logo

पैसा भएकाले टिकट पाउने प्रवृतिले लोकतन्त्रलाई बिकृत पार्छ 

      9/12/2017 गते 00 00 मा प्रकाशित     1253   पटक पढिएको

बीरगंज २७ भदौ । स्वच्छ निर्वाचनकालागि नागरिक अभियानका सहअध्यक्ष तथा इन्सेकका अध्यक्ष सुवोधराज प्याकु¥यालले अर्थपूर्ण नागरिक सम्वादको वीचमा रहेको तगारो हटाउनकालागि हामीहरुले संघीयता खोजेको बताए । अहिलेको सम्बिधानले वडा कार्यालयलाई दिएको अधिकार हिजोको गाउँपालिकालाई भन्दा बढी अधिकार दिएको छ जसले नागरिकको अर्थपूर्ण सम्वादलाई मजवुत बनाएको छ ।

अध्यक्ष प्याकु¥यालले अहिलेको सम्बिधानले ब्यवस्था गरेको हक अधिकारहरु सम्र्पूण स्वायत अधिकार र साझेदारीको अधिकारलाई कमजोर बनाउन अहिले गम्भिर षडयन्त्र भइरहेको बताए । स्वच्छ निर्वाचनकालागि नागरिक अभियानले सोमवार बीरगंजमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष प्याकु¥यालले हरेक राजनीतिक दलकालागि चुनाव संगठन बिस्तारको माध्यम भएको बताए ।

उनले नेपालको प्रजातानित्रक आन्दोलनमा बिपि कोइरालाले बोलेको र गरेको ब्यवहारमा मेल देखेको हुनाले अहिले पनि हजारौ मान्छे कांग्रेस भनेर कुदेको बताए । उनले मदन भण्डारीको भाषणको प्रभावमा परेर उनको पदचापलाई पच्छयाउनेको संख्यापनि कम नरहेको चर्चा गर्दै निर्वाचनमा दलहरुले बोलेको कुराको अर्थ महत्वपूर्ण रहेको बताए ।

उनले निर्वाचनलाई चेतनशिल रुपमा अनुगमन गर्नकालागि अनुगमन गर्नेहरुकावीचमा  एकता हुनु पर्नेमा जोड दिए । सुक्ष्म निर्वाचन अनुगमन गर्ने र मानव अधिकार आयोगसंग पनि समन्वय गरेर अगाडि बढन सकिने प्रष्ट पारे । चेतनशिल मतदता र स्पष्ट उम्मेदवार भएमात्र निर्वाचन स्वच्छ हुने उनको भनाई थियो ।

चेतनशिल मतदाताले उम्मेदवारले स्पष्ट पार्छ र  चेतनशील उम्मेदवारले मतदातालाई चेतनशील पार्छ मतदाता र उम्मेदवारवीच यस्तो खाले अन्र्तसम्बन्ध रहने गरेको उनले बताए । अध्यक्ष प्याकु¥यालले निर्वाचन बैचारीक जगमा उभिएको हुनु पर्छ समाजको बिविधतामा एकै खालका समस्यहरु रहेकोले पनि यो हुनु जरुरी रहेको उनले बताए ।

नेपाल मानव अधिकार संगठनका अध्यक्ष तथा अभियानका सह अध्यक्ष इन्द्र अर्यालले निर्वाचन प्रक्रियालाई प्रभाव पार्ने मतदातालाई भोज ख्वाउने लगायतका कामले लोकतन्त्रको मर्ममा प्रहार गरेको बताए । उम्मेदवारको छवी ,उसको घोषणापत्र उसको प्रतिवद्धताको आधारमा मत हाल्न पाउने वतावरण नवन्दा सम्म स्वच्छ निर्वाचन हुन्छ भन्ने आधार नवन्ने उनले प्रष्ट पारे ।

आस्था सबैको हुन्छ तर भूमिका फरक हुने कुरालाई बिचार पु¥याउने कुरमा ध्यान दिनु पर्नेमा उनको जोड थियो । निर्वाचन पर्यवेक्षणका बिषयमा सजग हुन जरुरी रहेको चर्चा गर्दै त्यसमा सुधार नभए पैसा हुनेले मात्र टिकट पाउने वतावरण बन्ने चिन्ता ब्यक्त गरे । सबै पार्टीमा पैसा भएकाहरुले जुन प्रथामिकता पाएको देखिन्छ त्यसले हाम्रो लोकतन्त्रलाई आक्षेप लगाउने बतावरण बन्ने कुरामा ध्यान दिन उनले आग्रह गरे ।

सहि रुपमा निर्वाचनको पर्यवेक्षण गर्न सकिएन भने त्यसको दुष्परिणाम सिंगो लोकतन्त्रले सहनु पर्ने अवस्था आउने कुरामा सचेत गराए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका बाबुराम कौशीक संघीय समाजवादी फोरम पर्साका सहसचिव बालेश्वर थारु ,नेपाल मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादव ,अधिवक्ता रामेश्वर सेढाई, नेपाल बार पर्साक सचिव हरेराम सर्राफ,अधिवक्ता कमल मोहन पोख्रेल ,के दर्शना झा, कोपिला चौलागाई ,कविता खड्का , जिल्ला मताधिकार मंचका सचिव निला राम पत्रकार महेशचन्द्र गौतम, रितेश त्रिपाठी प्राध्यापक राजेन्द्र चौधरी,बीरेन्द्र साह लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

नेपाल मानव अधिकार संगठन पर्साका अध्यक्ष डा.हरेराम ठाकुरले स्वागत गरेको कार्यक्रमको संचालन इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछाने र कार्यक्रमको उद्धेश्यमाथि इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमले प्रकाश पारेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.