logo

आचार संहिता उल्लघंन गर्दै धर्मशाला शिलान्यास

      11/26/2017 गते 00 00 मा प्रकाशित     2848   पटक पढिएको


वीरगन्ज १० मंसिर । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले वडा नम्बर १६ नगवाको गणेश टोलमा शनिबार धर्मशाला शिलान्यास गरेका छन् । उक्त वडाका अध्यक्ष श्यामबाबु चौरसिया र मेयर सरावगीले ६० लाख रुपैयाँमा निर्माण हुने धर्मशालाको एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् ।

अगामि २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागि गत महिनादेखि नै आचार संहिता लागिसकेको छ । आचार संहिता लागेपछि चालु योजना वाहेक नयाँ भौतिक निर्माण कार्य गर्न पाइँदैन् । 

मूख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता युवराज अधिकारीका अनुसार आचार संहिता लागू भएपछि चालु योजनामा परेका वाहेक अन्य कुनै पनि निर्माण कार्य गर्न पाइँदैन् । ‘मतदातालाई प्रभाव पार्ने किसिमले कुनै पनि निर्माण कार्य गर्न पाइँदैन्,’ उनले भने, ‘कार्यालयमा उजुरी आए हामी कारवाही गर्छौ ।’ मेयर सरावगीले शिलान्यास गरेको धर्मशाला हालसम्म नगरपरिषदबाट पास भएको छैन् ।

वडा अध्यक्ष श्यामबाबु चौरसियाका अनुसार अगामि १२ गते बस्ने नगरपरिषदको बैठकमा धर्मशाला निर्माण गर्ने योजना पारिने छ । ‘त्यतिखेर नै बजेट पनि पास गराउँछौ,’ उनले भने, ‘महानगरपालिका र वडाको बजेटबाट धर्मशाला निर्माण गर्ने योजना छ ।’ 

जानकारका अनुसार चुनावको मुखमा मेयर सरावगीले विभिन्न प्रलोभन दिएर सोझा जनतालाई आकर्षित पार्न खोज्दैछन् । उनले रोजगारीको प्रलोभन दिदै भोट समेत माग्ने गरेका छन । धर्मशाला शिलन्यास गरेकै दिन सरावगीले नगवामा केही व्यक्तिलाई पार्टी प्रवेश समेत गराएका थिए ।

स्थानीय उमेश यादवका अनुसार नगवामै रहेको मुस्लिम धर्मावलम्बीहरुको इदगाहका लागि मेयरले पर्खाल निर्माण गरिदिने आश्वासन बाडेका थिए । चुनावको मुखमा मतदाता र ठेकेदारलाई प्रभावित पार्न मेयरले अनेक आश्वासन बाडिरहेका छन् । उनको यस कार्यको अन्य दलले भने विरोध गरेका छन् । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.