logo

अन्तत: विमललाई मसालको सहारा

      10/27/2017 गते 00 00 मा प्रकाशित     1179   पटक पढिएको

वीरगन्ज– आफ्नो राजनीतिक जीवनमा अस्थिर रहँदै आएका वीरगन्जका पूर्व मेयर विमलप्रसाद श्रीवास्तव शुक्रबार संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । ५० दिन अगाडि मात्र राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरी विजय गच्छेदारको लोकतान्त्रिक फोरममा श्रीवास्तव प्रवेश गरेका थिए । वीरगन्ज महानगरपालिकाको मेयरमा राजपाले टिकट नदिएपछि लोकतान्त्रिक फोरमबाट चुनाव लडेका श्रीवास्तव लज्जाजनक पराजय भोगेका थिए । श्रीवास्तव निर्वाचन प्रेमी मानिएपनि हालसम्म कुनैपनि निर्वाचनमा उनले एउटै पार्टीबाट दोहोर्‍याएर लडेका छैनन् ।

पहिलो संविधानसभामा राप्रपा, दोस्रोमा तमलोपा र गत महिना भएको मेयरको चुनावमा उनी लोकतान्त्रिक फोरमबाट लडे । त्यसअघि उनी तीन पटक मेयर बन्दापनि फरक फरक पार्टी र समूहबाट निर्वाचित भएका थिए । शाहीकालमा उनी मनोनित मेयर भए । डेढ महिना अगाडिमात्र प्रवेश गरेको पार्टीका अध्यक्ष विजय गच्छेदार आफ्ना सहयोग सहित पुरानै पार्टीमा फर्किएपनि श्रीवास्तव भने गएनन् । 

त्यसताका उनी एमालेमा जाने तालमेल मिलाउँदै थिए । एमालेमा प्रवेश गर्न भनेर बुद्ध ऐयरको प्लेन चढेर काठमाडौँ पनि पुगे । त्यहा एमाले अध्यक्ष केपी ओलीसँग एक चरणको वार्ता पनि सम्पन्न भयो । त्यही दिन दिउँसो एमाले केन्द्रीय कार्यालयमा टिका लगाएर प्रवेश गर्ने कार्यक्रम पनि तय भयो । तर, हालै भएको वामगठबन्धनका कारण एमालेसँग सहकार्यमा रहेको माओवादी नेतृ उर्मिला आर्यालले श्रीवास्तवको प्रवेशमा ‘भिलेन’ को रोल–प्ले गरेको जानकार बताउँछन् । पर्सा क्षेत्र नम्बर माओवादीको भागमा परेकाले उनले श्रीवास्तवलाई एमालेमा प्रवेश गरे प्रतिनिधी सभा वा विधायकको टिकट दिन नसकिने अडान लिइन् ।

त्यसपछि कांग्रेसका नेताहरुले श्रीवास्तवलाई पार्टीमा भित्र्याउन कसरत थालेका थिए । पार्टी सभापति शेरबहादुर देउवासँग एक चरणको भेटघाट पनि भएको थियो । हालका लागि केही गर्न नसकेपनि अगामि दिनमा उचित स्थान दिने देउवाले आश्वासन दिएका थिए । श्रीवास्तवले आफूलाई केही नदिएपनि आफू निकट रहेका पुरुषोत्तम झालाई पर्सा क्षेत्र नम्बर एक को ‘ख’ बाट विधायकको टिकटको सुनिश्चितता चाहेका थिए । देउवाले त्यो विषय जिल्लास्तरबाट मिलाएर ल्याउनुस मलाई केही फरक पर्दैन् भनेर जवाफ फर्काएका थिए । तर, सोही क्षेत्रबाट कांग्रेसका क्षेत्रीय सभापति विजय सर्राफ पनि विधायकका आंकाक्षी हुन् । जिल्ला सभापति अजय द्धिवेदी निकट मानिएका सर्राफले उक्त सिट छोड्न नमानेपछि श्रीवास्तवको कांग्रेस प्रवेश हुन सकेन् । 

यही बीचमा संघीय समाजवादी फोरम पनि श्रीवास्तवलाई भित्र्याउने प्रयास जारी नै राखेको थियो । हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा सबैभन्दा बढी तहमा जीत हासिल गरेको फोरमले श्रीवास्तवलाई ल्याउन सके संघ र प्रदेशको निर्वाचनमा क्षेत्र नम्बर एक र दुई झन बलियो हुने आंकलन गरेको थियो । मधेसमा पार्टीको सिद्धान्त भन्दा पनि व्यक्तिको पछाडि कार्यकर्ता र जनता लाग्ने गरेका छन् । विगतका निर्वाचनको नतिजा हेर्दा वीरगन्ज महानगरपालिकामा श्रीवास्तवसँग ६/७ हजार मतदाता रहेका छन् ।

अहिलेको क्षेत्र नम्बर १ मा मात्र उनको साढे दुई हजार पकेटका मतदाता छन् । ती मतदाता श्रीवास्तव कुनै पार्टीमा गएपनि उनैलाई भोट हाल्छन् । तर, पछिल्लो समय श्रीवास्तवको महिने पिच्छे पार्टी परिवर्तनले उनका विश्वासपात्र कार्यकर्ता निराश बनेका छन् । केही युवा कार्यकर्ता श्रीवास्तवलाई छाडेर एमालेमा प्रवेश गरिसकेका छन् । कतिपय त फोरमको नेतृत्वसँग असन्तुष्ट छन् ।

अहिले हात हातमा मोबाइल र इनटरनेटको सहजताले जनता जागरुक बनिसकेका छन् । श्रीवास्तवको प्रवेशले फोरमलाई क्षणिक लाभ देखिएपनि अगामि मंसिर २१ गते मतपेटिकामा त्यो लाभ पुर्‍याउन सकसपूर्ण देखिन्छ ।   

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

सखुवा प्रसौनी  छात्रालाई पोशाक बितरण, बिद्यालय आउन उत्प्रेरण जाग्ने अध्यक्ष यादवको बिश्वास

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाको सहयोग र विद्यालयको आयोजनामा छात्रा पोशाक वितरण तथा दीपावली र छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.