logo

संघीय समाजवादीले जित्यो गाउँपालिका, नथुनी कुशवाहा विजयी

      9/21/2017 गते 00 00 मा प्रकाशित     1276   पटक पढिएको

बीरगंज ५ असोज । पर्साको कालीकामाई गाउँपालिकाको अध्यक्षमा नेपाल संघीय समाजवादी पार्टी विजयी भएको छ । नेपाल संघीय समाजवादी पार्टीका नेता नथुनी कुशवाहा जनता दलको चुनाव चिन्ह पाङ्ग्राबाट चुनावमा चुनावी मैदानमा उत्रिएका थिए। पहिलो र दोश्रो चरणको निर्वाचनको बेला नयाँ शक्तिले संघीय समाजवादी फोरम नेपालको मसालमा चुनाव चिन्ह मलासबाट चुनावमा भाग लिएजस्तै नेपाल संघीय समाजवादीले पनि जनता दलको चुनाव चिन्ह पाङ्ग्राबाट चुनावमा भाग लिएको हो । पशुपती शम्शेर राणाको राप्रपा प्रजातान्त्रिकले पनि यही निर्वाचन चिन्ह लिएर चुनाव लडेको थियो । राप्रपाले भने पर्सामा खाता खालेको छैन ।
अध्यक्षका उम्मेदवार कुशवाहा १५३ मत अन्तरले विजयी भएका हुन । उनको प्रतिस्पर्धामा संघीय समाजवादी फोरम रहेको थियो । उपाध्यक्षमा संघीय समाजवादी फोरमका राजेश चौरसिया २१७ मत अन्तरले बिजयी हुनु भएको छ । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले  यस क्षेत्रको पार्टी गतीविधिको नेतृत्व गर्दै आएका छन । जनताको बीचमा रहेर राजनीति गर्ने यादवको कुशल नेतृत्वकै कारण नेपाल संघीय समाजवादी पार्टीले पर्सामा सफलता पाएको हो । यादव ७० को  सम्बिधान सभाको निर्वाचनमा पर्साको क्षेत्र नं ४ बाट उम्मेदवार थिए । उनी निकटतम प्रतिद्वण्द्वी रहेका थिए । कालीकामाई नगरपालिकाको वडा नं ५ बाट नेपाल पत्रकार महासंघ पर्साका सदस्य तथा लोकटाइम्स दैनीकका प्रकाशक÷सम्पादक पवन तिवारी बिजयी भएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.