logo

विकासका कार्यहरु समयमा सक्छ : मेयर सरावगी

      10/13/2017 गते 00 00 मा प्रकाशित     1261   पटक पढिएको

वीरगञ्ज, २७ असोज :

                              वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले महानगरमा जारी रहेका विकासका कार्यहरु समयमा सम्पन्न हुने जानकारी गराउनु भएको छ । भरतपुर महानगरपालिकामा एउटा कार्यक्रममा बोल्दै प्रमुख सरावगीले यस्तो बनाउनु भएको हो ।

                             “दिगो लगानी र सहरी पूर्वाधार : देश विकासको मूल आधार” मूल नाराका साथ आज भरतपुर महानगरपालिकामा नगर विकास कोष, काठमाडौँ द्वारा आयोजना भएको जर्मन विकास बैंक (KFW) को सहयोगमा सञ्चालित नगर विकास कार्यक्रम दोश्रो तथा तेश्रो (TED II-III) चरण अन्तर्गत निर्माणधिन आयोजनाहरुको प्रगति समिक्षा सम्बन्धि गोष्ठीमा सहभागी हुँदै वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको काम समयमा सक्न आफुद्वारा ठेकेदार कम्पनि र अन्य सरोकारवाला कार्यालयहरुलाई निर्देशन दिएको बताउनु भएको छ ।

                           सरावगीले आफुले महानगरको कार्यभार संभाले देखि आफ्नो प्रमुख अजेण्डा विकास र वातावरण सुधार रहेको बताउनु भएको छ । उनले नगर विकासको लागि अन्य भावी योजनाहरुको बारे छलफल जारी रहेको समेत जानकारी गराउनु भयो । 

                           कार्यक्रममा वीरगञ्ज, विराटनगर, भिमेश्वर, तुलसीपुर, बुटवल, भीमदत, नेपालगन्ज, व्यास नगरपालिकाका नगर प्रमुखहरुको समेत सहभागिता रहेको स्वकीय सचिव तबरेज अहमदले जानकारी गराए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.