logo

बिनासका बाहक रौनीयारको बिकासप्रेम नक्कली भएको खुल्दै

      11/23/2017 गते 00 00 मा प्रकाशित     1351   पटक पढिएको

बीरगंज ७ मंसिर । राज्यले पटक पटक दण्डित गरेको निर्माण कम्पनी पप्पु कन्ट्रक्शनका प्रवन्ध निर्देशक हरिनारयण रौनीयार बिकास र मधेशको अधिकार आफनो एजेण्डा भन्दै जनता झूक्याउन तल्लिन छन् ।

पर्साको निर्वाचन क्षेत्र नं ३ का जनतालाई बिकासको आश्वासन बाड्ने रौनीयार नेपालकै बिकासको अवरोधक भएको जनताले चाल पाइसकेका छन् । “क”श्रेणीको ठेकेदारका हैसियतले नेपालको बिभिन्न ठाउँको भौतिक पूर्वाधार निर्माणकालागि उनले ठेक्का लिएका छन् । तर काम नगरि जनताले तिरेको करबाट संकलन भएको रकम मोविलाइजेशनको रुपमा लिएर देश र जनतालाई नै सास्ती दिएका छन । रौनीयारका नक्कली कुराले जनतामा प्रभाव पर्दैन उनकै चुनाव क्षेत्र महुवनका एक युवा नरेशले भने “पर्सा जिल्लामै उनले गरेका कामहरु आज सम्झना लायक केही पनि छैन उनी राज्यको ढुकुटी दुरुपयोग गर्ने पात्र हुन् जनताले उनलाई चिनेका छन धर्मवस्तीका रोशन भन्छन । बिकासको राग अलाप्ने रौनीयारलाई उनले “बिकास बिरोधी” भन्छन ।

 

ठेक्का लिएर देशको अर्वौ रुपैया “होल्ड” गर्ने मान्छेले बिकास गर्छु भन्ने कुरा पत्याउन नसकिने ति युवाको तर्क छ । मधेश आन्दोलनको हिमायती भएको देखाउन पछि नपर्ने रौनीयारले त्यो आन्दोलनलाई समेत आफनो हितका उपयोग गरेका छन । मधेशीहरुमाथि बिभेद भएको भन्दै चर्को भाषण गर्ने रौनीयारले मधेश आन्दोलन देखाएर आफनो कम्पनीलाई कारवाही हुनवाट जोगाएका छन । मधेसमा आन्दोलन चलिरहँदा रौनियार आन्दोलन बिरोधीहरुसंग पनि कुममा कुम मिलाउदै थिए । रौनीयारले बाँके जिल्लामा जमुनाह राँझ सडक निर्माणको काममा ४ महिना म्याद गुजारेर बसेका थिए ।

 

तर मधेश आन्दोलनका कारण काम गर्न पाइन अवरोध सृजना भयो भन्दै उनले म्याद थप गराएका थिए । २०७२ असारमा उनको म्याद सकिएको थियो । उनको म्याद सकिदा नेपालगंजमा न त आन्दोलन थियो न त नाकाबन्दी नै तर धुत्र्याई कलामा बिशेषज्ञता हासिल गरेका रौनीयारले हुदै नभएको आन्दोलनको बदनाम गरेर आफनो दुनो सोझ्याए । आज तिनै रौनीयार मधेश आन्दोलनको खुबै पक्षपोषण मात्र गर्दैन गोही आशु पनि झार्दैछन ।

 

बिकासको सपना बाड्ने र सबै पूर्वाधार भएपनि आफनो मात्रै बिकास गर्ने रौनीयारलाई शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीले ०७२÷०७३ मा सम्झैता अनुसारको काम नगरेको भन्दै सम्झौता रकमको १० प्रतिशत ८४ लाख रुपैया जरिवाना तिराएको थियो । रौनीयारले यस्तो जरिवाना पटक पटक तिरेका छन । सप्तरीमा स्वास्थ्य चौकी निर्माणको ठेक्का लिएका थिए । बेलैमा भवनहरु नवनाएर उनले जरिवानामात्र तिरेनन् जनताको स्वास्थ्य अधिकारसंग पनि खेलवाड गरेका थिए । तिनै रौनीयार अहिले पर्साको क्षेत्र नं ३ का गाउँका सोझा साझा जनतालाई निर्माणमा लगाएको ३५ वर्षको अनुभव लगाएर बिकास गर्छु भन्दै फकाउन ब्यस्त छन । तर जनता फक्किने अवस्था भने नरहेको बिश्लेषकहरुले बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वित्त आयोगको मूल्यांकनमा काठमाडौं पुछारमा, विराटनगर अग्रस्थानमा

काठमाडौं । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा देशका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ।

ठोरी गाउँपालिकामा पतञ्जली योग तदर्थ समिति गठन, निःशुल्क योग शिविर सञ्चालन

वीरगञ्ज  । ठोरी गाउँपालिकामा योग, स्वास्थ्य र अनुशासित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले पतञ्जली योगको गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.