logo

रुंगटाको पक्षमा यसरी उर्लियो जनलहर

      11/12/2017 गते 00 00 मा प्रकाशित     1351   पटक पढिएको


वीरगन्ज - गुट उपगुट र अन्तरघातले क्षतविक्षत बनेको पर्सा कांग्रेसमा अहिले नया उत्साह थपिएको छ । आसन्न मंसिर २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल रुंगटाको चुनावी अभियानमा देखिएको जनलहरले कांग्रेसजनमा तरंग फैलिएको छ ।

डेढ महिना अगाडि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा कांग्रेस पराजित भएपछि अहिले संसदीय चुनावमा जसरी भएपनि कांग्रेसलाई जीताउने अभियानमा कार्यकर्ता लागेका छन् ।

समाजमा राम्रो छवि बनाएका रुंगटाको उम्मेदवारीले दुई खेमामा विभाजित पर्सा कांग्रेस अहिले एकजुट भएका छन् । स्थानीय चुनावमा टिकट नपाएकाले रुष्ट भएका नेतापनि पुनः पार्टीमै फर्किएका छन् । कांग्रेसको पुरानो गढ रहेको पर्सामा कार्यकर्ता एकजुट भए जोसुकैलाई पराजित गर्न सक्ने राजनीतिक जानकार बताउछन् । वीरगन्जको मेयरमा संघीय समाजवादी फोरम विजयी भएपनि उपमेयरमा कांग्रेस फराकिलो मतले जीतेको थियो ।

महानगरपालिकाको कुल ३२ वडा मध्ये हाल पर्सा क्षेत्र नम्बर एकमा परेको १९ वटा वडामा उपमेयर कार्कीले मेयर विजय सरावगीको मत भन्दा झन्डै ७ सय मत बढी प्राप्त गरेको थिइन् । यसैवीच संसदीय चुनावका लागि रुंगटाले गत सातादेखि सुरु भएको घर दैलो अभियानमा हजारौले पार्टी प्रवेश गरिरहेका छन् ।

दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनेका रुंगटाले संसदीय विकास कोषको पैसाले नारायणी उपक्षेत्रीय अस्पतालको अपरेशन थियटरमा अतिआवश्यक सर्जिकल आइटम, अपागंलाई विह्लचेयर, गाउघरमा चापाकल लगायतका कार्य गरेका थिए ।

सांसदीय रकम वाहेक पनि जनताको आवश्यकता परेको बेला रुंगटाले सक्दो सहयोग गर्दै आएकाले उनको उम्मेदवारी परेपछि यस क्षेत्रको जनतामा खुशीयाली छाएको छ । कांग्रेस मात्र नभई एमाले, फोरम, राजपा लगायतका नेता र कार्यकर्तासंगपनि रुंगटाको राम्रो सम्बन्ध छ । रुंगटा जगदम्बा इन्टरप्राइजेजका सञ्चालक हुन् ।  

 





 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.