logo

कांग्रेस नै मधेसको सच्चा पार्टी – नेता अनिल रुंगटा

      11/23/2017 गते 00 00 मा प्रकाशित     1323   पटक पढिएको

पर्सा क्षेत्र नम्बर एकका कांग्रेसका उम्मेदवार अनिल रुंगटाले मधेस र राष्ट्रको हितमा काम गर्ने एकमात्र पार्टी कांग्रेस भएको बताएका छन् । समाजमा सफल उद्योगी मात्र नभई असल व्यत्तित्वको छवि बनाएका रुंगटाको चुनावी अभियानमा जनलहर देखिएको छ ।

मेयरको चुनावमा असन्तुष्ट रहेका कांग्रेसी मात्र नभई विभिन्न पार्टी र तटस्थ मतदाता पनि रुंगटा जिताउ अभियानमा लागेका छन् । उनको पक्षमा देखिएको जनलहरले विपक्षीहरु अनेक हत्कन्डा अप्नाएर गलत अफवाह फैलाउन थालेका छन् ।  यसै वीच नेपाली काग्रेसले आफनो चुनावी प्रसार अभियानलाई तिव्रता बनाउदै बिहिबार पनि वीरगन्जको विभिन्न वडामा घरदैलो कार्यक्रम गरेको छ ।

पार्टीका नेता एव पर्सा क्षेत्र नम्बर १ का सांसाद उम्मेदवार अनिल रुंगटा र क्षेत्र नम्बर १ को (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेलवाको विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम गरेका हुन ।

उम्मेदवार रुगंटा र कुर्मीले बेलवा वडाको सोलखपुर, लक्ष्मीपुर र परासवा टोलमा बृहत रुपमा घरदैलो कार्यक्रम गरेको हो । घरदैलो गर्ने क्रममा उम्मेदवारहरुले नेपाली काग्रेसलाई नै बिजय गराउन आग्रह गरेका थिए । 

घरदैलो कार्यक्रम अन्तगरगत काग्रेसले वडा नम्बर ७ माईस्थान पनि आजै घरदैलो कार्यक्रम गरेको छ । सासद उम्मेदवार रुंगटा सहित क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफ लगायतको टोलीले माईस्थानमा घरदैलो कार्यक्रम गरेका हुन ।

नेपाली काग्रेसलाई विजय गराउन स्थानियलाई आग्रह गर्दे उम्मेदवार रुगंटाले नेपाली काग्रेस प्रति देखिएको जनलहरले फोरम नेपालको हार निश्चित भएपछि हतासमा आएर हाम्रो विरुद्ध विभिन्न खाले अफवाह फैलाउन शुरु गरेका छन त्यस्ताको पछि नपर्न सवैलाई सुझाव दिएका छन । 

ने.का. सवैलाई अटाउने पार्टी हो, भोली फोरमबाट बाहिरिने नेता आए उसलाई पनि समेटेर अगाडी बढछौ तर कसैको बारेमा गलत अफवाह फैलाउदैनौ उम्मेदवार रुंगटाले भने मधेश आन्दोलनको आडमा कुन कुन नेताले के के गरेका छन त्यो सब जनतासंग लुकेको छैन, मलाई भन्ने आवश्यकता छैन अबको चुनावमा जनताले सहि मुल्यांकन गरी त्यस्ता नेतालाई पाखा लगाउने छन ।

नेपाली काग्रेस जनतलाई आश्वासन दिने पार्टी होईन काम गरेर देखाउने पार्टी हो, पूर्व सांसद रहेको बेला आफनो संसदीय कोषबाट प्राप्त रकम विकासको योजनामा खर्च गरेको छु कसैलाई प्रमाण चाहिए आफू दिन तयार रहेको उम्मेदवार रुगंटाले बताए । 

अबको चुनावमा काग्रेसको जित लगतै मुलुकलाई सही दिशातर्फ लगि, विभिन्न योजना ल्याई विकासको बाटो तिर लगने उनले बताए । उम्मेदवार रुगंटाले देशको देखिएको वेरोजगारी समस्या अन्य गरी युवाहरुलाई सिपमुलुक कार्यक्रम, शिक्षाको स्तरउन्नति, स्वास्थ्य क्षेत्रमा सुधार, सडक विस्तार, बृद्ध तथा एकमहिला भत्तामा बृद्धि लगायतका योजनाहरु ल्याउने विश्वास दिलाउनु भयो । 

वडा नम्बर ३१ को वडा अध्यक्ष चुमन चौधरी र वडा नम्बर ७ का बुथ सभापती हिराकाजि श्रेष्ठको अगुवाईमा निकालिएको घरदैलो कार्यक्रममा पार्टीका जिल्ला सभापती अजय दुवेदी, पूर्व राज्य मन्त्री दुर्गा देवी, वीरगन्ज महानगरपालिकाका उपप्रमुख तथा महिला नेतृ शान्ति कार्की, पूर्व सांसद शम्भु हजरा, पार्टीका नेता श्याम पोखरेल, जिल्ला कोषाध्यक्ष ईम्तियाज आलम, क्षेत्रिय सभापती अरविन्द्र गुप्ता, नेपाल तरुण दलका जिल्ला सभापती विरेन्द्र पटेल, नेवि संघका राकेश यादव, दिलिपराज कार्की लगायतका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभािगता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.