logo

भोजपुरी भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याइने एमाले प्रतिवद्धता

      9/12/2017 गते 00 00 मा प्रकाशित     1335   पटक पढिएको

बीरगंज २७ भदौ । नेकपा एमालले भोजपुरी भाषालाई कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएको छ । नेकपा एमालेले आज सार्वजनीक गरेको छ । बीरगंज महानगरको आफनो चुनावी प्रतिवद्धता पत्र मार्फत यस्तो प्रतिवद्धता जनाएको हो । उसले भोजपुर भाषा साहित्यको श्रीबृद्धिका निम्ति “भोजपुरी भाषा साहित्य प्रतिष्ठान ”निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

एमालेले बीरगंजमा युवाहरुकोलागि रोजगारीको सृजना सीप बिकास गरिव,तेश्रोलिङ्गी अपाङ्ग नागरिकको आत्मनिर्भताकालागि सीप बिकासको कार्यक्रम संचालन गर्ने जनाएको छ । महानगरलाई पूर्ण साक्षर,खुलादिशामुक्त,पूर्ण खोप ,वालमैत्री महाानगरका रुपमा घोषणा गर्ने एमालेले जनाएको छ ।

एमालले महिला स्वयंसेविकाहरुले गर्दै आएको सेवाको सम्मान गर्दै उनीहरुले प्राप्त गर्दै आएको आर्थिक प्रोत्साहन भत्तामा बृद्धि गर्ने जनाएको छ । वालअधिकारको प्रत्याभूतीकालागि नेकपा एमालेले वालवालिका जन्मिएको ३५ दिन भित्र जन्मदर्ता गराउने परिवारलाई गर्न रु ५ सय रुपैया प्रोत्साहन भत्ता उपलब्ध गराउने आफनो प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

महानगरको वीच भएर बग्ने श्रीसीया नदीलाई जलचर युक्त बनाई  श्रीसीया कोरीडोरको रुपमा बिकास गरेर पर्यटककालागि गन्तब्य केन्द्रको रुपमा बिकास गर्ने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख छ । धुवाँ धुलो र हिलो मुक्त बीरगंज बनाउने महानगर भित्र “नयाँ हरित बीरगंज”को निर्माण ,घर बनाउदा एक घर दुई बिरुवाको अवधारणाको कार्यान्वयन नयाँ “सरकारी सेवाग्राम” एकै ठाउमा सरकारी अड्डाहरुको निर्माण र नागरिकलाई सेवा प्रवाह दिइने कुरा एमालले आफनो प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

पर्यावरण मैत्री चक्रपथको निर्माण भंसार देखी परवानीपुर सम्म चारलेनको सडक निर्माण ३२ वटौ वडामा एम्बुलेन्स र दमकल जाने सडक संजालको बिस्तार एमालेको प्राथमिकतामा रहेको छ । नारायणी उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रुपमा बिकास गर्ने  ,महानगरिय अस्पताल र ट्रमा सेन्टरको संचालन ,१६ वर्षमुनीका वालवालिकालाई निशुल्क स्वास्थ्य सेवा दिइने एमालेको प्रतिवद्धता छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.