logo

आचार संहिता ब्यापक उल्लंघन, प्रचार सामाग्री र सवारी साधन नियन्त्रणमा

      9/11/2017 गते 00 00 मा प्रकाशित     1584   पटक पढिएको


भदौ २६ बीरगंज । निर्वाचनको आयोगको आचार सहिता अनुगमन टोलीले पर्सामा पाँच वटा ट्याक्टर र चार पाङ्ग्रे जीप भ्यान समेतका पन्ध्र वटा सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सुरक्षा निकायको जिम्मा लगाएको छ ।

अनुगमन टोलीमा आयोगका सचिव खेमराज ज्ञवाली र लोकराज पराजुलीको टोली सहभागिता रहेको छ । टोलीले पर्सा जिल्ला अन्तर्गत वीरगञ्ज महानगरपालिका, विन्दवासिनी गाउँपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिका र ठोरी गाउँपालिका अनुगमन गरेको थियो । अनुगमन टोलीले डिजे, लाउडस्पीकर र माइक समेतका साउण्ड सिस्टम प्रयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने नेपाली काँग्रेस (निर्वाचन चिन्ह रुख), नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) (निर्वाचन चिन्ह गोलाकारभित्र हसिँया हथौडा), मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) (निर्वाचन चिन्ह नमस्कार गरेको हात), राष्ट्रिय जनता पार्टी नेपाल (निर्वाचन चिन्ह साइकल), संघीय समाजवादी फोरम नेपाल (निर्वाचन चिन्ह मसाल), स्वतन्त्र उम्मेदवारहरु (निर्वाचन चिन्ह टोपी तथा ब्याडमिनटन कर्क) ले निर्वाचन आचारु सहिंता उल्लंघन गरेको टोलीले जनाएको छ ।
 

निर्वाचन आचार संहिता विपरित निर्वाचन प्रचार प्रसार गर्ने डिजे, माइक, लाउडस्पिकर समेतका सामग्री नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि सुरक्षा निकायको जिम्मा लगाएको टोली प्रमुख  खेमराज ज्ञवालीले जानकारी दिनु भयो । अनुगमनकै क्रममा विभिन्न राजनीतिक दलको झण्डा र निर्वाचन चिन्ह समेत अंकित टी–शर्ट, टोपी, गम्छा समेत लगाई हिडेका करिब २३ जना बालबालिका र करिब १२० जना टोपी टिर्सट नलगाउन निर्देश गरेको छ  ।

अनुगमनको क्रममा अनुगमन टोलीहरुले निर्वाचन अधिकृतको कार्यालय, मतगणास्थल, खुला मतदान स्थल एवं मतदान केन्द्रहरु र सुरक्षा व्यवस्था समेतको वारेमा जानकारी समेत लिइएको टोलीले जनाएको छ । टोलीले अनुगन जारी राखेको जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.