logo

माओवादी सरकारबाट बाहिरिने तयारीमा

      10/17/2017 गते 00 00 मा प्रकाशित     1278   पटक पढिएको

काठमाडौं ३१ असोज :

                          काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधामनन्त्री बनाउन मुख्य भूमिका खेलेको माओवादी केन्द्रले सरकार छाड्ने तयारी गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्दैछन् । 
                           माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले सरकार छाड्न माओवादीलाई सुझाव दिएका थिए । माओवादीले भने एमालेसँग तालमेल गरेपनि सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने र सरकार नछाड्ने बताएको थियो । कांग्रेसका नेताहरुले भने माओवादीले नैतिकताका आधारमा सरकार छाड्नुपर्ने बताउँदै आएका थिए । 
                         प्रधानमन्त्री देउवाले माओवादीले सम्हाल्दै आएका मन्त्रालय राप्रपालाई दिएर माओवादी मन्त्रीलाई विनाविभागिय मन्त्रालय दिने तयारी गरेपछि माओवादी सरकारबाट बाहिरिने तयारी गरेको हो । यसअघि अखिल क्रान्तिकारीको कार्यक्रममा प्रचण्डले सरकारबाट बाहिरिने संकेत गरेका थिए ।
                       देउवा सरकारमा माओवादीका ८ मन्त्री र ४ राज्यमन्त्री सहभागि छन् । सरकारमा माओवादीको नेतृत्व कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय सम्हालेका छन् । महराले मंगलवार दिउसो मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
                       माओवादीका एक प्रभावशाली नेताले पार्टी सरकारबाट फिर्ता हुने संकेत गरे । माओवादीले सरकारमा गृह, परराष्ट्र, स्वास्थ्य, उर्जा लगायतका महत्वपूर्ण मन्त्रालय सम्हालेको छ । गत जेठ अन्तिम साता देउवा सरकारमा माओवादी सहभागि भएको थियो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.