logo

पर्साको वन तथा खोलामा भारतीय तस्करको रजाइँ, निर्वाचनको बहानामा वन कर्मचारी र सुरक्षाकर्मी मौन

      11/9/2017 गते 00 00 मा प्रकाशित     1459   पटक पढिएको


वीरगज, २३ कात्तिक । नेपालको वन तथा खोलामा अहिले भारतीय  तस्कहरूको रजाइँ चलेको छ । निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउने बहाना बनाउँदै सुरक्ष्Fाकर्मीहरूले तस्करसँग माटो रकम असुल गरिहेको स्रोतले जनाएको छ । पर्सा वनका रूखहरू भारतीय काठ तस्करहरू अहिले छानीछानी काटिरहेका छन् ।  पर्सा जङ्गलबाट कटान भएका साल र सतसालका काठहरूको सीमावर्ती बजार इनर्वामा अहिले चाङ लागेको छ । पर्सावासी पनि नेपालबाट तस्करी भई भारत पुगेका काठ किन्ने गरेको पाइएको छ । 

इनर्वा बजारमा थुपारिएका काठ देखेर जोकोही आश्र्यचकित हुन्छ । ठोरी निवासी राम श्रेष्ठले इनर्वा भएर वीरगंज आउँदा  नेपालका काठ भारतको इनर्वा बजारका चिरान मिलमा थुपारेको देखेर दुःख लागेको बताए । सीमा क्षेत्रमा बसेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको प्रत्यक्ष मिलोमतोमा पर्साको जङ्गलबाट चोरी भएको काठ भारतीय बजारमा पुग्ने गरेको उनले गुनासो गरे ।

अहिले दिनभरि भारतीय तस्करहरू पर्साका जङ्गलमा घुम्ने र रोजेर सालको काँचो रूख ढाल्न लगाउने गरेको उनले बताए । जङ्गलबाट काटेको काठ ३ दिनमा भारतको इनर्वा बाजार पुग्ने गरेको उनले बताए । पर्सावासी आपूmलाई चाहिएको काठको सामान खरिद गर्न  भारतीय बाजारमा आश्रित छन् । 

वन कर्मचारीहरूलाई काठ चोरी भइरहेको जानकारी छ, भित्रबाट तस्करहरूसँग मिलोमतो गरी जनशक्तिको अभाव देखाएर पन्छिने गरेको पाइएको छ । जङ्गलको ठूल्ठूला सालको रूखको वन कर्मचारीहरूले पत्तो दिन्छन् ।  काठ चोरी गराएबापत प्राप्त रकम सुरक्षा निकायदेखि वन कर्मचारीहरूले बाँडफाँड गर्ने गरेको स्रोतले जनाएको छ । 

जिराभवानीको महादेवपट्टी तथा जगरनाथपुर गाउँपालिकाको पाँडेपुर अहिले काठ तस्करी हुने मुख्य नाका बनेको छ । त्यसैगरी ओरिया खोलाबाट पनि गिट्टी, बालुवा झिक्ने काम तीव्र गतिमा भइरहेको छ । चुनावकै निहुमा सुरक्षा निकायले उदासीनता देखाउँदा महादेवपट्टी नजिक ओरिया खोलाबाट बालुवा झिक्ने काम भइरहेको छ ।

दैनिक ५ सयभन्दा बढी भारतीय ट्याकर बालुवा ओसारपसारमा लागेको गाउँलेहरूले जनाएका छन् । लामो समयदेखि बालुवा झिक्ने कार्य बन्द थियो तर चुनावको बेला परेकोले चोरी तस्करी पुनः शुरु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.