logo

अन्तत: विमललाई मसालको सहारा

      10/27/2017 गते 00 00 मा प्रकाशित     1400   पटक पढिएको

वीरगन्ज– आफ्नो राजनीतिक जीवनमा अस्थिर रहँदै आएका वीरगन्जका पूर्व मेयर विमलप्रसाद श्रीवास्तव शुक्रबार संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । ५० दिन अगाडि मात्र राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरी विजय गच्छेदारको लोकतान्त्रिक फोरममा श्रीवास्तव प्रवेश गरेका थिए । वीरगन्ज महानगरपालिकाको मेयरमा राजपाले टिकट नदिएपछि लोकतान्त्रिक फोरमबाट चुनाव लडेका श्रीवास्तव लज्जाजनक पराजय भोगेका थिए । श्रीवास्तव निर्वाचन प्रेमी मानिएपनि हालसम्म कुनैपनि निर्वाचनमा उनले एउटै पार्टीबाट दोहोर्‍याएर लडेका छैनन् ।

पहिलो संविधानसभामा राप्रपा, दोस्रोमा तमलोपा र गत महिना भएको मेयरको चुनावमा उनी लोकतान्त्रिक फोरमबाट लडे । त्यसअघि उनी तीन पटक मेयर बन्दापनि फरक फरक पार्टी र समूहबाट निर्वाचित भएका थिए । शाहीकालमा उनी मनोनित मेयर भए । डेढ महिना अगाडिमात्र प्रवेश गरेको पार्टीका अध्यक्ष विजय गच्छेदार आफ्ना सहयोग सहित पुरानै पार्टीमा फर्किएपनि श्रीवास्तव भने गएनन् । 

त्यसताका उनी एमालेमा जाने तालमेल मिलाउँदै थिए । एमालेमा प्रवेश गर्न भनेर बुद्ध ऐयरको प्लेन चढेर काठमाडौँ पनि पुगे । त्यहा एमाले अध्यक्ष केपी ओलीसँग एक चरणको वार्ता पनि सम्पन्न भयो । त्यही दिन दिउँसो एमाले केन्द्रीय कार्यालयमा टिका लगाएर प्रवेश गर्ने कार्यक्रम पनि तय भयो । तर, हालै भएको वामगठबन्धनका कारण एमालेसँग सहकार्यमा रहेको माओवादी नेतृ उर्मिला आर्यालले श्रीवास्तवको प्रवेशमा ‘भिलेन’ को रोल–प्ले गरेको जानकार बताउँछन् । पर्सा क्षेत्र नम्बर माओवादीको भागमा परेकाले उनले श्रीवास्तवलाई एमालेमा प्रवेश गरे प्रतिनिधी सभा वा विधायकको टिकट दिन नसकिने अडान लिइन् ।

त्यसपछि कांग्रेसका नेताहरुले श्रीवास्तवलाई पार्टीमा भित्र्याउन कसरत थालेका थिए । पार्टी सभापति शेरबहादुर देउवासँग एक चरणको भेटघाट पनि भएको थियो । हालका लागि केही गर्न नसकेपनि अगामि दिनमा उचित स्थान दिने देउवाले आश्वासन दिएका थिए । श्रीवास्तवले आफूलाई केही नदिएपनि आफू निकट रहेका पुरुषोत्तम झालाई पर्सा क्षेत्र नम्बर एक को ‘ख’ बाट विधायकको टिकटको सुनिश्चितता चाहेका थिए । देउवाले त्यो विषय जिल्लास्तरबाट मिलाएर ल्याउनुस मलाई केही फरक पर्दैन् भनेर जवाफ फर्काएका थिए । तर, सोही क्षेत्रबाट कांग्रेसका क्षेत्रीय सभापति विजय सर्राफ पनि विधायकका आंकाक्षी हुन् । जिल्ला सभापति अजय द्धिवेदी निकट मानिएका सर्राफले उक्त सिट छोड्न नमानेपछि श्रीवास्तवको कांग्रेस प्रवेश हुन सकेन् । 

यही बीचमा संघीय समाजवादी फोरम पनि श्रीवास्तवलाई भित्र्याउने प्रयास जारी नै राखेको थियो । हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा सबैभन्दा बढी तहमा जीत हासिल गरेको फोरमले श्रीवास्तवलाई ल्याउन सके संघ र प्रदेशको निर्वाचनमा क्षेत्र नम्बर एक र दुई झन बलियो हुने आंकलन गरेको थियो । मधेसमा पार्टीको सिद्धान्त भन्दा पनि व्यक्तिको पछाडि कार्यकर्ता र जनता लाग्ने गरेका छन् । विगतका निर्वाचनको नतिजा हेर्दा वीरगन्ज महानगरपालिकामा श्रीवास्तवसँग ६/७ हजार मतदाता रहेका छन् ।

अहिलेको क्षेत्र नम्बर १ मा मात्र उनको साढे दुई हजार पकेटका मतदाता छन् । ती मतदाता श्रीवास्तव कुनै पार्टीमा गएपनि उनैलाई भोट हाल्छन् । तर, पछिल्लो समय श्रीवास्तवको महिने पिच्छे पार्टी परिवर्तनले उनका विश्वासपात्र कार्यकर्ता निराश बनेका छन् । केही युवा कार्यकर्ता श्रीवास्तवलाई छाडेर एमालेमा प्रवेश गरिसकेका छन् । कतिपय त फोरमको नेतृत्वसँग असन्तुष्ट छन् ।

अहिले हात हातमा मोबाइल र इनटरनेटको सहजताले जनता जागरुक बनिसकेका छन् । श्रीवास्तवको प्रवेशले फोरमलाई क्षणिक लाभ देखिएपनि अगामि मंसिर २१ गते मतपेटिकामा त्यो लाभ पुर्‍याउन सकसपूर्ण देखिन्छ ।   

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.