logo

लोकतान्त्रिकका युवा नेताहरु एमालेमा प्रवेश गर्ने 

      10/25/2017 गते 00 00 मा प्रकाशित     1049   पटक पढिएको

बीरगंज ८ कार्तिक । नेकपा एमालेको नेता पोलिट ब्यूरो सदस्य तथा प्रदेश नं २ सहसंयोजक नागेन्द्र चौधरीले मुलुकलाई अर्थिक समृद्धिको दिशामा लैजान चिन्तन र चेतनामा रुपान्तरण जरुरी रहेको बताउनु भाएको छ । बीरगंजमा बुधवार बिहान आयोजीत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले राजनीतिक उद्धेश्य प्राप्तिको लडाई सकियो र अव आर्थिकलडाई शुरु भएको बताउनु भयो ।

उहाँले नेपाली जनताको आर्थिक बिकासकालागि नेकपा एमालेमात्र जिम्मेवार रहेको उहाँको दावी गर्नु भयो । इतिहासमै तराई मधेशमा सबैभन्दा बढी बजेट बिनियोजन एमाले सरकारले गरेले एमाले मधेश बिरोधी नभएको बताउनु भयो । उहाँले एमालेमा प्रबेश गर्ने युवाहरुको घोषणा आऊंदो निर्बाचनमा एमालेको पक्षमा पर्साका जनता रहेको  प्रमाणित हुने धारणा राख्नुभयो ।

उहाँले सबैलाई योग्यता र क्षमताको आधारमा जिम्मेवार िदिने र समानताको ब्यवहार हुने बताउनु भयो । उहाँले पार्टी प्रबेश गर्न प्रतिबद्धता जनाएकाहरुलाई टीका लगाएर स्वागत समेत गर्नुभएको थियो । कार्यक्रममा फोरम लोकतान्त्रिका चर्चित युवा नेताहरु आशुतोष चुर्तवेदी ,दिपक तिवारी लगायत दर्जनौं नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्ने  प्रतिवद्धता व्यक्त गरेका छन ।

युवा नेताहरु शनिबार बिशेष कार्यक्रम गरी एमाले प्रवेश गर्ने कार्यक्रम रहेको जिल्ला संयोजक प्रभु हजराले जानकारी दिनुभयो । सो अवसरमा राजपाका पूर्व केन्द्रीय सदस्य समेत रहेका दिपक तिवारीले एमालेमा प्रबेश गर्ने आफ्नो निर्णय देश र जनताप्रति एमालेले लिएको अडाननै भएकोले अव यसैपार्टीलाई अघि बढाउन कुनै कसर बाँकी नराख्ने धारणा समेत राख्न्भएको थियो ।

उता राजपाकै नेता समेत रही सकेका आशुतोष चतुर्बेदीले एमालेमा प्रबेश गरि देश समाज र जनताको हितमा लागि रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो । एमालेका संयोजक प्रभु हजराको सभापतित्वमा भएको कार्यक्रममा नेताहरु डाक्टर बिश्वम्भर शर्मा, किशोरी कुशवाहा, पुरन यादब, गंगा खडका, बिचारी यादब, राजकुमार गुप्ता, युवासंघका श्याम गुप्ता, प्रेश चौतारीका अध्यक्ष अनुप तिवारी लगायतको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

सखुवा प्रसौनी  छात्रालाई पोशाक बितरण, बिद्यालय आउन उत्प्रेरण जाग्ने अध्यक्ष यादवको बिश्वास

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाको सहयोग र विद्यालयको आयोजनामा छात्रा पोशाक वितरण तथा दीपावली र छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.