक पटक दण्डीत पनि भएका छन । अव पनि उनी दण्डीत हुने लाईनमै छन । त्यसबाट बाँच्न सासद हुन खोजेका रौनीयार मानसिक रुपमा बिक्षिप्त भएर पनि होला यस्ता कुरा लेखेर आफनो संकल्प सार्वजनीक गरेका छन । शिक्षीत बेरोजगारलाई बिना धितो ऋणको पहल भनेक छन । भोली उनले जनतालाई जवाफदिदा “मैले पहल गर्छु भनेको थिए गरे तर हुन सकेन भन्ने ”जवाफ दिने छन । अर्को कुनेै बिकल्प उनीसंग रहने छैन । किन भने उनको संकल्प पत्रमा उनले गर्न सक्ने काम केही छैन ।

धेरै कुरा पहिला नै भइसकेका छन । जनतालाई झूक्याउनकालागि मात्र उल्लेख गरिएको संकल्पले रौनीयारलाई जिम्मेवार र जवाफदेही बनाउदैन । संकल्प मार्फत उनले उम्किने बाटोमात्र खोजेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.