logo

बागी र आन्तरिक किचलोले चकनाचुर पार्ने भयो सपनाहरु 

      11/2/2017 गते 00 00 मा प्रकाशित     1127   पटक पढिएको


कार्तिक १६ बीरगंज । राजपाका महासचिव शिव पटेल केही सहयोगी सहित पौने पाँच बजे निर्वाचन कार्यालयमा प्रवेश गरे  । उनीसंगै थिए राजपाका बीरगंज महानगर अध्यक्ष ओमप्रकाश सर्राफ । मनोनयन दर्ताको अन्तिम समयमा उनीहरुले प्रदेश सभामा उम्मेदवारी दर्ता गरे ।

राजपाको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं १ को २प्रदेश सभामा उठने तयारीमा थिए सर्राफ तर सहमतीको नाममा उनी प्रदेश सभा फोरमको भागमा प¥यो । उनी रित्तै । पार्टीका उपाध्यक्ष सुरेन्द्र कुर्मीले २ नम्बर क्षेत्रको प्रदेश सभा २ बाट उम्मेदवार हुने तय थियो तर अन्तिम समयमा टिकट रमेश पटेलको हात प¥यो । महन्थ ठाकुरका कारण टिकट खोसिएको ठान्दै  पूर्व सदभावनाका नेता कार्यकर्ताहरु आक्रोशित भए ।

त्यही करण महासचिव रहेका शिव पटेलले २ नम्बर क्षेत्रको २ प्रदेश सभामा बागी उम्मेदवारी दर्ता गराए । मधेश आन्दोलनमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका युवा नेताको बिद्रोहले मधेशी गठबन्धनलाई अप्ठयारोमा पार्ने अवस्था छ । राजापाका पूर्वमा रहेका सबै शिर्ष नेताहरुले आफनो सीट सुरुक्षीत गर्न पर्साको सीट फोरमलाई बुझाएको उनीहरुको बुझाई छ ।  पूर्वका नेताहरुको हेपाह प्रवृतिको बिरुद्धको बिद्रोह पनि हो बागीहरुको कदम ।

मधेश मुक्ति सामाजिक बिकास र रुपान्तरणको पक्षमा अविचलित रुपमा क्रियाशिल हुनकालागि स्वतन्त्र रुपमा उम्मेदवारी दिने अवस्था आएको सर्राफको भनाई छ । उनले यो उम्मेदवारी पार्टीका इमान्दार कार्यकर्ताहरुलाई राजनीतिक शहीद बनाउने पार्टीको नेतृत्वको गैरराजनीतिक निर्णयको बिरुद्धमा रहेको बताए । राजपाबाट बिद्रोह गरेर वागी उम्मेदवारी दिएकाहरुले पार्टीबाट राजीनामा दिएका छैनन । उनीहरुले आफूहरु मधेशवाद प्रति समर्पित रहने बताएका छन ।

राजपाका अर्का महासचिव कदम रसुलले पार्टी परित्याग गरेर नेपाल संघीय समाजवादी पार्टीबाट निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभाको सदस्यमा उम्मेदवारी दिएका छन । राजपाका जिल्ला अध्यक्ष मण्डलका एक जना इमदाद गदी समेत पर्साको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार भएका छन । उनको उम्मेदवारीले राजपाका सह अध्इक्ष लक्ष्मणलाल कार्णलाई समस्यामा पार्ने छ ।

लक्ष्मणलाल कर्ण आफै पनि जनतामा आधारित  राजनीति गर्ने नेता नभएकोले बागीले उनलाई अप्ठयारो पार्ने राजपाका एक नेताले बताए । त्यस्तै राजपाको महिला संगठनको जिल्ला अध्यक्ष अनिता रौनीयारले पनि पार्टी परित्याग गरि नेकपा मालेको तर्फबाट प्रदेश सभामा उम्मेदवारी दिएकी छिन । उनले पनि १ नम्बर क्षेत्रको प्रदेश सभा २ बाट उम्मेदवारी दिएकी हुन ।

मधेशीलाई बिभेद भयो भन्दै आन्दोलनमा उत्रन उकसाएर आफूहरु कुर्सी सुरक्षीत पार्न मधेशी दलका नेता ब्यस्त भकोएले आफूले पार्टी परित्याग गरेको बताइन । उनले मधेशी नेताहरुले मिलेर बसेको समाजमा तिक्तता ल्याएर बिभाजन ल्याएको उनले बताइन ।

बागीहरुलाई पार्टीका नेताहरु नेजामुदिन समानी,सुरेन्द्र कुर्मी लगायतको सर्मथन रहेको छ । पार्टीका अर्का महासचिव राजेशमान सिंह समेत गठबन्धनको पक्षमा नरहेको चर्चा चल्न थालेको छ । संघीय समाजवादी फोरम भित्रै पनि टिकट बितरणमा एकलौटी भएको भन्दै युवा नेताहरु आक्रोशित भएका छन । उनीहरुको ब्यवस्थापन हुन नसके फोरमलाई सबै क्षेत्रमा प्रभाव पार्ने छ ।

नेपाली कांग्रेस भित्र निर्वाचन क्षेत्र नं १ र ४ माहेक अन्य क्षेत्रमा पार्टी भित्रकै समस्याले अप्ठयारो पार्ने कांग्रेसीहरुको भनाई छ । नेकपा एमाले भित्र र नेकपा माओवादी केन्द्र भित्र पनि आन्तरिक किचलो अति छ । त्यो अतिले खती ल्याउने छ ।

सबै दलहरु अन्तरिक समस्याबाट गुज्रीरहदा जित कसले निकाल्छ भन्ने कुराको अनुमान लगाउन समेत कठिन भएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

सखुवा प्रसौनी  छात्रालाई पोशाक बितरण, बिद्यालय आउन उत्प्रेरण जाग्ने अध्यक्ष यादवको बिश्वास

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाको सहयोग र विद्यालयको आयोजनामा छात्रा पोशाक वितरण तथा दीपावली र छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.