logo

तर्कले नसकेपछि हुलहुज्जतमा उत्रे फोरमका कार्यकर्ता

      11/27/2017 गते 00 00 मा प्रकाशित     3420   पटक पढिएको


वीरगन्ज ११ मंसिर । वीरगन्जको माइस्थान स्थित गहवा माई मन्दीर अगाडि सोमबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा तर्क र विचारले प्रतिवाद गर्न नसकेपछि संघीय समाजवादी फोरमका कार्यकर्ता हुलहुज्जतमा उत्रे । 
क्लबका अध्यक्ष ऋषि धमलाले सञ्चालन गरेको उक्त साक्षात्कार कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

कांग्रेसका अनिल कुमार रुंगटा, वाम गठबन्धनका विचारी यादव, संघीय समाजवादी फोरम नेपालका प्रदीप यादव लगायतका उम्मेदवार सहभागि भएको उक्त साक्षात्कारमा युवा र भद्रभलादमीको राम्रो उपस्थित रहेको थियो ।

कांग्रेस र एमालेका उम्मेदवार सिमित सहयोगीका साथ आएका थिए भने फोरमका यादव युवाको ठूलै जमात लिएर साक्षात्कारमा अरुको तर्क र विचारलाई निषेध गर्ने योजनावद्ध तरिकाले आएका थिए । 

सुरुमा प्रत्येक उम्मेदवारले आफ्नो उम्मेदवारी र एजेन्डा बारे आफना धारणा कार्यक्रममार्फत सार्वजनिक गरेका थिए । हुलहुज्जतमा फोरम कार्यकर्ताहरुले अरु पार्टीका उम्मेदवारलाई बोल्नै नदिने तथा बुरुक्क बुरुक्क उठेर होहल्ल्ला गरेका थिए । फोरमका युवा कार्यकर्तालाई संयमित भइदिन रिपोटर्स क्लबका अध्यक्ष धमलालाई धौ धौ परेको थियो । 

उम्मेदवारको बोल्ने समय सकेपछि फ्लोर ओपन गरिएको थियो । प्रश्न सोधेपछि उम्मेदवारले उत्तर दिन नपाउँदै फोरमका कार्यकर्ताले कुर्सीबाट होहल्ला गर्दै उत्तर दिने उम्मेदवारलाई बोल्नबाट रोकिरहेका थिए । उक्त क्रियाकलापले साक्षात्कार र माईस्थान वरिपरि उभेका वीरगन्जवासी चकित बनेका थिए ।

‘जीत्न नपाउँदै यस्तो गुन्डागर्दी छ,’ गहवाका राकेश यादवले भने, ‘केही गरि जित्यो भने त असल व्यक्तिलाई सडकमा हिँडडुल गर्न पनि दिँदैनन् ।’

फोरमका कार्यकर्ताहरुको उच्छश्रृखंल गतिविधि पटक पटक दोहोरिएपछि त्यहा रहेका अधिकांश भद्रभलादमी साक्षात्कार कार्यक्रम छाडेर हिँडेका थिए ।

कांग्रेसका अनिल कुमार रुंगटाले भने, ‘वीरगन्जको समग्र विकास र युवा रोजगारीको लागि मेरो उम्मेदवारी हो, युवाहरुको सहि व्यवस्थापनले नै समाजबाट गुन्डाराज अन्त्य हुन्छ ।’ उद्योग व्यवसायमा सफल अनिल रुंगटाले अबको लडाई गरिबी अन्त्यको लागि रहेको बताए ।

वामगठबन्धनका उम्मेदवार विचारी यादवले विदेशी सांसदलाई घरदैलोमा ल्याएर चुनाव नजित्ने दाबी गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.