logo

राजधानीको कुरा गर्ने बेला भाको छैन: अध्यक्ष यादव 

      9/7/2017 गते 00 00 मा प्रकाशित     1230   पटक पढिएको

वीरगन्ज, २२भाद्र  । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वीरगन्ज महानगर बनाउने क्षमता फोरमको उम्मेदवारहरुसगं मात्र रहेको बताएका छन  । बीरगंजको होटेल भिषूवामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  वीरगन्जलाई साच्चिकै महानगर  बनाउन सक्ने क्षमता र योजना भएका उम्मेदवारहरुलाई फोरम नेपालले चुनावी मैदानमा उतारेको बताए ।

मनोनयन दर्ताका क्रममा देखिएको जनलहरले आफूहरु उत्साहित भएको उनले बताए । अध्यक्ष यादवले पत्रकार सम्मेलनमा प्रदेश नंबर २ को प्रादेशिक राजधानी वीरगञ्ज हुन्छ कि हुँदैन भन्ने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा फोरम नेपालका अध्यक्ष यादवले दुई नम्बर प्रदेशको राजधानी वीरगन्ज वा जनकपुर कुन हुन्छ भनेर ठोकुवा गर्ने बेला अहिले नभएको जवाफ दिए ।

फोरम नेपालले अधिकार प्राप्ति, विकास र निर्माणको मुद्दा सँगसँगै वीरगन्जलाई हेर्न लायकको एउटा उदाहरणीय महानगर बनाउने योजना लिएर हिँडेकाले वीरगन्जवासीले फोरम नेपालका सबै उम्मेदवारहरुलाई अत्याधिक मत दिएर विजयी बनाउने विश्वास आफूले लिएको अध्यक्ष यादवले बताए ।

विगतका आन्दोलनबाट प्राप्त उपब्धिहरु गणतन्त्र, संघीयता र समावेशीतालाई संस्थागत र रक्षा गर्नका लागि नै फोरम नेपालले ठूलो जोखिम मोलेर चुनावमा भाग लिएको भन्दै फोरम नेपालका अध्यक्ष यादवले भने “जब हामीले पहिलो र दोश्रो चरणको निर्वाचनमा भाग लिने निर्णय गरेका थियौं त्यस बेला हामी माथि चारै तिरबाट अनेकन प्रहार भएको थियो,” अध्यक्ष यादवले त्यतीबेला आफूहरुलाई गाली गर्नेहरु  अहिले त्यही बाटोमा तछाडमछाड गर्दै आएको देख्दा आफूहरु ठिक रहेको प्रमाण्ीत भएको बताए । 
कार्यक्रममा अध्यक्ष यादवले फोरम नेपालको घोषणापत्र सार्वजनीकीकरण गरेका थिए । कार्यक्रममा नेताहरु लालबाबुर राउत गद्धी ,करिमा बेगम,मोहनलाल चौधरी प्रहलाद गिरी ,सुन्दर कुर्मी,मुकेश द्विवेदी मेयर र उपमेयरका उम्मेदवार लगायतको सहभागिता रहेको थियो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

रौतहटमा मोटरसाइकल रुखमा ठोक्किँदा दुई जनाको ज्यान गयो

रौतहट  । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ अन्तर्गत गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

वित्त आयोगको मूल्यांकनमा काठमाडौं पुछारमा, विराटनगर अग्रस्थानमा

काठमाडौं । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा देशका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.