logo

बलात्कार आरोपीलाई नपक्रेको भन्दै पर्सा प्रहरी बिरुद्ध प्रर्दशन

      11/14/2017 गते 00 00 मा प्रकाशित     1935   पटक पढिएको


वीरगंज २८ कार्तिक  । 
बलात्कार आरोपीहरुलाई पक्राउ गर्न नसकेकोमा पर्सा प्रहरीको आलोचना हुन थालेको छ । बलात्कारका आरोपी राजनीतिक परिवारका सदस्य भएकोले प्रहरीले पक्राउ गर्न उत्सुकता नदेखाएको भन्दै आलोचना हुन थालेको हो । गत कार्तिक १२ गते पर्साको संखुवा प्रसौनी गाँउपालिका वडा ४ देउरवानाका एक किशोरीको सामुहिक बलात्कार भएको थियो । बलात्कारको घटनाको बिषयमा प्रहरीलाई जानकारी दिदा समेत प्रहरीले कुनै सक्रियता नदेखाएको स्थानीयले बताए ।
 प्रहरी सक्रिय नभएकै कारण उनीहरु लुक्न सफल भएको स्थानीयको भनाई छ । बलात्कार जस्तो जघन्य अपराधका आरोपीहरुले उन्मुक्ति पाएको भन्दै बीरगंज मंगलवार प्रहरी बिरुद्ध प्रर्दशन गरिएको छ ।
     घटनाको १६ दिन बितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै बिरोध गरिएको हो । कार्यक्रममा बाम गठबन्धनका युवा नेता रहवर अन्सारीले कानून लागू गर्ने संस्थाको कमजोरीका कारण अपराधीहरुले उन्मुक्ति पाउनु ठिक नभएको बताए । उनले न्यायमा पीडित पक्षको पहुच स्थापित गर्न आफूले सहयोग गरिरहने प्रतिवद्धता जनाए । 
अर्का युवा नेता महमुद अन्सारीले प्रहरीको अर्कमन्यताको आलोचना गर्दै समाजमा अपराध गर्नेले शान देखाउने अवस्था आउने चेतावनीदिए । उनले न्याय मरेको छैन भन्ने कुरा स्थापित गर्न प्रहरीले तत्काल आरेपीहरुलाई गिरफतार गर्नु पर्ने बताए । अन्य वक्ताहरुले देशमा बलात्कारको घटना दिनदिनै बढदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए । उनीहरुले आरोपीले राजनीतिक संरक्षण पाएको आक्रोश ब्यक्त गरेका थिए ।
  राजनीति संरक्षणको कारण बलात्कारीको मनोबल बढदै गएकोमा चिन्ता समेत व्यक्त गरेका थिए । समाजिक अभियन्ता प्रकाश थारुको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदी, बाम गठबन्धनका युवा नेताहरु फिरोज मन्सुर, अकलेश साह, रामकिसोर सिंह पराग, युवा नेता ओमप्रकास सर्राफ, नितेश वर्णवाल, मनिषा पटेल, आस्था उपाध्याय,बिशेषता उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.