logo

बसरुदिनलाई बदनाम गर्न बिदेशी एजेन्सीहरु सक्रियः महासचिव पोख्रेल

      9/12/2017 गते 00 00 मा प्रकाशित     1138   पटक पढिएको

बीरगंज २७ भदौ । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले प्रदेश नं २ मा नेकपा एमाले पहिलो पार्टी हुने दावी गर्नु भएको छ । पार्टीको तर्फबाट बीरगंज महानगरकोलागि प्रतिवद्धतापत्र सार्वजनीकीकरण गर्नकालागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो दावी गर्नु भएको हो । 
    उहाँले नेकपा एमाले मधेश पहाड हिमालका सबै जात जाति र भाषा भाषीको पार्टी हुनु नैे चुनावमा जित्ने आधार भएको बताउनु भयो । उहाँले मधेशमा एमालेलाई मेधश बिरोधी देखाउने चेष्टा भएको भन्दै तराईको लाइफलाइन हुलाकी राजमार्गकोलाजि बजेट बिनियोजन गर्ने तराईका जिल्ला सदरमुकाम निर्माणकालागि ५० करोड दिने पार्टी मधेशी बिरोधी हुन नसक्ने बताउनु भयो । बिरोधीहरुले लगाएको आरोपमा सत्यता नरहेको चर्चा गर्दै उहाँले सामाजिक कल्याणकोलागि एमालेले गरेका जनप्रियकामका बिषयमा मधेशका नागरिक जानकार भएको बताउनु भयो । उहाँले बीरगंजका मेयर उम्मेदवार बसरुदिन अन्सारीलाई बदनाम गर्न बिदेशी एजेन्सीहरु लागेको दावी गर्नु भयो । हिजो बसरुदिन सांसद लडदा दाउदका मान्छे भएनन आज एमालेमा आएपछि उनी दाउदका मान्छे बनाइदैछन महासचिव पोख्रेलले भन्नु भयो कानून बिपरित काम गर्ने कुनैपनि एमाले दण्डीत हुनु पर्छ तर बदनाम गर्ने जुन तानाबाना बुनिदैछ त्यसको प्रतिवाद गर्न पनि तयार हुनु पर्छ । बिदेशी एजेन्सीहरु एमालेलाई बदनाम गर्न उद्धत छन ति भित्र वा वाहिरका हुन तिनलाई चिन्न र जवाफ दिन समेत महासचिव पोख्रेलले कार्यकर्ताहरुलाई अपिल गर्नु भयो । उहाँले नेकपा एमाले हार्दा राष्ट्रीय स्वतन्त्रता स्वाभिमान र सामाजिक सदभावले हार्ने बतानु भयो । एमालले जित्नु पर्छ त्यसो हुदा मात्र देशले जित्ने महासचिव पोख्रेलको भनाई थियो ।  कार्यक्रममा मेयरका उम्मेदवार बसरुदिन अन्सारीले आफना प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.