logo

कुर्मी लड्डु बाढदै गुप्ता टिकट खोज्दै

      11/1/2017 गते 00 00 मा प्रकाशित     1155   पटक पढिएको

कार्तिक १६ बीरगंज । राजनीति प्रवृति र पत्रका कारण आलोचीत मात्र छैन प्रशंसीत पनि छ । राजनीति घृणित खेल हो लगन अनुशासन नियम नमान्नेहरुले यसलाई खेल्छन भन्ने मान्यता पनि छ । तर राजनीतिमा देखिएका कतिपय पत्रले यो भनाईलाई खण्डीत गर्छन भने केही यो मान्यता स्थापित गर्न अग्रसर हुन्छन ।

अहिलेको चुनावमा पर्सामा यस्तै बिषयले निकै चर्चा पाएको छ । निष्ठा र बिचारधाराको राजनीति हाटखोलामा च्याङग्रा पछारिए झै भएको अवस्थामा पुगेको छ । केही दिन अघिमात्र बीरगंज महानगरको बरिष्ठ अधिकृतबाट राजीनामा दिएर राजनीतिक दंगलमा हाम फालेका शम्भू गुप्ता अन्तत बामगठबन्धनबाट निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा १ बाट उम्मेदवार हुने तय भयो ।

राजनीति पनि कति सहज भएको फेरी पार्टी परित्याग गर्ने बित्तिकै टिकट अर्को तर्फ किस्तीमै सजाएर राखिएको छ । अर्को तर्फ राजपाका केन्द्रीय अध्यक्ष सुरेन्द्र कुर्मीको टिकट खोसियो  । टिकट खोसिएको खुशीमा उनले बीरगंजको प्रसीद्ध शक्ति पीठ गहवामाईलाई पाँच किलो लड्डु चढाएर साथीभाइवीचमा खुशी साटेका छन । उनीले बिरोध स्वरुप यस्तो गरेको भएपनि राजनीतिमा यस्तो भद्र अवज्ञा कमैले आश गरेको बिषय हो ।

बुधवार मात्रै पर्साको क्षेत्र नं ३ का बिधान्चल ठाकुरले संघीय समाजवादी फोरम परित्याग गरेर बाम गठबन्धनमा समाहित भएको घोषणा गरे । साँझ उनकै बिज्ञप्ति आयो म कुनै पार्टी प्रवेश गरेको छैन “स्वतन्त्र” भए ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा गएको चुनवामा संघीय समाजवादी फोरम परित्याग गरेर अध्यक्षमा उम्मेदवारी दिएका जसवन्त यादव अहिले एमालेबाट प्रदेश सभाको उम्मेदवारको दावेदार भए । एमालेको सदस्यता समेत नलिएका ब्यक्तिलाई बिधायकको उम्मेदवार बनाउने र नपाए बिद्रोग गर्छौ भन्दै त्यो प्रदेश सभामा रहेका १६ वडाका एमाले अगुवाहरु नागेन्द्र चौधरी हराउने उद्धघोष गर्दैछन ।

बिमल श्रीवास्तव संघीय समाजवादी फोरममा प्रवेशमात्र गरेनन उनले प्रतिनिधि सभाको उम्मेदवार हुने अवसर पनि पाए । उनीसंगै रहेका अन्य नेताहरुले केही पाएको भने देखिदैन । उनीसंग रहेका दुई युवाहरु आशुतोष चतुर्वेदी र दीपक तिवारी एमाले प्रवेशको प्रतिवद्धता जनाएका थिए भने अनुसार नभएर होला अहिले सम्म पार्टी प्रवेश चाही भएको छैन ।

राजनीतिमा यस्तो बर्हिगमन र प्रवेश निकै देखा पर्दैछ जसले राजनीतिलाई अर्कै बिषय बनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

सखुवा प्रसौनी  छात्रालाई पोशाक बितरण, बिद्यालय आउन उत्प्रेरण जाग्ने अध्यक्ष यादवको बिश्वास

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाको सहयोग र विद्यालयको आयोजनामा छात्रा पोशाक वितरण तथा दीपावली र छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.