logo

डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता सम्पन्न

      10/13/2017 गते 00 00 मा प्रकाशित     1104   पटक पढिएको

काठमाडौं, २७, असोज :

                                    सरकार र अनशनरत डा.गोविन्द केसीका प्रतिनिधिबीच आज पहिलो चरणको वार्ता भएको छ । डा. केसी अनशन बसेको नवौं दिनका दिन भएको औचारिक वार्तामा दुवै पक्षबाट आ–आआफ्ना धारणा राख्ने काम भएको डा. केसीका प्रतिनिध अभिषेक प्रताप सिंहले जानकारी दिनुभयो ।

                                      सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा सरकारी पक्षले भने चिकित्सा शिक्षा विधेयक संसदको क्षेत्राधिकार भित्र पर्ने भन्दै सो सम्बन्धमा आफुहरुले आधिकारिक धारणा दिन नसक्ने बताएको सिंहको भनाई छ । माथेमा प्रतिवेदनअनुसार विधेयक पारित हुनु पर्ने डा. केसीको माग रहेपनि सरकारी पक्षको सो भनाईले दुई पक्षबीच सहमति हुने सम्भावना बिगतमा झै यसपटक पनि क्षीण बनेको छ । सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव ङईन्द्रप्रसाद उपाध्यायको संयोजकत्वमा बनाईएको वार्ता टोलीमा स्वास्थ्य सचिव किरण रेग्मी र निमित्त शिक्षा सचिव डिल्लीराम रिमाल हुनुहुन्छ ।

                                        यस्तै डा. केसीका तर्फबाट वाइपी सिंह, कश्यप श्रेष्ठ, अभिषेक सिंह र अधिवक्ता ओमप्रकाश अर्याल वार्तामा सहभागी हुनुहुन्छ । अर्को बैठकको समय र मिति भने तय नभएको डा. सिंहको भनाई छ । चिकित्सा शिक्षा विधेयक माथेमा आयोगको प्रतिवेदन अनुसार हुनुपर्ने सहितका माग गर्दै डाक्टर गोविन्द केसी ९ दिन देखि अनसनरत हुनुहुन्छ । यसैबीच डा. केसीको माग प्रति ऐक्यबद्धता जनाउँदै नेशनल रिजिडेन्ट डक्टर्स एसोसिएसनले कालो पट्टी बाँधी आज काम गर्ने जनाएको छ । एसोसिएसनले एक विज्ञप्ती मार्फत सरकारले आफुहरुको माग प्रति चासो नदेखाए थप कडा रुपमा प्रस्तुत हुने उल्लेख गरेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.