logo

माओवादी सरकारबाट बाहिरिने तयारीमा

      10/17/2017 गते 00 00 मा प्रकाशित     1132   पटक पढिएको

काठमाडौं ३१ असोज :

                          काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधामनन्त्री बनाउन मुख्य भूमिका खेलेको माओवादी केन्द्रले सरकार छाड्ने तयारी गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्दैछन् । 
                           माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले सरकार छाड्न माओवादीलाई सुझाव दिएका थिए । माओवादीले भने एमालेसँग तालमेल गरेपनि सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने र सरकार नछाड्ने बताएको थियो । कांग्रेसका नेताहरुले भने माओवादीले नैतिकताका आधारमा सरकार छाड्नुपर्ने बताउँदै आएका थिए । 
                         प्रधानमन्त्री देउवाले माओवादीले सम्हाल्दै आएका मन्त्रालय राप्रपालाई दिएर माओवादी मन्त्रीलाई विनाविभागिय मन्त्रालय दिने तयारी गरेपछि माओवादी सरकारबाट बाहिरिने तयारी गरेको हो । यसअघि अखिल क्रान्तिकारीको कार्यक्रममा प्रचण्डले सरकारबाट बाहिरिने संकेत गरेका थिए ।
                       देउवा सरकारमा माओवादीका ८ मन्त्री र ४ राज्यमन्त्री सहभागि छन् । सरकारमा माओवादीको नेतृत्व कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय सम्हालेका छन् । महराले मंगलवार दिउसो मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
                       माओवादीका एक प्रभावशाली नेताले पार्टी सरकारबाट फिर्ता हुने संकेत गरे । माओवादीले सरकारमा गृह, परराष्ट्र, स्वास्थ्य, उर्जा लगायतका महत्वपूर्ण मन्त्रालय सम्हालेको छ । गत जेठ अन्तिम साता देउवा सरकारमा माओवादी सहभागि भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.