logo

तपाईको अमूल्य भोट गलतलाई नपरोस-बामगठबन्धनका उम्मेदवारहरु

      11/11/2017 गते 00 00 मा प्रकाशित     1523   पटक पढिएको

बीरगंज २५ कार्तिक । पर्साको चुनाव क्षेत्र नं १ को प्रदेश सभा “क”का बामगठबन्धन उम्मेदवार रहवर अन्सारीले रोग पत्ता लागेपनि डा.नराम्रो भए उपचार ठिन नहुने बताए । शनिवार साँझ बीरगंजको मुर्लीमा आयोजीत चुनावी सभालाई उनी सम्बेधन गर्दै थिए । उनले चुनावमा बिकृति बढेको प्रति चिन्ता ब्यक्त गरे । भोज चलेको छ  पैसा खर्च भएका छन चुनाव भडकिलो बनाइदै छ । यसका कारण तपाईको मत प्रभावीत भयो भने भोली अनर्थ हुने भन्दै उनले नागरिकलाई गोप्य मतदान हुने भएकोले सहीरुपमा सदुपयोग गर्न अपिल गरे । 

उनले चुनावको मैदानमा आएका उम्मेदवारहरुको चरित्र ,प्रवृति र बिचाराधारा हेरेर मत हाल्न समेत आग्रह गरे । मुर्लीका युवाहरु रहवरलाई सुन्न उल्लेख्य रुपमा सहभागि भएका थिए । जव रहवरको नाम संचालकले उच्चारण गर्थे युवाहरु उनको सम्मानमा ताली पिट्थे । युवारुमा रहेको उनको यो क्रेजले उनलाई चर्चित उम्मेदवारको रुपमा स्थापित त गरेको छ नै शालीन रुपमा कुनै पनि दललाई आलोचना नगरिकका वीचमा आफना एजेण्डाहरु मन्त्रमुग्ध पार्ने शैलीमा उनले रख्ने गरेका छन जसको  हुने गरेको छ । उनले जनतालाई अपिल गरे म गलत छु भने भोट नदिनुहोस तर मेरो आग्रह छ उनले भने “तपाईको अमूल्य भोट गलतलाई नपरोस” । 

चुनाव क्षेत्र नं १ को प्रदेश सभा “ख” बामगठबन्धन अन्र्तगत नेकपा एमालेका उम्मेदवार शम्भू गुप्ताले भोटलाई बन्दुक सग तुलना गरे । बन्दुक, सेना प्रहरीले पायो भने जनताको रक्षा गर्छ तर गलत मान्छेले पायो भने जनताको बाँच्न पाउने अधिकारमै धावा बोल्ने उनको तर्क थियो । गुण्डा, मवालीको हातमा बन्दुक भयो भने आम मान्छेको अमन चयन अप्ठयारोमा पर्ने उदाहरण दिदै उनले मत रुपी बन्दुकको प्रयोग सही ठाउमा गर्न अपिल गरे । उनले जनताको भोट बन्दुकको गोली जस्तै एक पटक निस्के पछि फिर्ता नहुने भन्दै भोट दिदा समाजमा देखिएको बिकृति समेत अन्त्य हुने गरि दिन आग्रह गरे ।


उनले बिकासकालागि राष्ट्रीय राजनीतिक शक्तिको आवश्यकतामा जोड दिए । राजनीतिक शक्ति र सत्ता बिकासकालागि आवश्यक भएको तथ्यलाई अरुले भन्न नसकेको उनको टिप्पणी थियो । उनले बिकास र समृद्धिको सपना पुरा गर्ने शक्ति बामपन्थ बाहेक अरु नभएको ठोकुवा गरे । 

कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार बिचारी यादवले आफनो बारेमा जनतालाई जानकारी रहेको बताए । म कुन धरातलबाट आएको हु सबैलाई थाहा छ । यादवल आफू ३ वर्ष ९ महिना सासद रहदा बीरगंज महानगरको वडा नं १२ र १३ मा गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । उनले सुरजी देवी माविमा २५ लाख रुपैयामा भवन निर्माण गरेको कब्रगाहमा ४० लाखको लागतमा पर्खाल लगाएको ,कृष्णमन्दीरमा १० लाख रुपैया लगाएको जानकारी दिए । 

कार्यक्रममा रहवर अन्सारीले बिचारी यादवको आचरण भ्रष्ट भएको प्रमाणीत भए राजनीति छाडने चुनौती दिदा के युवा के बृद्ध सबैले उनलाई तालीले साथ दिएका थिए । शम्भु गुप्ताले अन्सारीलार्ए गोलाकार भित्रको हसिया हथौडामा भोट हाले जिताउन अपिल गरे । यादवले गुप्ता र अन्सारी गतिशिल, जनताको आवश्यकता बुझेका युवा उम्मेदवार भएकोले उनीहरुलाई जिताउन आग्रह गरे ।

आफूलाई भोट नमागेका नेताहरुको एक अर्का प्रतिको सम्मान भाव उनीहरुको आवश्यकताको बारेमा ब्याख्या गरेको देख्दा जनता उत्साहित भएका थिए । गोपाल महतोको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता हरिमण्डल लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.