logo

श्रीवास्तवको एमाले प्रवेश अपेक्षित तर अनिश्चित

      10/12/2017 गते 00 00 मा प्रकाशित     1068   पटक पढिएको

वीरगञ्ज २६ असोज :

                            वीरगञ्जको एक स्थानीय रेडियोलाई “एमालेमा प्रवेश गर्छु” भन्दै अन्तरवार्ता दिएर काठमाडौं हानिएका श्रीवास्तव भने २४ घण्टा बितिसक्दा समेत एमाले पंक्तिले उत्साहित हुने खवर पाएन । श्रीवास्तवको एमाले प्रवेश एमाले पंत्तिका लागि अपेक्षीत थियो तर उनी आफ्नै निर्णय भने ढिलो । श्रीवास्तवले स्वतन्त्र समुहको निर्माण गरेर राजनीतिक गतिविधि तिब्र पारे देखी नै एमाले पंक्ति श्रीवास्तवलाई एमाले भएको देख्न चाहन्थ्यो । धेरै लामो कालखण्ड पछि उनको एमाले प्रवेश हुने खबरले उत्साहित भएको एमाले पंक्तिको उत्साह लामो समय भने रहेन । राजपाका प्रवक्ता रहेका श्रीवास्तव वीरगञ्ज महानगरको. मेयर पदको टिकट नपाएपछि मनोनयन दर्ताको अघिल्लो रात फोरम लोकतान्त्रिकमा प्रवेश गरेर मेयरमा प्रतिस्पर्धा गरेका उनले ८ हजार भन्दा बढी भोट ल्याएका थियो । यो उनको ब्यक्तिगत भोट हो भनिन्छ । त्यही कारण त श्रीवास्तव जता लाग्छन् त्यो पार्टी पर्सामा बलियो बन्ने गर्छ । त्यही भएर उनी प्रति पार्टीहरुको आकर्षण रहन्छ । राजनीतिमा उनको “अति अस्थिर” चरित्र बनेपनि उनी जता हुन्छन् पर्साको राजनीतिको तख्तापलटमा खास अर्थ रहने गरेको छ । ०५१ सालको संसदीय निर्वाचनमा उनले स्वतन्त्र समूहको तर्फबाट नेपाली काँग्रेसका प्रधानमन्त्रीका उम्मेदवार कृष्णप्रसाद भट्टराईलाई सहयोग गरेर बिजयी बनाएका थिए । हरुवा इतिहास रहेका भट्टराईलाई जिताउन श्रीवास्तवको भूमिका महत्वपूर्ण रहेको थियो । 
                             स्वाभिमानी स्वभाव र नेताहरुको अघिपछि गर्ने बानी नभएका कारण उनी पछि परेको उनी निकटकाहरुको ठहर छ । पंचायतीकालमा समेत वीरगञ्जको मेयर भएका श्रीवास्तव ०४८ मा नेपाली काँग्रेसले सत्तासंरक्षित धाँधलीका कारण उनले पराजय भोग्नु परे पनि त्यसपछिको चुनाव भने जिते । राप्रपा फूटेपछि पशुपती शम्शेर राणा नेतृत्वको राप्रपामा लागेका श्रीवास्तवले पहिलो संविधानसभा पछिको सरकारमा पार्टीले मन्त्री पद नदिएपछि तमलोपमा प्रवेश गरेका थिए । 
                            ६ दलको एकता पछि बनेको राजपाले मेयरको टिकट नदिएपछि फोरम लोकतान्त्रिक भएका श्रीवास्तव एकाएक एमाले प्रवेश गर्ने कुराले चर्चा पायो । एमालेको आधारभूत पंक्ति उत्साहित भएपनि त्यो लामो समय रहन भने सकेन । एमालेको नेतृत्वसँग प्रतिनिधि सभाको १ सिट, प्रदेश सभाको २ सिट र राष्ट्रियसभाको १ सिट पाउने गरी एमाले प्रवेशको सहमती भएर २५ गते बेलुका ५ बजे पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रम तय भएको थियो तर श्रीवास्तव गएनन् श्रोतले भन्यो । त्यसपछि उनलाई एमालेमा प्रवेश गराउने काममा लागेका एमाले नेताहरु स्वीच अफ गरेर बसेका छन् । एमाले प्रवेशमा नेकपा माओवादी केन्द्रका नेता उर्मिला अर्यालले अवरोध सृजना गरेको बताइएको छ । बाम गठबन्धन अनुसार पर्साको क्षेत्र नं १ माओवादी केन्द्रको दावी रहेकोले अर्यालले एमालेको पछि नलाग्न भनेपछि श्रीवास्तव हचकिएको बताइएको छ । एमाले भित्रकै पनि केही नेताहरुले श्रीवास्तवको एमाले प्रवेश नरुचाएकोले पनि अन्तिम समयमा एमाले प्रवेश रोकिएको स्रोतले बताएको छ । स्रोतले भन्यो एमाले भित्रको अन्तरद्वन्द्वका कारण पनि समस्या आएको हो । तर स्रोतका अनुसार श्रीवास्तव र उनका सहयोगीहरुको एमाले प्रवेशको सम्भावना भने जीवीतै रहेको छ । छलफल भइरहेको छ हेरौ के हुन्छ श्रीवास्तव निकट एकले भने ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.