logo

बारामा चुनाबी माहौल तात्यो, आफैंले जित्ने ठूला दलका उमेदवारको दावी

      11/13/2017 गते 00 00 मा प्रकाशित     1176   पटक पढिएको


बारा (मनहर्वा) २७, कार्तिक । आउँदो मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलहरुले चुनावी माहौल तताउँन थालेका छन् । दलका उम्मेदवारहरुले कार्यकर्ता भेटघाट, प्रशिक्षण, कोणसभा, प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै चुनावी वातवरण तताउँदै लगेका हुन् ।

परिणाम आफ्नो पक्षमा पार्न जिल्लामा संचालन भैरहेका राष्टिूय गौरवका आयोजनालाई गति दिनेदेखि स्थानीय विविध समस्यालाई चुनावी एजेण्डा उनीहरुले बनाएका छन् । जिल्लाका सडक सञ्जाल सुधार्ने, बाढी कटानको समस्या समाधान गर्ने, मधेश अधिकारको ग्यारेन्टी गर्ने लगायतका बिषयलाई उमेदवारले मतदाता प्रभावित पार्ने मुद्दा बनाई रहेका छन् । कृषि क्षेत्रको विकासलाई समेत दलका उमेदवारले चुनावी एजेण्डा बनाएर मतदाताका घरदैलोमा पुग्न थालेका छन् ।

आफुले जिते कृषि क्षेत्रलाई अनुदान, सिंचाई यान्त्रीकरण लगायतमा सहयोग गरी सम्मानित र मर्यादित पेशा बनाउन पहल गर्ने चुनावी एजेण्डा बनाएका छन् । जिल्लाका ४ क्षेत्रमा बाम गठबन्धन, नेपाली काँग्रेस र मधेशकेन्द्रित दलहरुकाबीच मुख्य प्रतिसपर्धा हुने देखिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा विभिन्न साना दल तथा स्वतन्त्र गरी एक दर्जन बढी उमेदवारहरुसँग ठूला दलका उमेदवारले सामना गर्नुपर्ने भएको छ ।

तीन ठूला दलहरुले आफ्नै उमेदवारले बाजी मार्ने बताईरहेका बेला संभावना कस्को रहला ? त्यो भने जिल्लाका ११ तेस्रो लिङ्गी सहित तीन हजार ४९ नौसय ४६ मतदाताले फैसला गर्नेछ । दलका जिम्मेवार नेता तथा उमेदवारहरु सँगको कुराकानी अनुसार बाराको क्षेत्र नम्बर(१, ३ र ४ मा उम्मेदवार बनेकाहरु एमाले पार्टीका जिल्ला तहका पुराना नेता हुन् । उनीहरु उम्मेदवार भने नयाँ हुन् । गाविस अध्यक्षको जिम्मेवारी सम्हालेका एमाले जिल्ला उपाध्यक्ष देवनारायण चौधरीसँगै जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा चुनावी मैदानमा छन् ।

त्यस्तै एमाले पूर्व बैकल्पिक केन्द्रिय सदस्य अच्यूत मैनाली, कार्यवाहक जिल्ला अध्यक्ष त्रिलोकी चौधरी चुनावी प्रतिस्पर्धामा छन् । एमालेका मैनाली क्षेत्र नम्बर(१ मा नेपाली काँग्रेसका पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी तथा राजपाका रामकिशोर प्रसाद यादवसँग प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर(१ का लागि मैनाली हेवीवेट मानिन्छन् । तर क्षेत्र नम्बर(३ का ९६,१४६ मतदाताले कसलाई रोज्ने हुन् त्यसका लागि भने मतदाताको परिणाम नै पर्खनु पर्नेछ ।



क्षेत्र नम्बर(२ मा पूर्व साँसद एवं माओवादी नेता शिवचन्द्र प्रसाद कुशवाहालाई बाम गठबन्धनले चुनावी मैदानमा पठाएको छ । उनले पूर्व सांसद एवं काँग्रेसका पूर्व जिल्ला सभापति राधेचन्द्र यादव तथा संघीय समाजवादी फोरमका रामसहाय प्रसाद यादवसँग प्रस्पिर्धा गर्नु पर्नेछ । जिल्ल्लाको अन्य क्षेत्रको तुलनामा झण्डै एकहजार मतदाता कम रहेको यस क्षेत्रका ८३ हजार पाँचसय २४ मतदातादले आफुलाई नै चुन्ने ठूला तीन दलका तीनैजना उमेदवारहरुले दाबी गरिरहेका छन् ।

क्षेत्र नम्बर(३ को चुनावी प्रतिस्पर्धा भने अन्यत्रको भन्दा रोचक एवं त्रिपक्षीय देखिएको छ । यस क्षेत्रमा बहालवाला श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुर, बामगठबन्धनका उमेदवार एमाले नेता अध्यानन्द पाण्डेय तथा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष रामबाबु कुमार यादवबीच हुने त्रिपक्षीय भिडन्तको परिणाम यस्तै होला भन्ने अनुमान गर्न गाह्रो छ । जिल्लाको ३ नम्बर क्षेत्रबाट यस अघि चुनाब जितेका मंसुर अनुभवी नेता हुन् । मंसुरले यसअघि दुई पटक चुनाब जितेका छन् । यसपटक प्रतिनिधिसभाको चुनाव मंसुरका लागि प्रतिष्ठाको विषय बनेको छ ।

त्यस्तै फोरमका अध्यक्ष यादव पनि यसअघिको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर(५ का ब्यक्ति हुन् । उनी यसपटक मधेसी जनताले आफुलाई विजयी बनाउनेमा ढुक्क देखिन्छन् । मंसुर र यादवका अगाडी एमाले नेता पाण्डेय नेता पुराना तर चुनावी प्रतिस्पर्धाका लागि उमेदवार भने नयाँ हुन् । उनी बामगठबन्धनका कारण आफुलाई हराउन कसैले नसक्नेमा विश्वस्त देखिन्छन् ।

यहाँका ८४ हजार ६ हजार ६९ जना मतदाताले कसलाई मन पराउने हुन् त्यसका लागि मंसिर २१ नै कुर्नुपर्ला । यता बारा क्षेत्र नं.४ मा राजपाका एकबाल मिँया र काँग्रेसका लालबाबु सिंह भुमिहार र बामगठबन्धनकालागि एमाले उपाध्यक्ष देवनारायण थारु चुनाबी प्रतिस्पर्धामा छन् । राजपाका मियाँ काँग्रेसका सिंह र एमालेका थारु पार्टी तथा समाजमा ईमान्दार छविका नेता हुन् ।

उनीहरु अध्यक्ष सिंह र थारुकाबीचमा नै प्रतिस्पर्धा हुनसक्ने अनुभव त्यस क्षेत्रका धेरैले सुनाएका छन् । आ(आफैंले जित्ने दावी गरेका तीन ठूला दलका नेताहरुले अन्य विभिन्न दल र स्वतन्त्र गरी ११ जना उमेदवारसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । ८५ हजार ६ सयसात रहेको त्यस क्षेत्रमा थारु हेवी वेट उमेदवार मानिन्छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.