logo

आत्मबल कमजोर भएपछि विदेशी सांसदको सहारा

      11/25/2017 गते 00 00 मा प्रकाशित     2603   पटक पढिएको


वीरगन्ज - पछिल्लो केही दिनयता पर्सा क्षेत्र नम्बर एकमा भारतीय जनता पार्टीका एक सांसद चुनावी प्रचारमा जुटेका छन् । संघीय समाजवादी फोरम नेपालबाट पर्सा क्षेत्र नम्बर एकका उम्मेदवार प्रदीप यादवको चुनावी सभामा भारतीय जनता पार्टी (भाजपा) का मुज्जफरपुरका सांसद अजय निसाद सहभागि भएका छन् । वीरगन्ज महानगरपालिका १८ सुखचैनामा सम्पन्न भएको रात्री सभामा सांसद निसाद संग राष्ट्रिय जनता दलका साविर हुसेनको पनि उपस्थिती रहेको थियो ।

सांसद निसाद र नेता हुसेनले यादवलाई भोट दिन आह्वान गरेका थिए । सुखचैनाका भद्रभलादमीले विदेशी सांसदले एउटा उम्मेदवारको पक्षमा भोट मागेको देखेर छक्क परेका थिए । हाम्रो उम्मेदवार कस्तो हुनुपर्छ भन्ने भारतीय सांसदले हामीलाई सिकाउनु पर्दैन्, सुखचैनाका उमेश पटेलले भने, हामी हाम्रो सार्वभौममिकता प्रयोग गर्न सक्षम छौँ ।

वैदेशिक प्रभाव प्रयोग गरि जनताको मनोविज्ञानलाई प्रभावित पार्ने षडयन्त्रको विरोधमा स्वाभिमानी जनताले आफ्नो मतको सदुपयोग गर्छन् । 

सुखचैनाका स्थानीय मात्र नभई सामाजिक सञ्जालमा समेत विदेशी सांसदको चुनावी प्रचारको व्यापक विरोध भएको छ । रवि तिवारीले आफ्नो फेसबुक स्टेटसम व्यगं गर्दै लेखेका छन् - ‘अब चुनाव प्रचारको लागि केही दिन भित्र लालु प्रसाद जी आउदै हुनुहुन्छ कृपया सहभागी भै दिनु होला हामी छिट्टै विहार बनाउन तिर अग्रसर छौ तपाईहरुको सानो सहयोग चाहिएको छ ।’ उक्त स्टेटस १ सय १५ जनाले लाइक गरेका छन् भने दर्जन भन्दा बढी कमेन्टस आएको छ ।

फोरमबाटै वीरगन्ज महानगरपालिकाको मेयरमा विजयी भएका विजय सरावगीले आफ्नो नीजि सवारीमा ‘मेयर वीरगन्ज’को नेम प्लेट नै लगाएका छन् । उक्त कार्यको पनि सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । नेपालमा सम्भवत पहिलो पटक सवारीमा पद किटान गरी मेयर सरावगीले प्रयोग गरेका हुन् । विहार र उत्तर प्रदेशमा मुखिया, मेयर, पूर्व सैनिक जस्ता पदका नेम प्लेट व्यापक देखिन्छन् ।

सरावगी र प्रदीप यादवले वीरगन्जलाई विहारीकरणको पथमा लगेको भन्दै वीरगन्जवासी चिन्तित बनेका छन् । यता अन्य राजनीतिक दलले विदेशी सांसदको यहाको चुनावी प्रचारमा भएको सहभागिताको चर्को आलोचना गरेका छन् । कांग्रेसका जिल्ला सभापति अजय द्धिवेदीले विदेशी हस्तक्षेपको पराकाष्टाको संज्ञा दिएका छन् । एमालेका जिल्ला इन्चार्ज प्रभु हजाराले नेपालको चुनावी प्रचारमा भारतीय सांसद भाषण गर्दै हिड्ने ठीक नभएको बताए । उनले भने, ‘यसलाई निर्वाचन आयोगले निगरानी गनुपर्छ ।’ 
 

राजनीतिक जानकारले क्षेत्र नम्बर एकमा कांग्रेसको उम्मेदवार अनिल कुमार रुंगटाको पक्षमा बढ्दो जन लहरले विपक्षी दलका उम्मेदवार आत्तिएर विदेशीको प्रभाव देखाएको टिप्पणी गरेका छन् । ‘विदेशी सांसदको आदेश मानेर जनताले भोट दिने हैन्,’ ती जानकार भन्छन् - ‘वीरगन्जलाई विहारीकरण हुन दिदैनौँ ।’ रुंगटाको उम्मेदवारी पछि स्थानीय तहको चुनाव ताका कांग्रेसमा देखिएको मनमुटाव र अन्तरघात समाप्त भइसकेको छ ।

सबै कांग्रेसजन एकजुट भएर समाजमा असल छवि बनाएका अनिल रुंगटा जिताउ अभियानमा लागेका छन् । विकास र रोजगारीको एजेन्डा लिएर चुनावी मैदानमा होमिएका रुंगटाको पक्षमा कांग्रेसजन मात्र नभई तटस्थ र सचेत मतदाता समेत एकजुट भएका छन् । ‘व्यापारिक र आर्थिक नगरी वीरगन्जलाई एक असल समाजसेवी नेताको खाँचो छ,’ रामदरस चौरसिया भन्छन् ‘आन्दोलनलाई पैसासँग मोलमोलाई गर्ने नेता चाहिन्न् ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.