logo

आचार संहिता ब्यापक उल्लंघन, प्रचार सामाग्री र सवारी साधन नियन्त्रणमा

      9/11/2017 गते 00 00 मा प्रकाशित     1423   पटक पढिएको


भदौ २६ बीरगंज । निर्वाचनको आयोगको आचार सहिता अनुगमन टोलीले पर्सामा पाँच वटा ट्याक्टर र चार पाङ्ग्रे जीप भ्यान समेतका पन्ध्र वटा सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सुरक्षा निकायको जिम्मा लगाएको छ ।

अनुगमन टोलीमा आयोगका सचिव खेमराज ज्ञवाली र लोकराज पराजुलीको टोली सहभागिता रहेको छ । टोलीले पर्सा जिल्ला अन्तर्गत वीरगञ्ज महानगरपालिका, विन्दवासिनी गाउँपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिका र ठोरी गाउँपालिका अनुगमन गरेको थियो । अनुगमन टोलीले डिजे, लाउडस्पीकर र माइक समेतका साउण्ड सिस्टम प्रयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने नेपाली काँग्रेस (निर्वाचन चिन्ह रुख), नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) (निर्वाचन चिन्ह गोलाकारभित्र हसिँया हथौडा), मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) (निर्वाचन चिन्ह नमस्कार गरेको हात), राष्ट्रिय जनता पार्टी नेपाल (निर्वाचन चिन्ह साइकल), संघीय समाजवादी फोरम नेपाल (निर्वाचन चिन्ह मसाल), स्वतन्त्र उम्मेदवारहरु (निर्वाचन चिन्ह टोपी तथा ब्याडमिनटन कर्क) ले निर्वाचन आचारु सहिंता उल्लंघन गरेको टोलीले जनाएको छ ।
 

निर्वाचन आचार संहिता विपरित निर्वाचन प्रचार प्रसार गर्ने डिजे, माइक, लाउडस्पिकर समेतका सामग्री नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि सुरक्षा निकायको जिम्मा लगाएको टोली प्रमुख  खेमराज ज्ञवालीले जानकारी दिनु भयो । अनुगमनकै क्रममा विभिन्न राजनीतिक दलको झण्डा र निर्वाचन चिन्ह समेत अंकित टी–शर्ट, टोपी, गम्छा समेत लगाई हिडेका करिब २३ जना बालबालिका र करिब १२० जना टोपी टिर्सट नलगाउन निर्देश गरेको छ  ।

अनुगमनको क्रममा अनुगमन टोलीहरुले निर्वाचन अधिकृतको कार्यालय, मतगणास्थल, खुला मतदान स्थल एवं मतदान केन्द्रहरु र सुरक्षा व्यवस्था समेतको वारेमा जानकारी समेत लिइएको टोलीले जनाएको छ । टोलीले अनुगन जारी राखेको जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.