logo

‘पपुलर’ भोटमा एमाले–कांग्रेस मतान्तर ८३ हजार मात्रै, कुन पार्टीको कति ? 

      10/5/2017 गते 00 00 मा प्रकाशित     1901   पटक पढिएको

काठमाडौं । तीन चरणमा गरी देशभरका ७५३ स्थानीय तहमा ३५ हजार ०४१ प्रतिनिधि निर्वाचित भइसकेका छन् । वैशाख ३१, असार १४ र असोज ३ गते भएको निर्वाचनमा सबैभन्दा धेरै एमालेका १४ हजार ९८ प्रतिनिधि निर्वाचित भएका छन् । यो प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यको कुल आँकडा हो ।

दोस्रोमा नेपाली कांग्रेसका उमेदवार ११ हजार ४५७ उमेदवार विजयी भएका छन् भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका ५ हजार ४४१ उमेदवारले जित हासिल गरे ।जसमा प्रतिशतका आधारमा एमालेले ४०।२३ प्रतिशत, कांग्रेसले ३२।६९ प्रतिशत र माओवादीले १५।५३ प्रतिशत उमेदवार विजयी बनाउन सक्यो ।

कांग्रेसलेभन्दा २ हजार ६०१ बढी उमेदवार विजयी बनाउन सफल एमालेले पपुलर भोट भने ८३ हजार ३०० मात्रै बढी ल्याएको छ । स्थानीय तहको निर्वाचनमा भोट गरिने सबै पदको प्राप्त मतको औसतका आधारमा निकालिएको पपुलर भोटमा एमालेले ३० लाख ६५ हजार ५४० मत पाउँदा कांग्रेसले २९ लाख ८२ हजार २४० मत प्राप्त गरेको छ ।

कुल खसेको मतमा ९१ लाख २६ हजार ७०४ मत सदर हुँदा एमालेले ३३।५९ प्रतिशत भोट प्राप्त गरेको छ भने कांग्रेसले ३२।६८ प्रतिशत मत प्राप्त गरेको छ ।    

त्यसैगरी तेस्रो स्थानमा रहेको माओवादीले १६ लाख २ हजार ४५० हजार मत प्राप्त गरेको छ । जुन प्रतिशतमा १७।५८ हुन आउँछ । चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले ३ लाख ८६ हजार ७८३ मत अर्थात ४।२४ प्रतिशत प्राप्त गरेको छ । २८५ मात्रै प्रतिनिधि निर्वाचित भएको राप्रपा पपुलर भोटको औसतमा २ लाख ९० हजार १५६ मत प्राप्त गरेको छ । यता तेस्रो चरणको निर्वाचनमा मात्रै सहभागी भएको राष्ट्रिय जनता पार्टीले १ हजार ११२ प्रतिनिधि विजयी गराउँदा पपुलर भोट भने औसतमा २ लाख ५१ हजार ६१५ मत प्राप्त गरेको छ । त्यसपछि विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले १ लाख २४ हजार ६५४ मत प्राप्त गरेको छ । यस्तै स्वतन्त्र उमेदवारले औसतमा १ लाख १९ हजार ७२९ मत प्राप्त गरेका छन् । यसैगरी चुनावमा सहभागी ३६ दलले ३ लाख ३ हजार ५३७ अर्थात ३।३२ प्रतिशत औसत मत प्राप्त गरेका छन् । 

सभार-१२खरी डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.