logo

राजधानीको कुरा गर्ने बेला भाको छैन: अध्यक्ष यादव 

      9/7/2017 गते 00 00 मा प्रकाशित     1175   पटक पढिएको

वीरगन्ज, २२भाद्र  । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वीरगन्ज महानगर बनाउने क्षमता फोरमको उम्मेदवारहरुसगं मात्र रहेको बताएका छन  । बीरगंजको होटेल भिषूवामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  वीरगन्जलाई साच्चिकै महानगर  बनाउन सक्ने क्षमता र योजना भएका उम्मेदवारहरुलाई फोरम नेपालले चुनावी मैदानमा उतारेको बताए ।

मनोनयन दर्ताका क्रममा देखिएको जनलहरले आफूहरु उत्साहित भएको उनले बताए । अध्यक्ष यादवले पत्रकार सम्मेलनमा प्रदेश नंबर २ को प्रादेशिक राजधानी वीरगञ्ज हुन्छ कि हुँदैन भन्ने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा फोरम नेपालका अध्यक्ष यादवले दुई नम्बर प्रदेशको राजधानी वीरगन्ज वा जनकपुर कुन हुन्छ भनेर ठोकुवा गर्ने बेला अहिले नभएको जवाफ दिए ।

फोरम नेपालले अधिकार प्राप्ति, विकास र निर्माणको मुद्दा सँगसँगै वीरगन्जलाई हेर्न लायकको एउटा उदाहरणीय महानगर बनाउने योजना लिएर हिँडेकाले वीरगन्जवासीले फोरम नेपालका सबै उम्मेदवारहरुलाई अत्याधिक मत दिएर विजयी बनाउने विश्वास आफूले लिएको अध्यक्ष यादवले बताए ।

विगतका आन्दोलनबाट प्राप्त उपब्धिहरु गणतन्त्र, संघीयता र समावेशीतालाई संस्थागत र रक्षा गर्नका लागि नै फोरम नेपालले ठूलो जोखिम मोलेर चुनावमा भाग लिएको भन्दै फोरम नेपालका अध्यक्ष यादवले भने “जब हामीले पहिलो र दोश्रो चरणको निर्वाचनमा भाग लिने निर्णय गरेका थियौं त्यस बेला हामी माथि चारै तिरबाट अनेकन प्रहार भएको थियो,” अध्यक्ष यादवले त्यतीबेला आफूहरुलाई गाली गर्नेहरु  अहिले त्यही बाटोमा तछाडमछाड गर्दै आएको देख्दा आफूहरु ठिक रहेको प्रमाण्ीत भएको बताए । 
कार्यक्रममा अध्यक्ष यादवले फोरम नेपालको घोषणापत्र सार्वजनीकीकरण गरेका थिए । कार्यक्रममा नेताहरु लालबाबुर राउत गद्धी ,करिमा बेगम,मोहनलाल चौधरी प्रहलाद गिरी ,सुन्दर कुर्मी,मुकेश द्विवेदी मेयर र उपमेयरका उम्मेदवार लगायतको सहभागिता रहेको थियो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.