logo

सरावगीप्रति फोरम भित्रै अविश्वास रुंगटासंगको सम्बन्ध विगार्ने प्रयास

      11/24/2017 गते 00 00 मा प्रकाशित     3197   पटक पढिएको


वीरगन्ज, ८ मंसिर । विजय सरावगी र अनिल रुंगटा दुवैजना वीरगन्जका प्रतिष्ठित उद्योगी व्यवसायी हुन् । पछिल्लो समयमा दुवैजना राजनीतिक क्षेत्रमा पनि सक्रिय रहेका छन् । व्यापारिक घरानाबाट राजनीतिमा आएका दुवैजना अहिले अलग अलग पार्टीमा रहेका छन् । सरावगी संघीय समाजवादी फोरम नेपालका प्रदेश नम्बर २ का कोषाध्यक्ष तथा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट वीरगन्ज महानगरको मेयरमा पनि निर्वाचित भएका छन् ।

रुंगटा यसअघिको संविधानसभामा सामानुपातिक तर्फबाट सांसद रहेका थिए । रुंगटा विद्यार्थी राजनीतिदेखि नै नेपाली कांग्रेसमा सक्रिय रहेका छन् । सरावगी भने कहिले कांग्रेस, कहिले माओवादी नजिक रहेका थिए । २०७३ साल चैतमा उनी संघीय समाजवादी फोरम नेपालमा औपचारिक रुपमा प्रवेश गरेर राजनीतिक यात्रा शुरु गरेका हुन् । उनी वीरगन्जको मेयर बन्नकै लागि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।

रुंगटा र सरावगी दुवै एउटै (मारवाडी) समुदायका हुन् । राजनीतिक हिसाबले अलग विचारका भएपनि उनीहरुको जातीय हिसाबले सम्बन्ध राम्रै रहेको छ । तर, मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार प्रसारमा भने यी दुवै व्यवसायी र नेताको सम्बन्ध विगार्न सरावगीको पार्टी नै लागेको छ । सरावगी र रुंगटाबीचको सम्बन्ध विगार्नका लागि सरावगीले बोल्दै नबोलको कुरा अहिले संघीय समाजवादी फोरम नेपालको इमेलबाट समाचार पठाएर उनीहरुबीचको सम्बन्धालाई विगार्न खोजिएको देखिएको छ ।

अनिल रुंगटा प्रतिनिधिसभा निर्वाचनमा पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् । सरावगी उनको पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाटै उम्मेदवार रहेका प्रदीप यादवलाई जिताउन अभियानमा लागेका छन् । फोरम नेपालको इमेलबाट आएको “बहुरुपिया अनिल रुंगटाबाट सावधान रहन मेयर सरावगीको अनुरोध” शीर्षकको सामाचारमा सरावगीले कहि कतै त्यस्तो नबोलेको स्पष्ट पारेको स्रोतको भनाई छ ।

यसले दुवैजनाबीचको सम्बन्धलाई विगार्न खोजिएको मात्र छैन मेयर बीरगंज प्रति अबिश्वास समेत गरिएको छ । मेयर विजय सरावगी अहिले वीरगन्ज महानगरपालिका कार्यालयको काम चुस्त दुरुस्त बनाउनुपर्नेमा चुनावी दौडाहामा व्यस्त छन् तर उनको यो दौडाह प्रति उनकै पार्टीका नेताहरुको बिश्वास छैन । त्यही अविश्वासका कारण फोरम नेपालको इमेलबाट “बहुरुपिया अनिल रुंगटाबाट सावधान रहन मेयर सरावगीको अनुरोध” शीर्षकको सामाचारमा सार्वजनीक गरिएको छ, ।

‘उनी एउटा दलको मात्र मेयर हैनन्,’ इनर्वाका उमेश यादव भन्छन्, ‘उनलाई वीरगन्जवासीले जिताएका हुन् ।’ संघीय समाजवादी फोरमको मात्र मेयर भएको भए सोही पार्टीका उपमेयरका उम्मेदवार पिन्की यादवपनि विजयी हुन्थीन् । उपमेयरमा कांग्रेसकी शान्ति कार्की विजय भइन् । फोरम जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर एकका उम्मेदवार प्रदीप यादवकी श्रीमती पिन्की यादवलाई ठूलो मतान्तरले हराउदै कार्की उपमेयरमा बिजयी भएकी हुन् ।

प्रदीप यादवको विगतको छवि र पार्टीमा हैकमवादकै कारण पूर्व शिक्षीका रहेकी पिन्की यादव उपमेयरमा पराजित भएको वीरगन्जमा व्यापाक चर्चा हुन थालेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.