logo

शहीदको लाश बिक्री गरिएको भन्दै शहीद परिवारले त्यागे फोरम नेपाल

      9/2/2017 गते 00 00 मा प्रकाशित     3001   पटक पढिएको


बीरगंज १७ भदौ । "२०७२ साल भदौको १४ गते " बीरगंजको आकाशलाई कालो धुवाले घेरेको थियो । स्वस्फूर्त रुपमा सडकमा बिद्रोहका स्वरहरु गुन्जिएका थिए । स्थानीय प्रशासनले कफूर्य घोषणा गरेको थियो । प्रशासनको आदेशलाई बर्खिलाप गर्न नागरिकलाई क्षण पनि लागेन । एक निमेशमा प्रशसनीक आदेशको धोती खुस्क्यो । सिंगो शहर आन्दोलनकारीको कब्जामा गएजस्तो । प्रशासन समेत के गर्ने नगर्ने भन्ने अन्यौलमा थियो । साँझको बेला अवस्था सामान्य होला ।

साँझ परेपछि मान्छेहरु बास बस्न तिर जालान भन्ने के मात्र भएको थियो । एउटा किशोरको जीवनलिला समाप्त भयो । साउन ३१ बाट घोषीत आम हडताल भदौ १३ देखी एकाएक शसक्त भएको थियो । त्यो भन्दा अगाडि आन्दोलन स्थानीय प्रशासनसंग मिलेर गरिदैछ भन्ने आरोप समेत लाग्ने गरेको थियो । हो भदौ १४ गते साँझ जिल्ला बिकास समिति अगाडि प्रहरीको गोली लागेर एउटा सम्भावना बोकेको युवा शहीदको पंक्तिमा लामबद्ध भए ।

ति युवा थिए बिआइटी कलेज बीरगंजमा इन्जिनियरिङका विद्यार्थी बीरगंज महानगरपालिकाको जगरनाथपुरका दिलिप चौरसिया । अधिकार प्राप्तिको आन्दोलनमा दिइएको शहादतलाई खेर जान नदिन आन्दोलनरत दलका नेताहरुको प्रतिवद्धता आईरहेकै हुन्थ्यो । तर आज शहीद परिवार निराश छन । जुन धरातलमा उभिएर देश र जनताको निम्ति उनीहरुले ज्यानको आहुती दिए त्यसलाई कतिपय नेताहरुले सौदावाजीको बस्तु बनाईदिएको आरोप लाग्न थालेको छ ।स्थानीय तहको निर्वाचनको सरगर्मीले प्रदेश २ को राजनीतिको ताममान निकै बढेको छ । सबै राजनीतिक दलहरु मतदातालाई लोभ्याउन लागि परेका छन ।

त्यसकोलागि आकर्षक प्रतिवद्धताहरु ,राहत,सडक निर्माण ल्यापटप बितरण पंखा बितरण आदी सबै भएका छन । तर भदौ १६ गते जगरनाथपुरमा छुट्टै खालको वतावरण थियो । नेपाली कांग्रेसको निर्वाचन प्रचारको सभा थियो । त्यसको एउटा वक्ता थिए । शहीद दीलीप चौरसियाका पीता उनको गालामा माला थियो अनुहारमा अविर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले उनलाई नेपाली कांग्रेसमा स्वागत गरेका थिए । उनले आफनो छोरो मधेश र मधेशी जनताको हितका निम्ति शहीद भएकोमा गर्व गरे तर त्यो शाहदतलाई पैसामा साटिएको भन्दै चिन्ता ब्यक्त गरे । उनी संघीय समाजवादी फोरममा संगठीत थिए ।

फोरमले बीरगंज महानगरको मेयर उम्मेदवारमा ब्यवसायी बिजयय सरावगी र उपमेयरमा पार्टीका जिल्ला अध्यक्ष प्रदीप यादव पत्नि पीकी यादवलाई उम्मेदवार बनाएको छ । उम्मेदवार निर्धारणको मापदण्ड राजनीतिक भन्दा पनि बढी गैरराजनीतिक र मुनाफा आर्जनमा केन्द्रीत रहेको शहीद पीताको आरोप थियो । चौरसियाका, परिवारका सबै सदस्य संघीय फोरम परित्याग गरि नेपाली कांग्रेसमा समाहित भए । आज पनि शहिद परिवार सहादतको परिणामको प्रतीक्षामा छन् । शहिदका आमाहरू आफ्नो पुत्रको सहादतको हिसाब माग्दै छन् । शहिदका सन्तानहरु नयाँ बिहानीको खोजीमा छन् ।

बिरगंजका बीर सहिद योद्धाहरुहरुको आत्मा मधेस मुक्तिको लागि प्रतीक्षारत् छ । मधेसका अधिकार, पहिचान एवं स्वाभिमान प्राप्ती नै वीर सहिदहरु प्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै आएकाहरुले शहीद परिवारको आत्मा रुवाउदै टिकट बितरणको निर्णय गरेकोमा नैतीकता र इमान्दारीता लज्जीत हुन पर्ने अवस्था आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.