logo

वीरगञ्ज मेयरका प्रत्यासी बसरुद्दिन र अजयबीच ‘लभ–हेट’को सम्बन्ध

      9/11/2017 गते 00 00 मा प्रकाशित     1192   पटक पढिएको

वीरगञ्ज - धेरैलाई थाहा नहुन सक्छ, वीरगञ्ज महानगरपालिका मेयर पदका प्रत्यासी नेपाली कांग्रेसका अजय द्विवेदी र नेकपा एमालेका प्रत्यासी बसरुद्दिन अन्सारी पुराना मित्र हुन्। तर, पछिल्लो समय यी दुवैबीच राजनीतिक वृत्तमा कडा प्रतिस्पर्धा हुने गरेको छ। बसरुद्दिनको राजनीतिक सुरुवात नै नेपाली कांग्रेसबाट भएको थियो। पछि उनी माओवादी हुँदै एमाले प्रवेश गरे। 

दोस्रो संविधानसभा निर्वाचनमा बसरुद्दिन माओवादीबाट उठेका थिए। त्यतिबेला पनि उनी अजयकै प्रतिस्पर्धी थिए। यी दुवैको कडा प्रतिस्पर्धाका बीच एमालेका बिचारी यादव सभासद चुनिए। 

पटक–पटक फरक पार्टीबाट अजय र बसरुद्दिन एकअर्काका प्रतिस्पर्धी बनेर चुनावी मैदानमा ओर्लिसकेका छन्। तर, यिनीहरुबीच ‘वीरगञ्जीया यारी’ कायमै छ।

‘लभ–हेट’ को सम्बन्ध रहेको यिनै दुई साथी आइतबार नेपाल लाइभको वीरगञ्जस्थित अस्थायी लाइभ सेन्टरमा झुल्किए।

प्रस्तोता रुपेश श्रेष्ठले अजयको अन्तर्वार्ता गरिरहँदा बसरुद्दिन निकै चाख मानेर सुनिरहेका थिए। अन्तर्वार्ता सकिएपछि अजय उठेर बाहिरिन खोज्दा बसरुद्दिनले रोके। अनि गर्लाम्म अँगालो हाले।

‘बाहुन र मुसलमानको एकता बलियो हुन्छ, पण्डितजी बधाई छ,’ बसरुद्दिन भन्दै थिए। अजयले पनि ठट्टैमा भने, ‘हमनी दुनु मेसे केहु एक आदमी जिते, दोसर कौनो ना (हामी दुईमध्ये एकले जितौं अन्यले नजितुन्)।’ 

प्रमुख प्रतिस्पर्धी दलका उम्मेदवारको त्यो क्षणलाई हामीले क्यामरामा कैद गरेका थियौं।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.