logo

पर्साको वन तथा खोलामा भारतीय तस्करको रजाइँ, निर्वाचनको बहानामा वन कर्मचारी र सुरक्षाकर्मी मौन

      11/9/2017 गते 00 00 मा प्रकाशित     1324   पटक पढिएको


वीरगज, २३ कात्तिक । नेपालको वन तथा खोलामा अहिले भारतीय  तस्कहरूको रजाइँ चलेको छ । निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउने बहाना बनाउँदै सुरक्ष्Fाकर्मीहरूले तस्करसँग माटो रकम असुल गरिहेको स्रोतले जनाएको छ । पर्सा वनका रूखहरू भारतीय काठ तस्करहरू अहिले छानीछानी काटिरहेका छन् ।  पर्सा जङ्गलबाट कटान भएका साल र सतसालका काठहरूको सीमावर्ती बजार इनर्वामा अहिले चाङ लागेको छ । पर्सावासी पनि नेपालबाट तस्करी भई भारत पुगेका काठ किन्ने गरेको पाइएको छ । 

इनर्वा बजारमा थुपारिएका काठ देखेर जोकोही आश्र्यचकित हुन्छ । ठोरी निवासी राम श्रेष्ठले इनर्वा भएर वीरगंज आउँदा  नेपालका काठ भारतको इनर्वा बजारका चिरान मिलमा थुपारेको देखेर दुःख लागेको बताए । सीमा क्षेत्रमा बसेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको प्रत्यक्ष मिलोमतोमा पर्साको जङ्गलबाट चोरी भएको काठ भारतीय बजारमा पुग्ने गरेको उनले गुनासो गरे ।

अहिले दिनभरि भारतीय तस्करहरू पर्साका जङ्गलमा घुम्ने र रोजेर सालको काँचो रूख ढाल्न लगाउने गरेको उनले बताए । जङ्गलबाट काटेको काठ ३ दिनमा भारतको इनर्वा बाजार पुग्ने गरेको उनले बताए । पर्सावासी आपूmलाई चाहिएको काठको सामान खरिद गर्न  भारतीय बाजारमा आश्रित छन् । 

वन कर्मचारीहरूलाई काठ चोरी भइरहेको जानकारी छ, भित्रबाट तस्करहरूसँग मिलोमतो गरी जनशक्तिको अभाव देखाएर पन्छिने गरेको पाइएको छ । जङ्गलको ठूल्ठूला सालको रूखको वन कर्मचारीहरूले पत्तो दिन्छन् ।  काठ चोरी गराएबापत प्राप्त रकम सुरक्षा निकायदेखि वन कर्मचारीहरूले बाँडफाँड गर्ने गरेको स्रोतले जनाएको छ । 

जिराभवानीको महादेवपट्टी तथा जगरनाथपुर गाउँपालिकाको पाँडेपुर अहिले काठ तस्करी हुने मुख्य नाका बनेको छ । त्यसैगरी ओरिया खोलाबाट पनि गिट्टी, बालुवा झिक्ने काम तीव्र गतिमा भइरहेको छ । चुनावकै निहुमा सुरक्षा निकायले उदासीनता देखाउँदा महादेवपट्टी नजिक ओरिया खोलाबाट बालुवा झिक्ने काम भइरहेको छ ।

दैनिक ५ सयभन्दा बढी भारतीय ट्याकर बालुवा ओसारपसारमा लागेको गाउँलेहरूले जनाएका छन् । लामो समयदेखि बालुवा झिक्ने कार्य बन्द थियो तर चुनावको बेला परेकोले चोरी तस्करी पुनः शुरु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.