logo

होटलमा खान घरबाटै भाँडा लिएर जान्छन् डोम

      10/13/2017 गते 00 00 मा प्रकाशित     1055   पटक पढिएको

वीरगञ्ज, २८ असोज :

                              ‘घरमा आएका पाहुनालाई होटलमा चिया–नास्ता खुवाउन लैजाँदा घरबाटै गिलास लिएर जानुपर्दा पाहुनासामु लाजले शिर उठाउन सकिँदैन । यस्तो व्यवहारले अरू बेला पनि दुखित तुल्याउँछ’, डोम समुदायलाई दलित भनेर होटलमा गरिने विभेद सुनाउँदै पर्सा जगरनाथपुर–२ जानकी टोलका लक्ष्मी राउत डोमले भने, ‘चिया÷नास्ता खान जाँदा घरबाटै गिलास लिएर जानुपर्छ । होटलभित्र पस्न दिँदैनन् । नास्ता पनि कागजमा पोको पारेर दिन्छन् ।
                               पर्सा जगरनापुर गाउँपालिका–१ जानकी टोल दशौंतामा डोम समुदायको करिब १५ घरधुरी एकै ठाउँमा छ । डोम बस्तीको छेउमा बजारको मुख्य चोक छ । चोकमा चिया, नास्ता र मिठाईका आधा दर्जन स–साना होटल छन् । होटलमा चिया, नास्ता खान जाँदा साहु र कामदारले डोम जातिका मानिसलाई होटलभित्र पस्न दिँदैनन् ।
                              ‘हामीप्रति गरिने यो विभेद त जसोतसो सहँदै आएका छौं । तर, जब हाम्रा घरमा पाहुना आउँछन् त्यसबेला भने मनमा असह्य पीडा हुन्छ’, डोम बस्तीका युवा राजेश राउत डोमले भने, ‘पाहुनाकै अगाडि होटलमा कागजमा पोको पारेर नास्ता दिँदा निकै लज्जित हुन्छौं ।’
                             ‘हामी पनि त मान्छे नौ हौं, अरूजस्तै हाम्रा पनि हातखुट्टा, नाकमुख सद्धे नै छन्’, डोम बस्तीकी माया देवीले प्रश्न गर्दै भनिन्, ‘जब सबै चिज उस्तै छ भने हामीमाथि मात्रै यो छुवाछुत र विभेद किन ? हामीलाई डोम भनेर घृणा गरिन्छ ।’
डोम जातिमाथि गरिने विभेदबारे सोध्दा होटल सञ्चालकले सहजै स्विकारे । सञ्चालकमध्येका एक जनाले भने, ‘५÷७ जना डोम जातिका ग्राहकका लागि अन्य जातिका ६०÷७० जना ग्राहक गुमाउन चाहँदैनौँ ।’

                         ‘डोमलाई होटलकै ग्लास र प्लेटमा चिया, नास्ता दिए अन्य जातिका मानिस पसलमै नआउने भन्छन्, होटलका साहुहरू,’ डोमबस्तीका लक्ष्मी राउत डोमले भने, ‘५÷७ जना डोमका कारण आफ्नो होटल बन्द गर्नु छैन भनेर उनीहरूले हामीलाई गिलास र प्लेटमा नास्ता दिने गर्छन् ।’

                         होटलमा डोम जातिका ग्राहकलाई स्टिलका भाँडाकुँडामा चिया, नास्ता दिँदा गैरदलित ग्राहक पसलमै आउन छाडेपछि बाध्य भएर कागजामा नास्ता दिने गरेको जानकी टोल बजारस्थित होटलका एक सञ्चालकले भने, ‘के गर्ने हजुर यहाँको चलन नै यस्तै छ, डोमलाई होटलभित्र बसाएर चिया, नास्ता खुवायो भने अरू जातिका ग्राहक होटलमा आउँदैनन्, ५÷७ जनाका लागि होटल नै बन्द गर्ने कुरा पनि आएन ।’

                          डोम जातिमाथि गरिने छुवाछुत र विभेदबारे गाउँकै प्रहरी चौकीमा गुनासो गर्दा पनि चौकी प्रमुखले आफूहरूको वेदना नसुनेको मदन राउत डोमको गुनासो छ ।‘पुलिस चौकीमा हामीले गुनासो राख्दा सइ साबले तिमीहरूको गाउँको यही चलन छ, हामीले केही गर्न सक्दैनौं भनेर पठाइदिनुभयो’, मदनले भने, ‘हामी गरिब–दुःखीको पीडा सुन्न कोही तयार छैन ।’
होटलमा मात्र नभई गाउँको सरकारी विद्यालयमा पनि डोम बालबालिकामाथि छुवाछुतको भेद भइरहेको डोम बस्तीका अभिभावकको गुनासो छ ।दशौंतामा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय छ । उक्त विद्यालयमा डोम बस्तीका करिब ३०÷२५ जना बालबालिका अध्ययनरत छन् ।

                           विद्यालयमा पढ्ने डोम बस्तीका बालबालिकालाई शिक्षकले नै कक्षाकोठामा अलग्गै राखेर पढाउने गरेको बबितादेवी रामले बताइन् । ‘शिक्षकले नै डोम जातिका बच्चालाई कोठामा छुट्टै राखेर पढाउँछन्’, उनले भनिन्, ‘त्यसैले हाम्रा छोराछोरी स्कुल जानै मान्दैनन् ।’विद्यालयको कक्षा ५ मा अध्ययनरत लहवर कुमार राम डोम भन्छन्, ‘स्कुलमा हामीलाई धेरै समस्या छ । हामीलाई सरहरूले तिमीहरू डोम जातिका हौ त्यसैले छुट्टै बस भन्नुहुन्छ । अरू जातिका विद्यार्थीलाई हाम्रा जातका हुन् भनेर हामीबाट अलग बसाउनुहुन्छ ।’ पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले भने जानकीटोलका डोममाथि स्थानीय होटल सञ्चालक तथा विद्यालयमा गरिने छुवाछुतको व्यवहारको गुनासो आफूकहाँ नआएको बताउँछन् ।

                         ‘छुवाछुतको यस्तो गुनासो अहिलेसम्म आएको छैन । यस्तो भएको हो भने म अत्यन्तै दुःखी छु’, उनले भने, ‘कसैले पनि जातको नाममा कसैमाथि छुवाछुत र विभेद गर्न पाउँदैन । यदि, कसैले यस्तो गरेको छ भने ऊ कारबाहीको दायरमा आउँछ ।’
जानकीटोलको विद्यालयमा डोम जातिका बालबालिकामाथि विभेद भए नभएको बारे आफूले तत्कालै सुरक्षा निकायमार्फत बुझेर विभेद गरेको पाइए विद्यालयका शिक्षकलाई करबाही गर्ने प्रतिबद्धता उनले जनाएका छन् । साभार : अन्नपूर्ण पोस्ट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

सखुवा प्रसौनी  छात्रालाई पोशाक बितरण, बिद्यालय आउन उत्प्रेरण जाग्ने अध्यक्ष यादवको बिश्वास

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाको सहयोग र विद्यालयको आयोजनामा छात्रा पोशाक वितरण तथा दीपावली र छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.