logo

माओवादी सचिवालय बैठकमा प्रमं देउवाको आलोचना

      9/2/2017 गते 00 00 मा प्रकाशित     1223   पटक पढिएको

बीरगंज भदौ १७ । नेकपा माओवादी केन्द्रको बीरगंजमा शनिवार सम्पन्न सचिवालय बैठकमा प्रधानमंत्री देउवाको आलोचना भएको छ । सम्बिधान संशोधनको बिषयमा भारत भ्रमणको क्रममा समकक्षी नरेन्द्र मोदीसंग सम्बिधान संशोधन गर्ने वाचा गरेको बिषयमा प्रम देउवाको आलोचना भएको हो ।सचिवालयको बैठकमा कुरा राख्ने नेताहरुले प्रधानमंत्रीको अभिब्यक्तिले सम्बिधान संशोधनको ऐजेण्डा अरुकै भएको देखिएको भन्दै आलोचना गरेको एक नेताले बाताए ।

प्रधानमंत्रीको अभिब्यक्ति राष्ट्रीय स्वाभिानको प्रतिकूल भएको भन्दै आन्तरिक मामलामा छिमेकी सामु आत्मसर्पण गरिएको भन्दै कडा आलोचना गरिएको थियो । बैठक लगत्तै आयोजीत पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष प्रचण्डले दिएको मन्तब्यमा पनि यो बिषय समावेश भएको थिएन । संचारकर्मीले यस बिषयमा जिज्ञासा राखेपछि मात्रै प्रचण्डले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा संशोधनको कुरा उठाउनु अनावश्यक भएको भन्दै बोल्नै नपर्ने कुरा उहाँले बोल्नु भएको हो भनेर निष्कर्ष निकालेको बताए । नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावमा संघिय गणतन्त्र पक्षधर दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । 

माओवादीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले राजपा, संघीय समाजवादी फोरम र नेपाल फोरम लोकतान्त्रिकसँग चुनावी एकताका गर्ने विषयलाई प्रथामिकतामा राख्ने निर्णय गरेको छ । 

दिनदिनै हजारौं कार्यकर्ता माओवादीमा प्रवेश गरेका र माओवादीको चुनावी अभियान सफल हुँदै गएकाले प्रदेश नम्बर २ मा माओवादी पहिलो दल हुने निष्कर्ष निकाल्दै बैठकले पार्टीको सबै शक्ति २ नम्बर प्रदेशमा लगाउने निधो पनि गरेको छ । पार्टीले नवप्रवेशीहरुलाई पनि पदीय तथा जिम्मेवारीका हिसावले पनि ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।
 
तराइका बाढी तथा डुवान प्रभावितको पुनस्र्थापनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने या छुट्टै प्राधिकरण बनाउनुपर्ने भन्दै बैठकले यसको समन्वयको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको सचिवलय सदस्य उर्मिला अर्यालले जानकारी दिइन ।
 
माओवादीको केन्द्रीय हेडक्वार्टर विगठन भएपछि पहिलोपटक काठमाण्डुबाहिर सचिवालयको बैठक विरगंजमा बसेका हो । तराइमा पहिलो दल हुने भन्दै अध्यक्ष प्रचण्डसहित रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, मातृका यादव, देवप्रसाद गुरुङ, हरिबोल गजुरेल, वर्षमान पुन कृष्ण बहादुर महरा नवप्रवेशीहरु रामेश्वर राय यादव,रामचन्द्र झा पासाङ शेर्पा देवेन्द्र पौड्ल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.