logo

सघाउने पालो अव भाइको

      11/17/2017 गते 00 00 मा प्रकाशित     1098   पटक पढिएको


बीरगंज १ मंसिर । स्थानीय तहको चुनावमा भाईलाई गुन लगाएका, दाईलाई यसपाली भाइले गुन लाउने भएका छन । यो प्रसंग हो पर्साको पोखरियामा रहेको रौनीयार परिवारको ।

 

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पूर्व सभासद रहेका रामेश्वर रौनीयार मेयरको उम्मेदवार थिए । उनका दाजु नेपालमै बदनाम निर्माण कम्पनी पप्पु कन्ट्रकश्नका कार्यकारी निर्देशक संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हरिनारायण रौनीयारलाई पार्टी भन्दा भाई प्यारो लाग्यो ।

जसले गर्दा मेयरमा संघीय समाजवादी फोरमका प्रत्यासी प्रदुम्न चौहानले हार खानु प¥यो ।    उनको हारको पछाडीको ठुलो कारण थियो संघीय समाजवादी फोरम नेपालको तर्फबाट मेयरमा बिद्रोहीको उम्मेदवारी । फोरमकै शंकर यादवले “बागी”उम्मेदवारी दिएको कारण चौहानले हार्नु परेको हो ।

 

यादवको उम्मेदवारीको पछाडी रौनीयारको हात रहेको निष्कर्ष मेयरका प्रत्यासी चौहान पक्षले निलेको छ । यहि निष्कर्षका कारण चौहान आफनो पुरानै पार्टी एमालेमा फर्किएका छन । उनले पर्साको क्षेत्र नं ३को निर्वाचन कमाण्ड नै आफैले सम्हालेका छन । उनी फर्किने बित्तिकै पार्टीले सो क्षेत्रको निर्वाचन कमाण्ड सुम्पेकोमा दंग छन ।

 

चौहान र यादवको प्रतिस्पर्धाको वीचबाट आफना भाई रामेश्वर रौनीयारको जीत निकाल्ने “कुटनीतिक गेम”मा लागेका रौनीयार फेल त भए तर त्यो बेला लगाएको गुणको अहिले फिर्ता पाउदैछन ।
    रामेश्वर रौनीयारले प्रतिनिधि सभाको निर्वाचनमा आफना दाजु हरिनारायण रौनीयारलाई जिताउन पार्टीसंग अन्तरघातको तयारी गरेका छन । उनीसंग केही कांग्रेसी नेताहरु यो अभियानमा लागेका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.