logo

स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण, स्थानीयमा खुशी

      11/23/2017 गते 00 00 मा प्रकाशित     1209   पटक पढिएको

बीरगंज ७ मंसिार ।पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ मा रहेको स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण भएको छ । ०७६÷०६८ मा ९० लाखको लागतमा निर्माण शुरु भएको भवन समुदायलाई हस्तानत्रण गरिएको हो । लोकप्रिय,मोना र अकेला निर्माण कम्पनीको जोइन्ट भेन्चरमा निर्माण शुरु भएको भवन २०७० सालमा निर्माण सम्पन्न भइसक्नु पर्ने थियो । तर निर्माण पक्षको लापरवाहीका कारण निर्माण ढिलो भएको हो । 
    गत वर्ष सोही वडामा अनौपचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले खाद्य शिक्षा र स्वास्थ्य अधिकारको सवालमा काम गर्ने भन्दै मानव अधिकार निगरानी समुह बनाएको थियो । समुहले आफनो पहिलो प्रथामिकता स्वास्थ्यचौकीको निर्माण र हस्तान्तरणलाई तोकेको समुहका अध्यक्ष एवं सोही वाडका नव निर्वाचित अध्यक्ष बिजय गैरेले बताए । 


    भवन हस्तान्तरणकोलागि शहरी डिभिजन कार्यालय,जिल्ला प्रशासन कार्यालय पर्सा ,जल्ला जनस्वास्थ्य कार्यालय पर्सा र निर्माण पक्षसंग पटक पटक सम्वाद र आन्दोलन समेत गर्नु परेको उनले सुनाए । प्रमुख जिल्ला अधिकारीलाई भवन हस्तान्तरणको माग गर्दै  जिल्ला मानव अधिकार निगरानी समुहको सहयोगमा ज्ञापन बुझयौ अध्यक्ष गैरेले भने यो एउटा आन्दोलनको रुप नै थियो । अहिले भवन समुदायमा हस्तान्तरण भएको छ  उनले खुशी ब्यक्त गर्दै भने नागरिकले अव गुणात्मक स्वास्थ्य सेवा पाउनेछन । 


    वडा कार्यालय र समुहले भवन हस्तान्तरण समारोहको आयोजना पनि गरे । समाजका सबै पक्षको  सहभगिता रहेको कार्यक्रममा नेकपा एमालेका रामकुमार नेपाल नेपाली कांग्रेसका शिवदत्त पौडेल ,स्वास्थ्यचौकी प्रमुख जगरनाथ साह स्थानीय समाजसेवी एवं प्रधानाध्यापक महेन्द्र चौधरीले लामो समय पछि भवन समुदायले पाएकोमा खुशी ब्यक्त गरे ।

 


    कार्यक्रममा गाउँपालिकाका प्रमुख हरिनारायण चौधरीले भवनको मरम्त सम्भारकालागि बजेट बिनियोजन गरिने वाचा गरे । उनले गुणस्तरीय सेवा दिनकालागि गाउँपालिकाको तर्फबाट गर्नु पर्ने सहयोग गर्ने वाचा दिए । उनले  इन्सेकलाई पनि धन्यवाद दिदै भविष्यमा पनि रचानात्मक कामको अपेक्षा गरे । कार्यक्रममा गाउँपालिकाका उपप्रमु ममता चौधरीले भवन हस्तान्तरणले गर्दा महिलाहरुलाई निकै फाइदा हुने बताइन , वर्थिङ सेन्टर समेत संचालनमा रहेको सो स्वास्थ्यचौकीमा  धेरै महिलाहरु लाभान्ति हुने उनको भनाई थियो । कार्यक्रमको संचालन वडा सचिव देवीचरण न्यौपानेले गरेका थिए भने भवन हस्तान्तरणको सम्मको अभियानको बारेमा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले प्रकाश पारेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.