logo

ढुवानी महासंघको अध्यक्षमा विश्वनाथ खनाल विजयी

      11/5/2017 गते 00 00 मा प्रकाशित     1233   पटक पढिएको

वीरगन्ज– ढुवानी व्यवसायी महासंघको अध्यक्षमा विश्वनाथ खनाल विजयी भएका छन् । आइतबार काठमाडौँमा सम्पन्न ९ औँ साधारण सभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट खनाल निर्वाचत भएका हुन् ।

निकटतम प्रतिद्धन्द्धी सुशिल जोशीलाई २ भोटले पराजित गर्दै खनाल महासंघको अध्यक्षमा निर्वाचत भएको वीरगन्ज ट्रान्सपोर्ट एशोसिएशनका अध्यक्ष बालकृष्ण पोखरेलले जानकारी दिए । कूल खसेको ५२ मत मध्ये खनालले २७ मत पाएका थिए भने जोशीले २५ मत पाए ।
 
ढुवानी महासंघको अध्यक्षमा निर्वाचित भएका विश्वनाथ खनाल वीरगन्ज ट्रान्सपोर्ट एशोसिएशनका पूर्व अध्यक्ष हुन् । मुलुकभरि १४ वटा शाखाबाट प्रतिनिधीले महासंघको चौथो राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाएका थिए । रक्षा मन्त्री भीमसेन दास प्रधानले महाधिवेशन उद्घाटन गरेका थिए । अन्य पदमा सहमतिमै पदाधिकारीहरु निर्विरोध चयन भएपनि अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन भएको थियो ।

वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद नेपाल विजयी भएका छन् । क्षेत्रिय उपाध्यक्षमा विनोद कुमार सिंह, चेतराज जोशी, रामकृष्ण लोहनी र देवेन्द्रध्वज कार्की निर्विरोध चयन भए । यसैगरि महासचिवमा ज्ञानेन्द्र कुमार श्रेष्ठ, सचिवमा पुण्यप्रसाद दाहाल, कोषाध्यक्षमा दिपेश श्रेष्ठ र सदस्यहरुमा पुष्पराज श्रेष्ठ, ध्रुवप्रसाद अधिकारी, राजन ढुंगेल, केशव गिरी र नहकुल राम ढकाल निर्विरोध चयन भएका छन् ।  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.