logo

बीरगंज महानगरमा मेयरमा सरावगी ,उपमेयरमा कार्की

      9/27/2017 गते 00 00 मा प्रकाशित     1675   पटक पढिएको

वीरगन्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार बिजय कुमार सरावगी विजयी भएका छन् ।
बुधबार दिउँसो सार्वजनिक परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अजय द्विवेदीलाई हराउँदै सरावगी वीरगन्जको मेयरमा बिजयी भएका हुन ।
उनले १९३९३ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वण्दी नेपाली कांग्रेसका उम्मेदवार अजय कुरमा द्विवेदीले १७१९७ मत प्राप्त गरे । उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार सुश्री शान्ति कार्की १९६० मत प्राप्त गरि बिजयी भइन । निकटतम प्रतिद्वण्दी संघीय समाजवादी फोरम नेपाल कि पिंकी यादवले १८५३८ ।मत प्राप्त गरिन ।  सरावगी विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।
नवनिर्वाचित मेयर सरावगीले छात्राहरु अध्ययन गर्ने बिद्यालयको शिक्षण बिधि नीजि बिद्यालय जस्तो बनाइने घोषणा गरेका छन ।मतगणना स्थल बीरगंजको ठाकुरराम बुहमुखी क्याम्पस अगाडि सक्षीप्त सम्बोधनमा उनले यस्तो बताएका हुन । उनले आउने शैक्षीक सत्र देखी सबै सामुदायिक बिद्यालयहरुमा अनिर्वाय रुपमा अग्रेजी माध्यममा अध्ययन अध्यापन गराईने बताए । उनले बीरगंजमा रहेको नारायणी उपक्षेत्रीय अस्पताललाई १२ सैय्यामा बिकास गरि शिक्षण अस्पतालको रुपमा संचालन गरिने बताए । उनले मधेशका छोरीले सुलभ रुपमा चिकित्सा शिक्षा लिएर यही सेवा गर्ने अवसर पाउने बताए । श्रीसिया नदीको प्रदुषणलाई नियन्त्रण गरिने उनले बताए । महानगरमा जोडिएका गाविसहरुलाई सेटेलाईट शहरको रुपमा बिकास गर्ने उनले आफनो योजना सुनाए । बीरगंजले राष्ट्रीय राजस्वमा जती योगदान गरेपनि त्यो अनुसारको प्रतिफल नपाएकोमा चिन्ता ब्यक्त गर्दै सरावगीले राजनीतिक दलहरुले ५० वर्षमा गर्न नसकेको बिकास आफूले ५ वर्षम ागर्ने दृढता ब्यक्त गरे । उनले हाम्रो मधेशमा अव हामी मधेशी आएका छौ हाम्रो मधेशको बिकास हामी गर्ने छौ भने । उनले आफूले खानकालागि महानगरबाट केहीस् लिनु नपर्ने भएकोले ४ लाख नगरवासीको हितमा काम गरिने बताए । उनले आफनो जीत सबै नगरवासीको जीत भएको बताए । वीरगञ्ज महानगरका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्रले १ र लोकतान्त्रिक फोरमले १ वडा जितेका छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.