logo

पर्सामा ४ वडाको परिणामा सार्वजनीक २ एमाले १ केन्द्र र १ कांग्रेस

      9/19/2017 गते 00 00 मा प्रकाशित     1196   पटक पढिएको

बीरगंज ३ असोज । पर्साको १४ स्थानीय तहमध्ये अधिकाशको मतगणना शुरु भएको छ । बीरगंज महानगरको मतगणना बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा शुरु भएको छ ।  पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
एमालेको फरमानमिया अन्सारी ४ सय ७६ मत ल्याई विजयी भएका हुन। यसैगरी बिन्दवासीनी गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार सगीर मिया सदस्यहरु तेरस मुखिया,सुगान्धी देवी ,प्रजापती महतो र फूलमती देवी बिजयी भएको निर्वाचन अधिकृत इश्वरीराज ढकालले बताए । पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा पनि एमालेले अग्रता लिएको छ । एमालेका हरिनारायण चौधरी ४ सय ९० मत सहित अग्रस्थानमा रहेका छन ।नेपाली कांग्रेसका दिनेश चौधरीको ३ सय ११ मत  छ ।उपमेयरमा पनि एमालेको अग्रता रहेको छ ।
बिन्दवासी गाउँपालिकाको वडा नं १ मा एमालेका सगीर मिया सहित प्यानलै बिजयी भएको छ ।   ठोरी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा माओवादी केन्द्र तर्फबाट रामप्रकाश कुवर बिजयी भएका छन् भने कांग्रेसले कालिकामाई गाउँपालिकामा अग्रता लिएको छ । पर्साको पर्सागढी नगरपालिकामा एमालेको अग्रता कायमै एमाले मेयर ५ सय ६१ नेपाली कांग्रेस ४ सय ७ मत प्राप्त । वडा नं १ मा नेपाली कांग्रेसका तुला चौधरी वडाध्यक्षमा बिजयी भएका छन । सदस्यमा एमालेका दुर्गा लामिछाने र पूर्णमाया मिजार बिजयी भएका छन । अन्य सदस्यमा नेपाली कांग्रेसले बिजयी भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.