logo

स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण, स्थानीयमा खुशी

      11/23/2017 गते 00 00 मा प्रकाशित     1363   पटक पढिएको

बीरगंज ७ मंसिार ।पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ मा रहेको स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण भएको छ । ०७६÷०६८ मा ९० लाखको लागतमा निर्माण शुरु भएको भवन समुदायलाई हस्तानत्रण गरिएको हो । लोकप्रिय,मोना र अकेला निर्माण कम्पनीको जोइन्ट भेन्चरमा निर्माण शुरु भएको भवन २०७० सालमा निर्माण सम्पन्न भइसक्नु पर्ने थियो । तर निर्माण पक्षको लापरवाहीका कारण निर्माण ढिलो भएको हो । 
    गत वर्ष सोही वडामा अनौपचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले खाद्य शिक्षा र स्वास्थ्य अधिकारको सवालमा काम गर्ने भन्दै मानव अधिकार निगरानी समुह बनाएको थियो । समुहले आफनो पहिलो प्रथामिकता स्वास्थ्यचौकीको निर्माण र हस्तान्तरणलाई तोकेको समुहका अध्यक्ष एवं सोही वाडका नव निर्वाचित अध्यक्ष बिजय गैरेले बताए । 


    भवन हस्तान्तरणकोलागि शहरी डिभिजन कार्यालय,जिल्ला प्रशासन कार्यालय पर्सा ,जल्ला जनस्वास्थ्य कार्यालय पर्सा र निर्माण पक्षसंग पटक पटक सम्वाद र आन्दोलन समेत गर्नु परेको उनले सुनाए । प्रमुख जिल्ला अधिकारीलाई भवन हस्तान्तरणको माग गर्दै  जिल्ला मानव अधिकार निगरानी समुहको सहयोगमा ज्ञापन बुझयौ अध्यक्ष गैरेले भने यो एउटा आन्दोलनको रुप नै थियो । अहिले भवन समुदायमा हस्तान्तरण भएको छ  उनले खुशी ब्यक्त गर्दै भने नागरिकले अव गुणात्मक स्वास्थ्य सेवा पाउनेछन । 


    वडा कार्यालय र समुहले भवन हस्तान्तरण समारोहको आयोजना पनि गरे । समाजका सबै पक्षको  सहभगिता रहेको कार्यक्रममा नेकपा एमालेका रामकुमार नेपाल नेपाली कांग्रेसका शिवदत्त पौडेल ,स्वास्थ्यचौकी प्रमुख जगरनाथ साह स्थानीय समाजसेवी एवं प्रधानाध्यापक महेन्द्र चौधरीले लामो समय पछि भवन समुदायले पाएकोमा खुशी ब्यक्त गरे ।

 


    कार्यक्रममा गाउँपालिकाका प्रमुख हरिनारायण चौधरीले भवनको मरम्त सम्भारकालागि बजेट बिनियोजन गरिने वाचा गरे । उनले गुणस्तरीय सेवा दिनकालागि गाउँपालिकाको तर्फबाट गर्नु पर्ने सहयोग गर्ने वाचा दिए । उनले  इन्सेकलाई पनि धन्यवाद दिदै भविष्यमा पनि रचानात्मक कामको अपेक्षा गरे । कार्यक्रममा गाउँपालिकाका उपप्रमु ममता चौधरीले भवन हस्तान्तरणले गर्दा महिलाहरुलाई निकै फाइदा हुने बताइन , वर्थिङ सेन्टर समेत संचालनमा रहेको सो स्वास्थ्यचौकीमा  धेरै महिलाहरु लाभान्ति हुने उनको भनाई थियो । कार्यक्रमको संचालन वडा सचिव देवीचरण न्यौपानेले गरेका थिए भने भवन हस्तान्तरणको सम्मको अभियानको बारेमा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले प्रकाश पारेका थिए ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.