logo

कांग्रेस नै मधेसको सच्चा पार्टी – नेता अनिल रुंगटा

      11/23/2017 गते 00 00 मा प्रकाशित     1456   पटक पढिएको

पर्सा क्षेत्र नम्बर एकका कांग्रेसका उम्मेदवार अनिल रुंगटाले मधेस र राष्ट्रको हितमा काम गर्ने एकमात्र पार्टी कांग्रेस भएको बताएका छन् । समाजमा सफल उद्योगी मात्र नभई असल व्यत्तित्वको छवि बनाएका रुंगटाको चुनावी अभियानमा जनलहर देखिएको छ ।

मेयरको चुनावमा असन्तुष्ट रहेका कांग्रेसी मात्र नभई विभिन्न पार्टी र तटस्थ मतदाता पनि रुंगटा जिताउ अभियानमा लागेका छन् । उनको पक्षमा देखिएको जनलहरले विपक्षीहरु अनेक हत्कन्डा अप्नाएर गलत अफवाह फैलाउन थालेका छन् ।  यसै वीच नेपाली काग्रेसले आफनो चुनावी प्रसार अभियानलाई तिव्रता बनाउदै बिहिबार पनि वीरगन्जको विभिन्न वडामा घरदैलो कार्यक्रम गरेको छ ।

पार्टीका नेता एव पर्सा क्षेत्र नम्बर १ का सांसाद उम्मेदवार अनिल रुंगटा र क्षेत्र नम्बर १ को (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेलवाको विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम गरेका हुन ।

उम्मेदवार रुगंटा र कुर्मीले बेलवा वडाको सोलखपुर, लक्ष्मीपुर र परासवा टोलमा बृहत रुपमा घरदैलो कार्यक्रम गरेको हो । घरदैलो गर्ने क्रममा उम्मेदवारहरुले नेपाली काग्रेसलाई नै बिजय गराउन आग्रह गरेका थिए । 

घरदैलो कार्यक्रम अन्तगरगत काग्रेसले वडा नम्बर ७ माईस्थान पनि आजै घरदैलो कार्यक्रम गरेको छ । सासद उम्मेदवार रुंगटा सहित क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफ लगायतको टोलीले माईस्थानमा घरदैलो कार्यक्रम गरेका हुन ।

नेपाली काग्रेसलाई विजय गराउन स्थानियलाई आग्रह गर्दे उम्मेदवार रुगंटाले नेपाली काग्रेस प्रति देखिएको जनलहरले फोरम नेपालको हार निश्चित भएपछि हतासमा आएर हाम्रो विरुद्ध विभिन्न खाले अफवाह फैलाउन शुरु गरेका छन त्यस्ताको पछि नपर्न सवैलाई सुझाव दिएका छन । 

ने.का. सवैलाई अटाउने पार्टी हो, भोली फोरमबाट बाहिरिने नेता आए उसलाई पनि समेटेर अगाडी बढछौ तर कसैको बारेमा गलत अफवाह फैलाउदैनौ उम्मेदवार रुंगटाले भने मधेश आन्दोलनको आडमा कुन कुन नेताले के के गरेका छन त्यो सब जनतासंग लुकेको छैन, मलाई भन्ने आवश्यकता छैन अबको चुनावमा जनताले सहि मुल्यांकन गरी त्यस्ता नेतालाई पाखा लगाउने छन ।

नेपाली काग्रेस जनतलाई आश्वासन दिने पार्टी होईन काम गरेर देखाउने पार्टी हो, पूर्व सांसद रहेको बेला आफनो संसदीय कोषबाट प्राप्त रकम विकासको योजनामा खर्च गरेको छु कसैलाई प्रमाण चाहिए आफू दिन तयार रहेको उम्मेदवार रुगंटाले बताए । 

अबको चुनावमा काग्रेसको जित लगतै मुलुकलाई सही दिशातर्फ लगि, विभिन्न योजना ल्याई विकासको बाटो तिर लगने उनले बताए । उम्मेदवार रुगंटाले देशको देखिएको वेरोजगारी समस्या अन्य गरी युवाहरुलाई सिपमुलुक कार्यक्रम, शिक्षाको स्तरउन्नति, स्वास्थ्य क्षेत्रमा सुधार, सडक विस्तार, बृद्ध तथा एकमहिला भत्तामा बृद्धि लगायतका योजनाहरु ल्याउने विश्वास दिलाउनु भयो । 

वडा नम्बर ३१ को वडा अध्यक्ष चुमन चौधरी र वडा नम्बर ७ का बुथ सभापती हिराकाजि श्रेष्ठको अगुवाईमा निकालिएको घरदैलो कार्यक्रममा पार्टीका जिल्ला सभापती अजय दुवेदी, पूर्व राज्य मन्त्री दुर्गा देवी, वीरगन्ज महानगरपालिकाका उपप्रमुख तथा महिला नेतृ शान्ति कार्की, पूर्व सांसद शम्भु हजरा, पार्टीका नेता श्याम पोखरेल, जिल्ला कोषाध्यक्ष ईम्तियाज आलम, क्षेत्रिय सभापती अरविन्द्र गुप्ता, नेपाल तरुण दलका जिल्ला सभापती विरेन्द्र पटेल, नेवि संघका राकेश यादव, दिलिपराज कार्की लगायतका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभािगता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.